यस ब्लगमा

समाचार

प्रगतिशील लेखक संघको बाह्रौँ राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा


काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको बाह्रौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।
२०७८ पुस १६ र १७ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले सो निर्णय गरेको हो ।
अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षरमा पुस १७ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।
सम्मेलन सफल पार्नका लागि अध्यक्ष गिरीको अध्यक्षतामा सम्मेलन आयोजक समिति तथा विभिन्न उपसमिति गठन भएको जानकारी दिइएको विज्ञप्तिमा अन्य प्रगतिशील घटकलाई सामेल गर्न वार्ता समिति गठन गरिएको, मुखपत्र प्रलेस प्रकाशन तथा इतिहाससम्बन्धी सामग्री प्रकाशनका लागि बेग्लाबेग्लै सम्पादक मण्डल गठन गरिएको, प्रलेस प्रतिभा पुरस्कार र प्रलेस युवा पुरस्कारका लागि थप रकम प्रदान गरिएबापत आनन्देव भट्टकी जीवन सँगिनी र प्रा.डा. जीवेन्द्र देव भट्टप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
“प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समिति तथा तेस्रो राष्ट्रिय परिषद् बैठक पुस १६ र १७ गरी दुई दिनसम्म काठमाडौँमा सम्पन्न भयो । सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न बैठकले गरेका निर्णयहरू जानकारी गराउन यो विज्ञप्ति जारी गरिएको छ ।
१. प्रगतिशील लेखक सङ्घको बाह्रौँै राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा गर्ने निर्णय भएको छ । सम्मेलनलाई व्यवस्थित गर्न प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता सम्मेलन आयोजक समिति गठन गरिनुका साथै व्यवस्थापन उपसमिति, प्रकाशन उपसमिति, स्रष्टा सम्मान उपसमिति, प्रतिवेदन मस्यौदा उपसमिति, विधान मस्यौदा उपसमिति, प्रचार प्रसार उपसमिति, स्वयंसेवक परिचालन उपसमिति र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरिएको छ । यसका साथै २०७८ फागुन महिनाभरि जिल्ला सम्मेलन र चैत्रको पहिलो हप्तासम्म प्रदेश सम्मेलन गर्ने निर्णयसमेत गरिएको छ ।
२. प्रलेस राष्ट्रिय सम्मेलन तयारीका सन्दर्भमा अन्य प्रगतिशील घटकहरूलाई पनि समावेश गर्न अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ, जसका सदस्यहरूमा समीर सिंह, आरसी न्यौपाने, मातृका पोखरेल र शालिकराम तिमिल्सिना हुनुहुन्छ ।
३. मगर, लिम्बु, मैथिली र गुरुङ भाषाको प्रगतिशील साहित्यको इतिहासका साथै नेपाली प्रगतिशील नाटक तथा बालसाहित्यको इतिहास विषयमा व्रmमशः लोकबहादुर थापामगर, विजय सुब्बा, रोशन जनकपुरी, रत्नबहादुर गुरुङ, प्रा.डा. कपिल लामिछाने र विनय कसजूले तयार गर्नुभएका सामग्री पनि बाह्रौँ राष्ट्रिय सम्मेलनअगि नै प्रकाशन गर्ने निर्णय भएको छ । सो कार्य सम्पन्न गर्न प्रा.डा. जीवेन्द्र देव गिरी प्रधान सम्पादक रहेको एक सम्पादक मण्डल गठन गरिएको छ ।
४. बाह्रौँ राष्ट्रिय सम्मेलनको सिलसिलामा नै सातै प्रदेशको इतिहाससहित ‘प्रलेस’ को सम्मेलन विशेषाङ्क प्रकाशन गर्ने निर्णय भएको छ, जसका निम्ति गोपीरमण उपाध्यायको प्रधान सम्पादकत्वमा एक सम्पादक मण्डल गठन गरिएको छ ।
५. प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न आनन्द देव भट्टकी जीवन सँगिनीले थप रु. २ लाख प्रदान गर्नुभएकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ । यसरी नै प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ प्रा.डा. जीवेन्द्र देव गिरीले रु. १ लाख प्रदान गर्नुभएकोमा पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

६. देशीविदेशी शक्तिहरू गणतन्त्र तथा धर्म निरपेक्षतालाई नै समाप्त पार्ने दिशामा अग्रसर भइरहेको सन्दर्भमा त्यस प्रकारका प्रतिगामी सोचाइका विरुद्ध गणतन्त्र तथा धर्म निरपेक्षतालाई संस्थागत गर्नेतर्फ नै प्रलेसले विशेष भूमिका खेल्नुपर्ने राष्ट्रिय परिषद्को बैठकले ठहर गरेको छ ।

७. अमेरिकी साम्राज्यवादले एम.सी.सी. को बहानामा हाम्रो भूमिमा आफ्नो भूमिका बढाउँदै गइरहेको सन्दर्भमा केही पैसाका लागि नेपालको राष्ट्रियतालाई नै कमजोर पार्ने, नेपालको कानुनभन्दा एम.सी.सी. को कानुनलाई बलियो बनाउन खोज्ने तथा अमेरिकी साम्राज्यवादको चलखेलका लागि सहज वातावरण बनाइदिने राष्ट्रघाती गतिविधि प्रलेसलाई स्वीकार्य नभएको बैठकले ठहर गर्दै मुलुकको हितविरोधी चलखेलका विरुद्ध प्रलेसको सशक्त भूमिका रहिरहने प्रतिबद्धता जाहेर गरिएको छ ।”

प्रलेसको सत्तरिऔँ स्थापना दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको सत्तरिऔँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार–२०७८ अर्पण समारोह आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थको परिचर्चा तथा पुस्तक लोकार्पण कार्यक्रमसँगै सम्पन्न भएको छ ।
वरिष्ठ प्रगतिवादी साहित्यकार शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा २०७८ असोज ५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले कसैले आफूलाई प्रगतिशील घोषणा गरेर प्रगतिशील नहुने, बरु काम गरेपछि मात्र प्रगतिशील हुने बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले कुनै पनि वस्तु वा परिघटनालाई गहिरिएर हेर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘नहेरेर केही पनि देखिँदैन’ उहाँले भन्नुभयो– ‘राम्ररी हेरेपछि मात्र वस्तु वा परिघटनाको वास्तविक रूप देख्न सकिन्छ ।’
उहाँले बालसाहित्यमा प्रगतिशील तत्त्व घुसाउनमा जोड दिनुपर्ने बताउनुभयो ।
सो क्रममा उहाँले बालसाहित्य आमाबाट सिक्नुपर्ने पनि बताउनुभयो ।
‘बच्चाहरूले खाना खाएपछि भोक लाग्यो भन्छन् भने उनीहरू खानापछि थप चिज खुवाउनुपर्छ भन्ने बुझ्नुपर्छ’ साहित्यकार मानन्धरले भन्नुभयो– ‘जसरी आमाले बच्चाको भावना बुझ्छन्, त्यसरी नै प्रगतिशील साहित्यकारले बच्चाको भावना बुझ्नुपर्छ ।’
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले प्रगतिशील लेखक सङ्घले प्रगतिशील कलाकारहरूलाई छुटाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
प्रगतिवादी साहित्यकार शान्तदास मानन्धरले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रलेस प्रतिभा पुरस्कार–२०७८ पूर्व अध्यक्ष तथा सल्लाहकार मातृका पोखरेललाई प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि मानन्धरले दोसल्ला र दश हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा “त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ”, प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको कविताकृति “झुल्के घाम” र प्रलेस १ नं. प्रदेश समितिका सदस्य तिला लेकालीको अर्को कविताकृति “साझा आकाश” लोकार्पण गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले उक्त तीनओटै कृतिको सङ्क्षिप्त समीक्षा गर्नुभएको थियो ।
सो क्रममा उहाँले भन्नुभयो– ‘प्रलेसका पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन हुँदा घाटमा नपुग्ने र अभिनन्दन ग्रन्थमा मोहनविक्रम सिंह, मोहन वैद्यलगायत एकाध जनाले बाहेक रचना नदिएबाट उहाँलाई राजनीतिक दलहरूले मूल्याङ्कन नगरेको देखिन्छ ।’
कार्यक्रममा स्रष्टा तिला लेकालीले आफ्नो कविताकृतिबारे सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका रामप्रकाश पुरी, साहित्यकार शालिकराम तिमिल्सिना, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका खगेन्द्र राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ ले पनि मन्तव्य राख्नुभएको थियो ।
पुरष्कृत प्रतिभाका बारेमा प्रलेसका उपमहासचिव तथा पुरस्कार चयन समितिका संयोजक आरसी न्यौपाने स्रष्टा परिचयसम्बन्त मन्तव्य राख्नुभएपछि पुरस्कृत मातृका पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्रलेस काठमाडौँकी कोषाध्यक्ष ऋतु केसीले “आखिर कहिलेसम्म ?” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गोपीरमण उपाध्यायले र धन्यवाद मन्तव्य अर्का उपाध्यक्ष सुशीला प्रधानाङ्गले राख्नुभएको थियो ।
कार्यक्रममा माधव प्रधान नेतृत्वको जनसांस्कृतिक महासङ्घको टोलीले स्वागत गीत र “दुई हात मिलेपछि” शीर्षकको अर्को गीत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा पूर्वाद्र्धमा राष्ट्रियगान र ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।

