परिसंवाद शृङ्खला

प्रलेसको कार्यदिशाबारे त्रिपन्नौँ परिसंवाद सम्पन्न



काठमाडौँ । “प्रलेसको वर्तमान अवस्था र आगामी कार्यदिशा” विषयमा प्रगतिशील लेखक सङ्घले त्रिपन्नौँ परिसंवाद सम्पन्न गरेको छ ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले प्रगतिशील मान्यता वामपन्थीहरूले मात्रै आत्मसात गर्न सक्ने भएकाले प्रलेस जस्तो संस्थाको आवश्यकता अहिले पनि यथावत् रहेको बताउनुभयो ।
‘प्रलेसले काम गर्न सकेन भनेर गनगन गर्न आवश्यक छैन’ उहाँले भन्नुभयो– ‘आफूले चाहे जति गर्नका लागि प्रत्येक पार्टीका आआफ्नै साहित्यिक सङ्गठन छन् । तिनै सङ्गठनमार्फत गरे हुन्छ ।’
उहाँले सबै प्रगतिशील साहित्यकारहरूले साझा काम गर्नका लागि प्रलेसको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।
जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले नेपालमा वामपन्थीहरू विभाजित भएकाले उनीहरू सम्बद्ध साहित्यकारलाई समेट्न प्रलेसलाई चुनौती रहेको बताउनुभयो ।
‘बेग्लाबेग्लै पार्टीबाट आएकाले उनीहरूलाई संयोजन गर्न गारो छ’ उहाँले भन्नुभयो– ‘फेरि पनि प्रलेस सामन्तवाद, साम्राज्यवाद विरोधी मोर्चाको रूपमा अस्तित्वमा रहनु सकारात्मक परिघटना हो ।’
उहाँले प्रलेसले कुनै पार्टीविशेषको भन्दा पनि प्रगतिशील साहित्यका साझा समस्याबारे छलफल गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) का अध्यक्ष डा. पुष्करराज भट्टले कोरोना महामारीका बाबजुद एघारौँ राष्ट्रिय सम्मेलनपछिको केन्द्रीय समितिले उल्लेखनीय काम गरेको बताउनुभयो ।
‘परिसंवाद शृङखलाकाको निरन्तरता, स्रष्टा सम्मान, अभिनन्दन ग्रन्थ प्रकाशन, इतिहास लेखनका तथा समसामयिक राजनीतिक, सामाजिक र साहित्यिक मामिलामा प्रलेसले काम गरेको छ’ उहाँको भनाइ थियो ।
डा. भट्टले आगामी दिनमा विचार र आन्दोलनलाई सृजनात्मक लेखनको क्षेत्रसित जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदीले सबै प्रगतिशील लेखकहरूलाई एउटै थलोमा समेट्नु चुनौतीको विषय भएको बताउनुभयो ।
‘राजनीतिक पार्टीहरू मिल्न नसके पनि प्रगतिशील साहित्यकारहरू मिल्नुपर्दछ’ डा. सुवेदीले भन्नुभयो– ‘पार्टीगत सङ्गठनका सीमा होलान्, तर प्रलेसले समग्र प्रगतिशील साहित्यको उन्नयनका लागि काम गर्नुपर्छ ।’
उहाँले वामपन्थी आन्दोलनमा प्रगतिशील लेखनको भूमिका बढाएर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रगतिशील साहित्य तथा कला समाज नेपालका अध्यक्ष शालिकराम तिमिल्सिनाले प्रलेसको सङ्गठनात्मक अवस्था र लेखनको स्तर चित्तबुझ्दो नभएको बताउँदै त्यसको पक्षमा योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताउनुभयो ।
‘युवाहरूलाई समेट्ने समस्या छ, दृष्टिकोणको पनि समस्या छ’ उहाँले भन्नुभयो– ‘स्वीकारोक्तिमा सामन्तवाद, साम्राज्यवाद विरोधी भनिए पनि किटानीपूर्वक उभिनमा समस्या छ ।’
उहाँले यथार्थवादी साहित्यको उत्पादन र पुनरुत्पादनमा नवलेखकहरूलाई प्रलेसले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा फ्लोरबाट यादव अधिकारीले पूरक जिज्ञासा राख्नुभएको थियो ।

प्रलेसको एकाउन्नौँ परिसंवाद सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय सल्लाहकार रामप्रकाश पुरीले प्रलेस नै सबैभन्दा पुरानो प्रगतिशील रूपान्तरणको पक्षमा काम गर्ने सङ्गठन भएको बताउनुभएको छ ।
प्रलेसको एकाउन्नौँ परिसंवादमा विषयवस्तु प्रस्तुत गर्दै पुरीले भन्नुभयो– ‘श्यामप्रसादले स्थापना गर्नुभएको प्रगतिशील लेखक सङ्घ नै प्रगतिशील सांस्कृतिक रूपान्तरणको पक्षमा काम गर्ने सबैभन्दा पुरानो सङ्गठन हो ।’
२०७८ पुस २ गते शुक्रबार प्रलेसको केन्द्रीय कार्यालय बागबजारबाट भौतिक उपस्थिति तथा भर्चुअल दुवै माध्यमबाट अघि बढेको सो कार्यक्रममा नेकपा (मसाल) का प्रवक्तासमेत रहनुभएका प्रगतिवादी साहित्यकार विषयवस्तु प्रस्तत गर्दै हुनुहुन्थ्यो ।
‘राल्फासहितका अरू साहित्यिक–सांस्कृतिक सङ्गठनहरू त पछि स्थापना भएका हुन्’ पुरीले भन्नुभयो– ‘प्रलेसले २००९ सालदेखि लगातार समाजको प्रगतिशील रूपान्तरणको पक्षमा काम गरिरहेको छ ।’