पूर्व अध्यक्ष आनन्ददेव भट्टको श्रद्धाञ्जली सभा तथा अठचालिसौँ परिसंवाद सम्पन्न



काठमाडौँ । प्रगतिशील लेखक सङ्घले पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको स्मृतिसभा अठचालिसौँ प्रलेस परिसंवाद र आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थको विमोचन गर्दै सम्पन्न गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सो कार्यक्रम २०७८ असोज १ गते सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सुरु भएको कार्यक्रमको पहिलो चरणमा अठचालिसौँ परिसंवाद अघि बढेको थियो ।
कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य डा. दीपक गौतमले “कर्णाली प्रदेशको प्रगतिशील साहित्य ः विगत र वर्तमान” शीर्षकमा विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा डा. गौतमले कर्णाली प्रदेशमा ५०० जति साहित्यकार रहेकोमा ३०० जति त प्रगतिशील साहित्यकार मात्रै रहेको जानकारी दिनुभयो ।
‘बाहिरबाट सोचे जस्तो कर्णाली केही नभएको ठाउँ होइन’ उहाँले भन्नुभयो– ‘कर्णाली प्रदेश साहित्य, कला, भाषा, संस्कृति जस्ता क्षेत्रमा पनि धनी छ ।’
उहाँले कर्णालीमा मात्रै २६ ओटाभन्दा बढी भाषा भएको दावी गर्नुभयो ।
कर्णाली प्रदेशभित्र प्रलेसले “रातो जुन”, “रातो थुङ्गा” जस्ता गौरवशाली पत्रिका प्रकाशन गरिरहेको जानकारी दिँदै उहाँले प्रलेस सुर्खेतले अहिलेसम्म १९५ ओटा साहित्यिक यात्रा सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
सम्बोधनको क्रममा अझै पनि थुप्रै साहित्यिक कृति प्रकाशन हुन नसकेको बताउँदै आगामी दिनमा त्यसबारे सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
डा. गौतमको प्रस्तुतिप्रति प्रा. जगत्प्रसाद उपाध्यायले पूरक टिप्पणी राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा प्रलेसका पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा शोकमन्तव्य राख्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आनन्ददेव भट्ट प्रगतिवादी आन्दोलनको शीर्ष व्यक्तित्व भएको धारणा व्यक्त गर्नुभयो ।
‘कीर्तिशेष आनन्ददेव भट्ट शिक्षा, साहित्य र राजनीति तीनओटै क्षेत्रमा सक्रिय रहनुभयो’ प्रमुख अतिथि उप्रेतीको भनाइ थियो ।
उहाँले भट्टजीको निधन भइसकेपछि यो शोकलाई शक्तिमा बदल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘शोकको यो घडीमा हामी यसलाई शक्तिमा बदलौँ’ उहाँले भन्नुभयो– ‘उहाँले देखाएको बाटो र आदर्श कठिन छ तर पनि हामी त्यो बाटो र आदर्शको पालना गर्नैपर्छ ।
कुलपति उप्रेतीले आनन्ददेव भट्ट आजीवन समर्पणको बाटो हिँडेको तर त्यसबापत् कुनै पनि प्राप्तिको पछि नलागेको बताउनुभयो ।
अभिनन्दन ग्रन्थको रूपमा प्रकाशन गर्नुपर्ने कृति दुखद् संयोगका कारण स्मृतिग्रन्थको रूपमा प्रलेसले प्रकाशन गरेकोमा उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो ।
कीर्तिशेष भट्टकी जीवनसँगिनी सुशीला भट्टले सङ्क्षिप्त मन्तव्य राख्दै आनन्ददेव भट्टले कहिल्यै पनि मैले केही पाइनँ भावना नराखेको बताउनुभयो ।
‘उहाँको त्यो यात्राको परिणामले होला, मृत्यपछि पछि देखिएको यो अपार श्रद्धाबाट म अचम्म परेकी छु’ उहाँको थप भनाइ थियो ।
भाइ डा. अर्जुनदेव भट्टले आनन्ददेव भट्ट दाजु मात्र न भएर गुरु र पथप्रदर्शक पनि भएको बताउनुभयो ।
आँसुको धाराका साथ भावविह्वल हुँदै उहाँले अगाडि भन्नुभयो– ‘म यतिखेर धेरै भन्न सक्ने अवस्थामा छैन तर उहाँले जीवनमा कहिल्यै तलमाथि गर्नुभएन, आजीवन निष्ठाका साथ कर्म गर्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले अभिनन्दनमा खुसी हुनुपर्नेमा श्रद्धाञ्जली सभामा पनि खुसी हुनुपर्ने बाध्यात्मक स्थिति आइपरेको बताउनुभयो ।
‘नेपालको अग्रगमनमा उहाँको अद्वितीय भूमिका छ’ उहाँले शोकको यस घडीमा परिवार जनप्रति समवेदना प्रकट गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आनन्ददेव भट्टमा आन्दोलनमा सहर्ष नेतृत्व दिन सक्ने क्षमता रहेको बताउनुभयो ।
‘तपाईंहरू पछाडि हिँड्नुस, म अघि लाग्छु’ उहाँले भन्नुभयो– ‘आनन्ददेव भट्टमा यस खालको स्वभाव थियो ।’
उहाँले भट्टजीलाई श्रद्धेय प्राज्ञिक व्यक्तित्वको रूपमा समेत अथ्र्याउनुभयो ।
श्रद्धाञ्जली सभाको पूर्वाद्र्धमा प्रलेसका केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गले भट्टजीको जीवनीबारे सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
भट्टजीको फोटोमा माल्यार्णपण गरी अघि बढेको उक्त कार्यक्रममा एक मिनट मौनधारण गरिएको थियो ।
कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले “त्रिआयामका तारा आनन्ददेव भट्ट” शीर्षकको ६७२ पृष्ठको अभिनन्दन ग्रन्थ विमोचन गर्नुभएको थियो ।
सो अवसरमा उपाध्यक्ष गोपीरमण उपाध्याय, उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापामगर, कोषाध्यक्ष प्राडा धु्रवकुमार घिमिरे, केन्द्रीय सल्लाहकारहरू मातृका पोखरेल, राम विनय, प्राडा कपिल लामिछाने, डा. कृष्णराज अधिकारी, इन्द्र रेग्मी, प्राडा बद्रिविशाल पोखरेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानकै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, साहित्यकारहरू लक्ष्मी माली, डा. रजनी ढकाल, नर्मदेश्वरी सत्याललगायतको आतिथ्यता रहेको थियो ।

रोगप्रतिरोधी क्षमता बढाइयो भने जुनसुकै भाइरसलाई पनि जित्न सकिन्छ : डा. हरिप्रसाद



काठमाडौँ । प्राकृतिक चिकित्सक डा. हरिप्रसादले रोगप्रतिरोधी क्षमता बढाउन सके जुनसुकै भाइरसलाई पनि जित्न सकिने विश्वास दिलाउनुभएको छ ।
‘रोगप्रतिरोधी क्षमता बढाइयो भने हामीले जुनसुकै भाइरसलाई पनि जित्न सक्छौँ’ उहाँले भन्नुभयो– ‘अहिले कोरोना भाइरस मात्रै होइन, भविष्यमा आउने अरू भाइरसजन्य सङ्क्रमणलाई हामी जित्न सक्छौँ ।
डा. हरिप्रसाद प्रगतिशील लेखक सङ्घको आयोजनामा २०७८ जेठ २३ गते आयोजित “कोरोना रोकथाम, उपचार र हाम्रो जीवनशैली” शीर्षकको भर्चुअल अन्तरक्रियामा विचार व्यक्त गर्दै हुनुहुन्थ्यो ।
उहाँले रोगप्रतिरोधी क्षमताको विकासका लागि खाना, व्यायाम र तनाव व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
नेपाली भान्सा अहिले धेरै नै विकृत हुँदै गएको उहाँले बताउनुभयो । ‘हाम्रो भान्साका मसला पहिला जीवनदायिनी थियो, अहिले विस्तारै मृत्युदायिनी बन्दै गएको छ’ उहाँले भन्नुभयो । डा. हरिप्रसादले नेपाली भान्साको बारेमा ५० भन्दा बढी विद्यावारिधी पूरा गर्न सकिने बताउनुभयो ।
‘बजार रङ्गीचङ्गी छ, हामी पनि कम रङ्गीचङ्गी छैनौँ’ उहाँले भन्नुभयो– ‘त्यसले गर्दा हाम्रो जीवनको रङ उडेको छ ।’
उहाँले रासायनिक मल, कीटनाशक औषधि र हर्मोनको प्रयोगले हाम्रो खाद्यपदार्थ दुषित भएको बताउँदै उहाँले भन्नुभयो– ‘खानाका लागि घर (होम) बाट होटलतर्फ जानु भनेको अन्ततः हस्पिटल (अस्पताल) तर्फ पुग्नु हो ।’
डा. हरिप्रसादले जीव, जीवन र जगत्का लागि प्रकृतितर्फ फर्किन आह्वान गर्नुभयो । प्रकृतिलाई बेवास्ता गर्दा आँखाले देख्न नसक्ने विषाणु (भाइरस) ले सिङ्गै मानव समुदायलाई आक्रान्त बनाएको बताउनुभयो ।
प्रकृतिप्रति असन्तुलित रवैया कायम गर्दा के हुन सक्छ सम्बन्धमा उहाँले माहुरीको उदाहरण दिनुभयो । ‘यो प्रकृतिबाट माहुरी नहुने हो भने परागसेचनको अभावमा अहिलेको कृषि उत्पादन ५५ प्रतिशतसम्म घट्ने छ’ उहाँको भनाइ थियो ।
रोग लागिसकेपछि बिरामीको उपचारमा एलेप्याथीको ठुलो योगदान रहेको बताउँदै उहाँले खानपानमा ध्यान दिने हो भने नसर्ने खालका रोगको सङ्क्रमणलाई धेरै न्यूनीकरण गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रम अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो ।
समीर सिंह र डा. लेखप्रसाद निरौलाले डा. हरिप्रसादसित केही जिज्ञासा राख्नुभएको थियो ।

प्रलेसको आयोजनामा डा. रवीन्द्र समीर पाण्डेसँग कोभिडबारे अन्तरक्रिया


काठमाडौँ । कोरोना भेरियन्टले महामारीको रूप लिइरहेका बेला प्रगतिशील लेखक सङ्घले विज्ञ चिकित्सक डा. रवीन्द्र समीर पाण्डेसित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रलेस केन्द्रीय कार्यालयको आयोजनामा भर्चुअल माध्यमबाट २०७८ वैशाख २६ गते साँझ ५ः३० बजे सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोरोनाबारे मन्तव्य राख्दै डा. रवीन्द्रले कोभिड–१९ को पहिलो रूपभन्दा अहिलेको कोरोना भेरियन्ट खतरनाक रहेको बताउनुभयो । कोरोना भाइरसले रूप परिवर्तन गरी महामारी फैलाइरहेको बताउँदै उहाँले अहिले ब्राजिल र अफ्रिकामा फैलिएको कोरोना भेरियन्ट तुलनात्मक रूपमा बढी खतरनाक रहेको बताउनुभयो ।
अहिलेको कोरोना भेरियन्ट पहिलेको भन्दा सात गुणा छिटो फैलिने र १ प्रतिशतको हाराहारीमा मृत्युदर रहेको बताउँदै उहाँले यसले सङ्क्रमण भएको छैटौँदेखि दशौँ दिनसम्म कोभिड निमोनिया बनाउने गरेको बताउनुभयो ।
युवातप्कालाई पनि चपेटामा लिएको कोरोना भेरियन्टप्रति उच्च सकर्तता कायम राख्न उहाँले आग्रह गर्नुभयो ।
९० भन्दा कम अक्सिजन लेभल भएकाहरू अस्पताल जानुपर्ने अनिवार्य रहेको उल्लेख गर्दै उहाँले सङ्क्रमण दर सात गुणा बढी भएकाले अस्पतालमा बेड नपाएकोमा गुनासो नगर्न अनुरोध गर्नुभयो ।
‘बरु चौरमा बसेर भए पनि अस्पतालको निगरानीमा उपचार गराऔँ’ उहाँले भन्नुभयो– ‘यस्तो बेलामा बेड पाउनका लागि जिद्दी नगरौँ, बेड पाइएन भनेर गुनासो नगरौँ ।’
त्यस्तै उहाँले राती १ बजेदेखि बिहान ४ बजेसम्म विश्वमा सर्वाधिक मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यो अवधिमा पनि अक्सिजनका लेभल जाँच गर्न ध्यानाकर्षण गराउनुभयो ।
मन्तव्यको क्रममा कोरोना खोपको बारेमा अनावश्यक भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । कोरोनाको दुई मात्रा लगाएकाहरू ९० प्रतिशत सुरक्षित रहेको तथा एक मात्रा खोप लगाएकाहरू पनि ६२ प्रतिशत सुरक्षित रहने उल्लेख गर्दै उहाँले खोप लगाउन सबैसित आग्रह गर्नुभयो ।
‘पहिले सङ्क्रमित भइसकेका र खोप लगाइसकेकाहरू तुलनात्मक रूपमा सुरक्षित छन्’ उहाँले अहिले कोरोना नियन्त्रण गर्न खोपको विकल्प नभएको बताउनुभयो ।
विश्वका महामारीहरू सरदर तीन वर्षसम्म चल्ने गरेको स्मरण गर्दै उहाँले कोरोनाले पनि न्यूनतम तीन वर्षसम्म रूप परिवर्तन गरी–गरी सङ्क्रमण फैलाउन सक्ने उहाँको भनाइ थियो ।
‘सङ्क्रमित मान्छेको मृत्यु भएर, रूप परिवर्तन हुँदा सङ्क्रमण क्षमता कमजोर भएर, खोप लगाएर र मानिसहरूको सुरक्षा सतर्कताका कारण अन्ततः यो महामारी समाप्त भएर जाने छ’ उहाँले तबसम्मका लागि उच्च सुरक्षा सतर्कता अपनाउन र खोप लगाउन आग्रह गर्नुभयो ।
मानसिक रूपमा स्वस्थ हुँदा जुनसुकै रोक पनि नियन्त्रण गर्न सकिने उल्लेख गर्दै उहाँले तनाव व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिइनुपर्ने बताउनुभयो ।
कोरोना महामारी प्राकृतिक भएको बताउँदै उहाँले अहिले तीव्र विकासमाझ मानिस र जीवजन्तुको प्राकृतिक बसोबास बिथोलिएकाले यस खालको महामारी आउने गरेको बताउनुभयो ।
उहाँले चमेरोबाट, सालकमा र सालकबाट मानिसमा यो रोग सर्ने गरेको निस्कर्ष पछिल्लो खोजमा देखिएको बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले धुम्रपान र मध्यपानले कोभिड सङ्क्रमण अरू गम्भीर हुने बताउनुभयो ।
‘धुम्रपानले फोक्सोलाई हानी गर्छ, कोरोनाले पनि फोक्सोमै आक्रमण गर्छ’ उहाँले भन्नुभयो– ‘मेरो विनम्र आग्रह छ, धुम्रपान र मध्यपान आजैदेखि त्यागौँ ।’
कार्यक्रम प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा कृष्ण केसी, खिमराज चालिसे, बिनु खुसी, केशव आचार्य, मनोज जिसी, दलबहादुर गुरुङ र केशव थापाले डा. रवीन्द्र समीरसित जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रमका फेसबुक लाइभ लिङ्कमा जानुहोस् ।
https://www.facebook.com/samir.singh.92798/videos/10226594719561274

प्रलेसको ६९औँ स्थापना दिवस तथा पुरस्कार अर्पण समारोह सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ६९ औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार–२०७७ अर्पण समारोह सम्पन्न भएको छ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गर्दै २०७७ असोज ५ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै प्रमुख अतिथि मैनालीले नेपाललाई चिनेर लेख्न साहित्य रचना गर्न प्रगतिशील लेखक तथा साहित्यकारसित आग्रह गर्नुभयो । लामो समयदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता संवेदनशील रहिरहेकाले यहाँको राजनीतिक परिवर्तनबाट सार्थक परिणाम हासिल हुन नसकेको उहाँको दावी थियो । उहाँले यही कारणले नेपालका राजनीतिक परिवर्तन वैदेशिक हस्तक्षेपसहितको हुने गरेको उहाँको ठहर थियो । यस खालको वास्तविकतालाई मध्यनजर गरेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
अहिलेसम्मको राजनीतिक परिवर्तनले प्राप्त गरेका अधिकार पनि व्यवहार लागु नभएको भन्दै उहाँले त्यसको पक्षमा कलम चलाउन प्रगतिशील साहित्यकारलाई आग्रह गर्नुभयो । खासगरी रूढीवादको विरुद्ध तथा मिहिनेतकस र सीमान्तकृत समुदायलाई आवाज दिने गरी लेख्न उहाँले आग्रह गर्नुभयो । उहाँले नेपालमा सामन्तवाद अझैसम्म नसिद्धिएको पनि बताउनुभयो ।
विशिष्ट अतिथि पूर्वमन्त्री तथा प्रलेसका सल्लाहकार शान्ता मानवीले प्रगतिशील संस्कारयुक्त समाज निर्माणका लागि प्रगतिशील साहित्यले लगातार भूमिका खेल्दै आइरेको बताउनुभयो । अहिलेसम्म रचना गरिएका प्रगतिशील साहित्यलाई जनताको बस्ती बस्तीमा पुर्याउन प्रगतिशील लेखक सङ्घले भूमिका खेल्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।
प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मैनालीले ब्यानर पढेर गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार मातृका पोख्रेलले प्रलेसको इतिहास र प्रलेस प्रतिभा पुरस्कारबारे मन्तव्य राख्नुभएको थियो ।
पुरस्कार चयन प्रक्रिया तथा पुरस्कृत प्रतिभा वासुदेव अधिकारीको बारेमा केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गले मन्तव्य राख्नुभयो । प्रमुख अतिथि मैनालीले साहित्यकार वासुदेव अधिकारीलाई दश हजार नगद र सम्मानपत्र प्रदान गरिएको घोषणा गर्नुभयो । सम्मानपत्रको ब्यहोरा केन्द्रीय सचिव प्रकाश थापा मगरले वाचन गर्नुभएको थियो ।
उपमहासचिव आरसी न्यौपानेले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले “म लङमार्चाामा निस्कन्छु” र पुरस्कृत साहित्यकार वासुदेव अधिकारीले “बस्तीमा आगो” कविता सङ्ग्रहभित्रको एउटा कविता वाचन गर्नुभएको थियो । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुनले “मन त नेपाली” हो शीर्षकको गीत गाउनुभएको थियो ।

राष्ट्रियता र समकालीनताबारे प्रलेसको कवितागोष्ठी


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले राष्ट्रियता र वर्तमान समकालीनताबारे कवितागोष्ठी सम्पन्न गरेको छ । केन्द्रीय समितिको आयोजनामा २०७७ साउन १७ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
“कवितामा राष्ट्रियता र समकालीन स्वर” शीर्षक दिइएको उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो, वरिष्ठ साहित्यकार कुन्ता शर्मा । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले अहिले राष्ट्रिय सहमतिको स्वरूपमा राष्ट्रियताको विषयमा आवाज उठ्नु इतिहासमा विरलै घट्ने घटना भएको बताउनुभयो । नेपाल कहिल्यै पनि कसैको गुलाम नरहेको बताउँदै उहाँले अहिलेका शासकहरूमा भने कमारोपनले घर गरेको बताउनुभयो । ‘अहिलेका शासकहरूको मनमा कमारोपन बसेको पाइयो’ प्रमुख अतिथि शर्माले भन्नुभयो– ‘तर हामी साहित्यकारहरू माथि सत्तातिर हेर्दैनौँ, बरु तल जनतातिर हेर्दछौँ । त्यसैले हामीले शासकवर्गको कमारोपनप्रति दिग्दारी लाग्दछ ।’ तर प्रगतिशील साहित्यकारहरू राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा लगातार बोलिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।कार्यक्रममा समीक्षात्मक मन्तव्य राख्दै प्रा.डा. हेमनाथ पौडेलले कविता आफैमा समालोचना भएको बताउनुभयो । गोष्ठीमा वाचित कवितामा आलोचनात्मक चेत प्रखर रहेको बताउँदै उहाँले कविताहरू विचार र कलाको संयोजनसहित आएको पनि उल्लेख गर्नुभयो । अर्का समालोचक साहित्यकार सीता शर्माले सामाजिक दायित्वबोधअनुसार कविता प्रस्तुत भएको बताउनुभयो । वर्गीय पक्षधरता, राष्ट्रियता, स्वजागरण, समकालीनता सबै विषय समेटिएको बताउँदै उहाँले कवितामा अग्रजले उदीयमानबाट र उदीयमानबाट अग्रजबाट सिक्नुपर्ने बताउनुभयो ।
केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले समेत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कुन्ता शर्माले कविता वाचन गर्दै गर्नुभएको थियो । कार्यक्रममा अनिता लामा, डा. अमर गिरी, कल्पना पौडेल, कुमारी महरा, डा. गोविन्द आचार्य, जीवन स्पर्शी, तिला लेकाली, देवेन्दसक्तेन राई, नदीराम केसी, पोषराज पौडेल, प्रियङ्का झा, बुँद राना, भीम क्षेत्री, मीन राना, युगिन विवेक, युद्धविक्रम शाही, ऋतु केसी, लक्षिराम आचार्य, शान्ति प्रियवन्दना, सरु बस्नेत र हरिश ओलीले कविता वाचन गर्नुभएको थियो ।
केन्द्रीय कोषाध्यक्ष तथा कवितागोष्ठीसम्बन्धी उपसमितिका संयोजक प्रा.डा. धु्रवकुमार घिमिरेको अध्यक्षता तथा केन्द्रीय सचिव प्रकाश थापा मगरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई केन्द्रीय सदस्य शालिकराम तिमिल्सिनाले स्वागत गर्नुभएको थियो ।

प्रगतिशील लेखक संघको दोस्रो राष्ट्रिय परिषद् बैठक सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको दोस्रो राष्ट्रिय परिषद् भर्चुअल माध्यमबाट २०७७ असार २७ गते सम्पन्न भएको छ । बैठकले अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीद्वारा प्रस्तुत ८ बुँदे विशेष प्रस्ताव, महासचिव समीर सिंहद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरेद्वारा प्रस्तुत आयव्यय रिपोर्ट पारित गरेको छ ।
प्रलेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार बैठक अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो । केन्द्रीय पार्षद, केन्द्रीय सदस्य तथा पदाधिकारी र सल्लाहकारहरूले रिपोर्टिङ तथा सुझाव प्रस्तुत गरिएको सो बैठकमा उपस्थित सहभागीलाई उपाध्यक्ष गोपीरमण उपाध्ययले स्वागत मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय परिषद्बाट पारित प्रस्ताव यस्तो रहेको छ :
“(१) नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको र सोहीअनुसार नेपालको संविधानमा निसानाछाप समावेश गर्न विधेयक प्रस्तुत गरेबमोजिम संसदका दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा प्रलेसको राष्ट्रिय परिषद्को यो बैठक सहर्ष सरकार तथा संसद्का दुवै सदनका सदस्यका साथै यस निम्ति विशेष पहल गर्ने अभियन्ता तथा जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
(२) राज्यव्यवस्था समितिबाट पारित भई सरकारद्वारा संसदमा प्रस्तुत भएको नागरिकतासम्बन्धी विधेयकको प्रलेस राष्ट्रिय परिषद्को यो बैठक हार्दिक स्वागत गर्दछ र सदनबाट यथाशीघ्र पारित हुने विश्वासका साथ त्यसको पक्षमा ऐक्यबद्धता जाहेर गर्दछ ।
(३) एमसिसीलाई आइपिएसको अङ्ग भनी अमेरिकी दस्तावेजमा उल्लेख भएको र सोही कुरा पुष्टि गर्ने वक्तव्य पनि आएको तथा त्यसमा राष्ट्रलाई घात गर्ने कतिपय प्रावधानहरू रहेकाले त्यसलाई यथास्थितिमा कुनै पनि हालतमा पारित गरिनु हुन्न भनी यो बैठक ठहर गर्दछ ।
(४) भारतीय केही सञ्चार माध्यमले नेपालको राष्ट्रियता, नेपालका सम्माननीय प्रधानमन्त्री तथा नेपालका लागि चिनियाँ राजदूतका विषयमा कूटनैतिक मर्यादा विपरीत दुराशयपूर्ण, भ्रमात्मक र कपोलकल्पित समाचार प्रचार प्रसार गरेकामा यो बैठक घोर भत्र्सना गर्दछ र यस प्रकारको गतिविधि तुरुन्त बन्द गरी मर्यादित व्यवहार गर्न आग्रह गर्दछ ।
(५) विचार अभिव्यक्तिका कारण राज्यबाट कुनै पनि स्रष्टा लेखकलाई पक्रने, थुन्ने र यातना दिने काम नगरियोस् र निर्बाध रूपमा विचार प्रवाह गर्न पाउने वातावरण सिर्जना गरियोस् भन्दै विचार अभिव्यक्तिका कारण कुनै पनि स्रष्टालाई थुनामा राखिएको छ भने तुरुन्त रिहा गरियोस् भनी राष्ट्रिय परिषद्को यो बैठक सरकारसमक्ष माग गर्दछ ।
(६) कोभिड–१९ बाट ज्यान गुमाउने समस्त नेपाली दाजुभाइ, दिदीबहिनीप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र यस महामारीको सङ्क्रमणमा पर्नुभएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कोरोनाको नियन्त्रणका लागि सरकारले चालेका पाइलामा राष्ट्रिय परिषद्को यो बैठक ऐक्यबद्धता जनाउँछ र कोरोनाका असरबाट जनसमुदायलाई जोगाउन तथा समाजमा निराशा आउन नदिन सिर्जनात्मक क्षमताको अधिकतम सदुपयोग गर्न सम्पूर्ण स्रष्टालेखकहरूलाई आह्वान गर्दछ । साथै कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका तथा यसका कारण समस्याग्रस्त हुनुभएका कलमजीवी लेखकहरूले भोग्नुपरेका समस्यातर्फ पनि यो बैठक सरकारको ध्यानाकर्षण गराउँछ र समस्यामा पर्नुभएका कलमजीवी लेखकका निम्ति विशेष सहयोगको माग गर्दछ ।
(७) हालै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीप्रति पनि बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस प्राकृतिक प्रकोपबाट पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको समयमै यथोचित व्यवस्था गर्न सरकारसँग माग गर्दै मानवीय सेवाको यस कार्यमा आआफ्नो ठाउँबाट सहयोगमा जुट्न प्रलेस परिवारका सबै सदस्यलाई बैठक आह्वान गर्दछ ।
(८) विश्व साम्राज्यवादको रणनीति नै नाफा आर्जन गर्न, बढीभन्दा बढी प्रकृतिको दोहन गर्नेतर्फ रह्यो । बढीभन्दा बढी कार्बन उत्सर्जनले गर्दा ग्लोबल वार्मिङ बढ्दै गइरहेको अवस्था छ । ओजन लेयर पातलो हुँदै गइरहेको छ । वातावरणीय क्षेत्रमा खेलवाड गरिँदा कोभिड–१९ जस्ता भाइरसहरूका लागि अनुकूल वातावरण तयार भयो तथा भविष्यमा अझ खतरनाक भाइरसको उत्पत्ति नहोला भन्न सकिन्न । परिणाम यो भयो कि आज सिङ्गो मानवजाति यस प्रकारको डरलाग्दो भाइरसका विरुद्ध सङ्घर्ष गरिरहनुपरेको छ । प्रलेस, विश्वका वर्तमान चुनौतीको समाधानका लागि समाजवाद नै एउटा मात्र विकल्प रहेको ठहर गर्दछ ।”

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दि

  

काठमाडौँ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दित हुनुभएको छ । प्रगतिशील लेखक सङ्घ मुख्य आयोजक र विभिन्न सङ्घ÷संस्थाहरू सहआयोजक रहनेगरी बनेको वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दन समारोह समितिको आयोजनामा २०७६ फागुन २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।
अभिनन्दन कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल । सो अवसरमा मन्तव्य राख्दै उहाँले पुरानो पुस्ताको योगदान गर्ने नेपाली समाजको संस्कृति अनुकरणीय रहेको बताउनुभयो । वरिष्ठ साहित्यकार आननन्ददेव भट्टले साहित्य र राजनीतिमा समर्पित रहेर काम गरेको बताउँदै उहाँले नयाँ पुस्ताले भट्टबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो । ‘जब उहाँले राजनीतिमा होमिने मन बनाउनुभयो’ मन्त्री पोख्रेलले भन्नुभयो– ‘उहाँले विश्व विद्यालयको जागिरबाट राजीनामा दिनुभयो ।’ साहित्यकार भट्ट विश्व विद्यालयमा राजनीतिकरणको विरुद्ध रहेको मन्त्री पोख्रेलको कथन थियो । मन्त्री पोख्रेलले साहित्यकार भट्ट खालि आफ्नो परिवारको मात्रै नभएर सम्पूर्ण प्रगतिवादी खेमाको समेत अभिभावक रहेको दावी पनि गर्नुभयो ।
प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षता तथा महासचिव समीरसिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई प्रमुख अतिथि रक्षामन्त्री पोख्रेलले उहाँकै उचाइबराबरको धातुमा कुँदिएको पाँच फुट चार इन्च अग्लो अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा भट्टलाई विशिष्ट अतिथि मोदनाथ प्रश्रितले दोसल्ला, अर्का विशिष्ट अतिथि बैरागी काइँलाले नेपाली टोपी प्रदान गर्नुभएको थियो । कार्यक्रममा उहाँकी जीवन सँगिनी सुशीला भट्टलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । अभिनन्दित दुवैलाई सबै सहआयोजकका प्रतिनिधिले फूल दिएर सम्मान प्रकट गरेका थिए ।
अभिनन्दनपछि शुभकामना मन्तव्य दिँदै नेकपा (मसाल) को संस्कृति विभागका रामप्रकाश पुरीले नयाँ पुस्ताले आनन्ददेव भट्टको बाटो पछ्याउने बनाउनुभयो । भट्टको व्यक्तित्व अनुकरणीय रहेको बताउँदै उहाँले दीर्घ जीवनको कामना पनि गर्नुभयो ।
नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङले अहिले ८५ वटा संस्थाले साहित्यकार भट्टलाई अभिनन्दन गरेर उहाँको व्यक्तित्व साँघुरोजस्तो लागेको बताउनुभयो । उहाँले साहित्यकार आनन्ददेव भट्ट फराकिलो व्यक्तित्वयुक्त भएको दावी गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्कृति विभागका सदस्य तथा जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले प्रलेस र अन्य संस्थाले प्रगतिवादी श्रष्टालाई सम्मान गरेर राम्रो कामको सुरुवात गरेको बताउनुभयो ।
प्रा.डा. अभि सुवेदीले वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले प्राज्ञहरू राजनीतिक भागबण्डामा सामेल हुनुहुन्न भन्ने धेरै नै महŒवपूर्ण नजिर स्थापित गर्नुभएको बताउनुभयो ।
अभिनन्दित भट्टकी बहिनी सृजना शर्माले सािहत्यकार भट्ट एक्लै हिँड्ने नभएर सबैलाई सँगै लिएर हिँड्ने व्यक्तित्व भएको बताउनुभयो ।


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयलाई बृहत् बनाउन साहित्यकार भट्टको ठुलो योगदान रहेको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले साहित्यकार भट्टलाई उहाँका समकालीन टिप्पणीकारले भरपर्दो माक्र्सवादीको सङ्ज्ञा दिएको स्मरण गर्नुभयो ।
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले साहित्यकार भट्ट अरूलाई लगातार प्रेरित गरिरहने व्यक्तित्व भएको बताउँदै उहाँलाई अभिनन्दन गरेर निकै राम्रो काम भएको बताउनुभयो ।
प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा अभिनन्दनपूर्व अभिनन्दित प्रतिभा वरिष्ठ साहित्यकार भट्टको बारेमा प्रलेसका सल्लाहकार डा. विन्दु शर्माले सङ्क्षिप्तमा प्रकाश पार्नुभएको थियो भने अभिनन्दन पत्रमा उल्लेख सामग्रीको वाचन प्रलेस सल्लाहकार आरएम डङ्गोलले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रलेसका सल्लाहकार वासुदेव अधिकारीले राख्नुभएको थियो ।
राष्ट्रगान वाचन र सहिदको सम्मानमा मौनधारण समेत गरिएको उक्त कार्यक्रममा सयौँ वरिष्ठ लेखक, साहित्यकार, बुद्धिजीवी, पत्रकार र आम जनताको सहभागिता थियो ।

सीमा अतिक्रमण विरुद्ध प्रलेसको कार्यक्रम

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले सीमा अतिक्रमण विरुद्ध साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । “सीमा अतिक्रमण विरुद्ध स्रष्टाहरू–२०७६” नाम दिइएको सो कार्यक्रम २०७६ मङ्सिर १ गते भोटाहिटी चोकमा सम्पन्न भएको हो ।
कार्यक्रमपूर्व सीमा बचाऔँ अभियानले भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा हुँदै भोटाहिटी चोकसम्म पैदल यात्रा गरेको थियो । प्रगतिशील लेखक सङ्घ, रक्तिम सांस्कृतिक अभियान, जनसांस्कृतिक महासङ्घ, इन्द्रेणी सांस्कृतिक समाजलगायतको संस्थागत सहभागिता रहेको उक्त कार्यक्रम भोटाहिटीमा आइपुगेपछि प्रलेसको कार्यक्रममा रूपान्तरण भएको थियो । सो अवसरमा सीमा बचाऔँ अभियानका संयोजक स्वनाम साथीले सम्बोधन गर्नुभएको थियो ।
स्वनाम साथीको सम्बोधनलगत्तै महासचिव समीर सिंहको सञ्चालनमा प्रलेसको कार्यक्रम सुरु भएको थियो । अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा स्वनाम साथी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, जनगायक रामेश श्रेष्ठ, साहित्यकार बद्रिप्रसाद खतिवडालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सुरुवातमा नै उपमहासचिव आरसी न्यौपानेले कार्यक्रमबारे सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई र परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले मन्तव्य राख्नु भएको सो कार्यक्रममा जनसांस्कृतिक महासङ्घले गीत र रक्तिम सांस्कृतिक अभियानले नृत्यसहितको गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कविहरू सीता शर्मा, त्रिरत्न शाक्य, स्नेह सायमी, बलराम तिमिल्सिना, पुरुषोत्तम सुवेदी, नन्दु उप्रेती, शोभा दुलाल, अनिल पौडेल, तेजेन्द्र प्रसाई, डा. गोविन्द आचार्य, विमल निभा र निभा शाहले कविता प्रस्तुत गर्नुभएको थियो । कवि त्रिरत्न शाक्यले नेवारी भाषामा कविता वाचन गर्नुभएको थियो । सो अवसरमा पुरुषोत्तम अधिकारी र कर्ण परियारले पनि गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कविहरूमाझको संयोजन प्रलेसका सल्लाहकारहरू मातृका पोखरेल र वासुदेव अधिकारीले गर्नुभएको थियो ।

शक्ति लम्साललाई सम्झियो प्रगतिशील लेखक सङ्घले


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले पूर्व केन्द्रीय उपाध्यक्ष तथा पत्रकार शक्ति लम्लासलाई सम्झिएको छ । २०७६ कार्तिक २४ गते बागबजारस्थित केन्द्रीय कार्यालयमा एक समारोहमाझ पत्रकार लम्सालको स्मरण गरिएको हो । सो अवसरमा प्रगतिशील देउसीभैलो–२०७६ को समीक्षा र लिपुलेक नक्सा प्रकरणको सन्दर्भमा विरोध कार्यक्रम आयोजना गर्नेबारेमा समेत छलफल भएको थियो ।
केन्द्रीय अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको अध्यक्षता तथा उपमहासचिव आरसी न्यौपानेको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको प्रारम्भमा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष शक्ति लम्सालको चौथो स्मृति दिवसको सन्दर्भमा वक्ताहरूले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । मन्तव्य राख्नेहरूमा हुनुहुन्थ्यो– प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, नेकपाका नेता नारायण शर्मा र लम्सालकी पत्नी कृष्णा लम्साल ।
तत्पश्चात् प्रगतिशील देउसीभैलोको समीक्षा र लिपुलेक नक्सा प्रकरणमा विरोध कार्यक्रमबारे छलफल चलेको थियो । कार्यक्रममा अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरी, महासचिव समीर सिंह, उपाध्यक्ष गोपीरमण उपाध्याय, उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापा मगर, कोषाध्यक्ष प्रा।डा। धु्रवकुमार घिमिरे, पूर्व अध्यक्ष मातृका पोखरेल, पूर्व मन्त्री शान्ता मानवी, प्रलेसका केन्द्रीय सदस्य नवराज रिजाल, काठमाडौँकी अध्यक्ष कौशिला रिसाल, ललितपुरका अध्यक्ष शेखर अर्याल, साहित्यकारहरू भागवत आचार्य, धनबहादुर मगर, सन्तोष सिम्खडा, प्रतिभा पुन, डम्बर आचार्य, कलाधर काफ्ले, लेखनाथ गौतम, खगेन्द्र राई र नारायण शर्माले छलफलमा भाग लिनुभएको थियो ।

प्रलेसको ६८ औँ स्थापना दिवस मनाइयो

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ६८ औँ स्थापना दिवस प्रलेस प्रतिभा पुरस्कार–२०७६ वितरणसँगै मनाइएको छ । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यतामा कवि तथा समालोचक डा. गोविन्द आचार्यलाई प्रलेस प्रतिभा पुरस्कार–२०७६ वितरण गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीरसिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रश्रितले अब साहित्यकारहरूले उत्पादनमुखी, विज्ञानमुखी साहित्य रचनातर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । अहिलेसम्म आलोचनात्मक साहित्यसमेतबाट देशमा उल्लेखनीय राजनीतिक परिवर्तन भएको बताउँदै उहाँले अब राजनीतिक परिवर्तनलाई संस्थागत गर्न प्रगतिशील साहित्यकारहरूले बचेखुचेको सामन्ती चिन्तनका विरुद्ध प्रहार गर्न पनि त्यत्तिकै ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा प्रलेस प्रतिभा पुरस्कार ग्रहण गर्दै डा. गोविन्द आचार्यले पुरस्कारले आफूमाथि गहु्रङ्गो भारी बोकाएको बताउनुभयो । यसले आफूलाई आजीवन प्रगतिशील र वामपन्थी साहित्यिक आन्दोलनमा लागिरहन प्रेरित गरेको बताउँदै आचार्यले आफ्नो त्यही प्रकारको विरासत रहेको र त्यसलाई आगामी समयमा पनि कायम राख्न प्रयासरत रहने बताउनुभयो । कार्यक्रममा उहाँले प्रलेस प्रतिभा पुरस्कारबापत्को राशी प्रलेसलाई सहयोग गर्ने घोषणा पनि सो कार्यक्रममा गर्नुभएको थियो ।
राष्ट्रगानको प्रस्तुति र सहिदहरूको सम्मानमा एकमिनट मौनधारणपछि कार्यक्रमको उद्घाटन, प्रलेस प्रतिभा पुरस्कार प्रदान र प्रलेसको मुखपत्र प्रलेसको नयाँ अङ्क २५ को विमोचन प्रमुख प्रश्रितले गर्नुभएको थियो । उपमहासचिव आर.सी. न्यौपानेको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार शान्तदास मानन्धरले प्रलेसका संस्थापक सदस्य श्यामप्रसाद शर्माको योगदान र जीवनबारे सङ्क्षिप्तमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रलेसका केन्द्रीय सल्लाहकार रामप्रकाश पुरी, जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘पे्रक्षित’ ले मन्तव्य राख्नुभएको थियो ।
पुरष्कृत प्रतिभा डा. आचार्यका बारेमा पुरस्कार चयन समितिकी सदस्य प्राज्ञ नर्मदेश्वरी सत्यालले परिचयात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रख्यात कविहरू डा. रामप्रसाद ज्ञवाली, वासुदेव अधिकारी र सीता शर्माले कविता वाचन गर्नुभएको थियो ।
केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गको धन्यवाद मन्तव्य रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान कुलपति गङ्गाप्रसाद उप्रेती, प्रलेसका पूर्व अध्यक्ष तथा प्रलेस प्रतिभा पुरस्कारका संस्थापक आनन्ददेव भट्ट, प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, नेकपाका केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख मणि थापा, जनसांस्कृतिक महासङ्घका सरल सहयात्री, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम टमोटका साथै प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ, विभिन्न स्मृति प्रतिष्ठानका नेतृत्व सहित प्रलेसका पदाधिकारी, केन्द्रीय सदस्य, परिषद् सदस्य, सल्लाहकार, प्रदेश र जिल्ला समिति तथा पूर्व केन्द्रीय समितिका साथीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरणबारे गोष्ठी सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति विभागको सहकार्यमा “प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण” विषयक गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७६ भदौ १४ गते प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा प्रलेसकै उपमहासचिव आरसी न्यौपानेको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा प्रलेसका केन्द्रीय सल्लाहकार प्रा.डा. पशुपतिनाथ तिमल्सेनाले गोष्ठीपत्र प्रस्तुत गर्नु भएको थियो । विषय सन्दर्भ, नेपालमा प्रगतिशील लेखन परम्परा र सङ्गठन निर्माणका प्रयत्नहरू, सांस्कृतिक रूपान्तरणमा प्रगतिशील लेखनको भूमिका, प्रगतिशील लेखन तथा सांस्कृतिक रूपान्तरणका समस्याहरू र निष्कर्ष जस्ता उपशीर्षकमा समेटिएको प्रा.डा. तिमल्सेनाको गोष्ठीपत्रमाथि साहित्यकार बिन्दा मैनालीले टिप्पणी गर्नु भएको थियो । मैनालीले गोष्ठीपत्र अत्यन्त मिहिनेतसाथ लेखिएको भए पनि सैद्धान्तिक मान्यताप्रति कम ध्यान दिइएको टिप्पणी गर्नु भएको थियो । कार्यपत्रमाथि फ्लोरबाट प्रा.डा. बद्रिविशाल भट्टराई, स्नेह सायमि, गोपाल ठाकुर, गोपीरमण उपाध्याय, सुशीला प्रधानाङ, चेतनाथ धमला, शालिकराम तिमिल्सिना, केशर कालीकोटे, सीता ओझा, रणेन्द्र बराली, केडी रावत, विमल पोखरेल, लोकनारायण सुवेदी, विधान आचार्य, चूडामणि, रामदेव पाण्डे, प्रशान्त खरेल, जगत वाशिष्ठ, प्रा.डा. योगेन्द्रप्रसाद लामिछाने र जगतप्रसाद रेग्मीले टिप्पणी गर्नु भएको थियो । स्पष्टीकरण दिदै गोष्ठीपत्र प्रस्तोता प्रा.डा. तिमल्सेनाले टिप्पणीमा उठेका विषयहरू समेटिने बताउनु भएको थियो ।
कार्यक्रममा विचार व्यक्त गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको परिवर्तनमा राजनीतिकर्मीजत्तिकै लेखक, साहित्यकार, कलाकार र संस्कृतिकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताउनु भयो । “प्रशासनिक आदेशबाट सांस्कृतिक रूपान्तरण हुँदैन” अध्यक्ष केसीले अगाडि भन्नु भयो– “बलेको अगुल्ठोले नै हो, निभेको अगुल्ठोलाई सल्काउने ।” उहाँले प्रगतिशील लेखक–कलाकारहरूले नै देशमा चेतनाको ज्योति बाल्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।
नेकपाका स्थायी समिति सदस्य तथा साहित्य, कला र संस्कृति विभागका इन्चार्ज मणि थापाले लेखक–कलाकार समाजको अङ्ग भएको, तर समाजलाई राजनीतिले कमान्डिङ गर्ने भएकाले लेखक–कलाकारको पनि राजनीतिक पक्षधरताको किटानी महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरूले गलत दिशा समाते हस्तक्षेप गर्ने अधिकार लेखक–कलाकारलाई भएको बताउनु भयो । उहाँले थप्नु भयो– त्यसका लागि साहित्यकारहरू आफै प्रष्ट र सक्षम हुनु पर्ने बताउनु भयो ।
जनसांस्कृतिक महासङ्घका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले पूर्वीय दर्शनका भौतिकवादी तत्त्वलाई प्रगतिशील लेखकहरूले आत्मसात गर्नु पर्ने बताउनु भयो । संस्कृति प्रकृति जस्तै परिवर्तनशील भएको बताउँदै उहाँले सांस्कृतिक रूपान्तरण चिन्तनकै रूपान्तरण भएको दावी गर्नु भयो । उहाँ समाज रूपान्तरण मानव समाजको सचेतन प्रक्रिया भएको पनि बताउनु भयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षितले प्रज्ञा–प्रतिष्ठानलाई निरङ्कुश पञ्चायती कालको जस्तो रूपमा नबुझ्न आग्रह गर्नु भयो । २०४६ सालपछि प्रज्ञामा परिवर्तनकामी पक्षधरको पहुँच बढेको बताउँदै उहाँले प्रज्ञाले कैयौँ माक्र्सवादी साहित्य प्रकाशनमा महत्त्वपूर्ण योगदान गरेको बताउनु भयो । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट शोधकार्य गरी प्रज्ञा–प्रतिष्ठानलाई रचनात्मक बनाउने दिशामा योगदान दिन पनि उहाँले आग्रह गर्नु भयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङको स्वागतमा अघि बढेको उक्त कार्यक्रममा प्रगतिशील लेखक सङ्घका महासचिव समीरसिंहले गोष्ठीको विषयवस्तुबारे प्रकाश पार्नु भएको थियो । सहिदहरूको सम्मानमा मौनधारण तथा राष्ट्रिय गान वाचनका साथै सुरु भएको सो कार्यक्रममा जनवादी गायक हेमराज आश्रमले “अक्टोबर क्रान्तिलाई लालसलाम” शीर्षकको गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरू डा. देवी नेपाल, गोपीन्द्र पौडेल, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन, ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, पारिजात स्मृति प्रतिष्ठानका स्नेह सायमि, घनश्याम स्मृति प्रतिष्ठानका सीता शर्मा, प्रलेसका केन्द्रीय पदाधिकारी, सल्लाहकार, प्रदेश तथा जिल्ला समितिका सदस्य, पूर्व केन्द्रीय समितिका सदस्य सहित ठुलो सङ्ख्यामा लेखक, साहित्य, कलाकार र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

रामप्रसाद प्रदीपको स्मृति सभा सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष राम प्रसाद प्रदीपको तेस्रो स्मृतिसभा सम्पन्न भएको छ । प्रलेस केन्द्रीय कार्यालय र जनता टेलिभिजनको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
जनता टेलिभिजनको कार्यालय नयाँ बानेश्वरमा २०७६ वैशाख १७ गते सम्पन्न सो कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोख्रेल र नेकपाका नेता वेदुराम भुसालले राम प्रसाद प्रदीपको प्रगतिशलि व्यक्तित्व र कृतित्वका बारेमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम प्रलेसका केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता, महासचिव समिर सिंहको सञ्चालन तथा जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।
प्रलेसको आठौँ राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित अध्यक्ष घनश्याम ढकालको सडक दुर्घटनामा असामयिक निधन भएपछि राम प्रसाद प्रदीप का.वा. अध्यक्ष बन्नु भएको थियो । उहाँको पनि हर्ट अट्याकका कारण निधन भएको थियो ।

 सबै सांस्कृतिक घटकलाई समेट्दै प्रलेस

काठमाडौँ, २६ चैत २०७५
प्रगतिशील लेखक सङ्घको नवनिर्वाचित नेतृत्वले हालै सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका र नभएका सांस्कृतिक घटकका नेतृत्वसँग परामर्श गरी एकीकृत र प्रभावकारी प्रलेस निर्माणमा लाग्ने जनाएको छ ।
एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने सम्मेलनले दिएको कार्यादेशबमोजिम नेतृत्वले सो पहल गर्ने नवनिर्वाचित अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रगतिशील साहित्यिक क्षेत्रलाई कसरी प्रभावकारी र एकताबद्ध बनाउने भन्नेमा सबैका चासो देखिन्छ । त्यसैले हामी सम्बन्धित घटकका नेतृत्वको सुझाव लिएर संवाद र सहमतिका आधारमा भावी कार्ययोजना तय गर्नेछौँ ।”
विगतका केन्द्रीय समितिले प्रारम्भ गरेका प्रगतिशील साहित्यको इतिहास लेखनजस्ता कार्र्य सम्पन्न गर्न पनि नयाँ नेतृत्वलाई सम्मेलनले जिम्मेवारी दिएको छ । सम्मेलनले सङ्गठन, विचार र सिर्जनाका माध्यमबाट नेपालको साहित्यिक क्षेत्रमा सिर्जनात्मक हस्तक्षेप गर्ने र प्रगतिवादी साहित्यलाई अगाडि बढाउन सम्पूर्ण प्रगतिशील प्रगतिवादी स्रष्टालाई आग्रह गर्नेलगायत समसामयिक प्रस्ताव पारित गरेको थियो ।
यही चैत २२ र २३ गते सम्पन्न सम्मेलनबाट नयाँ नेतृत्वलाई निवर्तमान अध्यक्ष मातृका पोखरेलले सोमबार पदभार हस्तान्तरण गर्नुभएको थियो । विसं २००९ मा स्थापित प्रलेस वामपन्थी लेखकहरुको साझा मोर्चा मानिन्छ । (रासस)

प्रगतिशील लेखक संघको नेतृत्वमा जीवेन्द्रदेव 

काठमाडौँ । प्रगतिशील लेखक संघ, नेपाल एघारौं राष्ट्रिय सम्मेलन यही २०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता सञ्चालित उद्घाटन सत्रको सञ्चालन महासचिव आर।एम। डंगोलले गरेका थिए । एघारौं राष्ट्रिय सम्मेलनको उद्घाटन साहित्यकार एवम् नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । सम्मेलनले एघार बुुँदे घोषणापत्रसहित नयाँ केन्द्रीय समिति एवम् राष्ट्रिय परिषदको निर्माण गरेको छ ।
एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिमा अध्यक्षमा प्रा।डा। जीवेन्द्रदेव गिरी, उपाध्यक्ष–गोपीरमण उपाध्याय एवम् सुुशीला प्रधानाङ्ग, महासचिव समीर सिंह, उपमहासचिव आर।सी। न्यौपाने, सचिवमा प्रकाश थापा मगर र बाबुराम आचार्य, कोषाध्यक्षमा डा। ध्रुुवप्रसाद घिमिरे निर्वाचित भएका छन् ।त्यसरी नै केन्द्रीय सदस्यमा लोकबहादुुर थापा, डा। देवी क्षेत्री दुुलाल, केशव थापा, जनक रसिक, गिरीप्रसाद बुुढा, नारायण मरासिनी, नवराज रिजाल, मधु पोखरेल, राममणि ढुङ्गेल, डा। दीपक गौतम, सरस्वतीकुमारी राई, नरेश न्यौपाने, ओमप्रकाश घिमिरे, बालकृष्ण अधिकारी, मणि अर्याल, झगिन्द्र्रराज ढकाल ‘पारस’, सुुमित्रा वाङ्देल ‘चेली’, इन्द्रराज लामा, पुुरु लम्साल, बम बानियाँ, मधु क्षेत्री, राजेश विक, प्रदीप प्रधान, मीनबहादुर राना, जीवन शाही, ताराप्रसाद शर्मा, कमल कार्की, अर्जुुन पौडेल ‘निर्जन’, शालिकराम तिमल्सिना, ऋद्धिरमण घिमिरे एवम् शरद अधिकारी निर्वाचित भएका छन् ।
त्यसरी नै राष्ट्रिय परिषद सदस्यमा अनन्तबहादुुर कार्की, सुुवास खनाल, कल्याण ओझा, ताराबहादुुर बुुढाथोकी, पुुष्कर रिजाल, प्रशान्त खरेल, भैरवी भुुगोल, बोधकुुमार घिमिरे, बिजुुला रायमाझी, युुवराज दाहाल, विजया सुुवेदी, होम भट्टराई, कल्पना पौडेल ‘जिज्ञासुु’, सुुभास जिसी, बिनु केसी, केशवनाथ योगी, राम बसुु, रितु केसी, ध्र्रुुव गिरी, धर्मराज दानी, लोक लामा, जगत वाशिष्ठ, कौशिला रिसाल, डा। यादेवी ढकाल, शेखर अर्याल, प्रेमिला राई, रामबहादुुर घिसिङ, धनकुुटे कान्छा, गनेसकुुमार राई, पदम बडाल, कृष्ण किसुु, यादवराज आचार्य, सुुब्बा श्रेष्ठ, सुुवास रिजाल, बाबा बस्नेत, देवी पन्त, कल्पना पौडेल, हेमराज आश्रय एवम् विजय राना निर्वाचित भएका छन् । सम्मेलनले ६ केन्द्रीय सदस्य र सात राष्ट्रिय परिषद सदस्य रिक्त राखेको छ ।
सम्मेलनले एघार बुुँदे समसामयिक प्रस्ताव समेत पास गरेको छ । सो प्रस्ताव समितिमा डा। पुुष्करराज भट्ट संयोजक एवम् तेजविलास अधिकारी एवम् नारायण शर्मा सदस्य रहेका छन् । सम्मेलनबाट पारित प्रस्तावमा एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने, मुुलुकमा संवाद, सहकार्य र समझदारीको राजनीतिको विकास होस् भनेर सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने, प्रलेसको भौतिक पूूर्वाधार निर्माणका लागि पहल गर्ने, विचार, संगठन र सिर्जनाका माध्यमबाट नेपालको साहित्यिक क्षेत्रमा सिर्जनात्मक हस्तक्षेप गर्ने र प्रगतिवादी साहित्यलाई अघि बढाउन सम्पूर्ण प्रगतिशील प्रगतिवादी स्रष्टालाई आग्रह गर्ने, विगतका केन्द्रीय समितिले प्रारम्भ गरेको प्रगतिशील साहित्यको इतिहास लेखन कार्यलाई सम्पन्न गर्न र त्यसलाई प्रकाशन गर्न नवनिर्वाचित समितिलाई निर्देश गर्ने, मुुलुुक संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा भाषा, साहित्य, कला एवम् संस्कृतिसँग सम्बन्धित राज्यका निकाय प्रदेश स्तरमा पनि स्थापना गर्ने कार्यमा लाग्न नेपाल सरकारसँग जोरदार माग गर्ने, देशका विभिन्न ठाउँमा आँधीबेहेरीका कारण मृत्युु एवम् घाइते भएका नागरिकप्रति सम्वेदना प्रकट गर्नुुका साथै सम्बन्धित पीडित नागरिकलाई राहत पुु¥याउन राज्य तथा गैरसरकारी संघसंस्थालाई आग्रह गर्ने, देशका विभिन्न ठाउँमा भएका आपराधिक घटना ९निर्मला पन्त हत्याकाण्ड लगायत० को न्यायपूूूर्ण छानबिनका साथै दोषीमाथि कडा कारवाहीको लागि राज्यसँग माग गर्ने, देशमा बढ्दै गएको जातीय, क्षेत्रीय चिन्तनका कारण समाजमा विभाजनको सोच बढ्दै गएकोमा चिन्ताका साथै देशमा राष्ट्रिय एकताको भाव सिर्जना र मूूलधारबाट किनारामा परेका जाति, समुदाय एवम् क्षेत्रका जनताको समस्याप्रति गम्भीर बन्न राज्यलाई आग्रह गर्ने, सिरिया लगायतका मुुलुुकमा सामान्य नागरिकको हत्या गर्ने, हिंसात्मक गतिविधि फैलाउने गतिविधिप्रति घोर विरोधका साथै शान्ति स्थापनाका लागि सबै पक्षलाई आग्रह गर्ने, शक्ति राष्ट्रहरूले निकटस्थ साना तथा छिमेकी राष्ट्रलाई हेप्ने नीति अख्तियार गरेर तिनलाई कमजोर बनाउँदै लैजाने नीति सच्याई साना मुुलुुकको सार्वभौम अधिकारको रक्षा तथा सम्मान गर्ने रहेको छ ।

No comments: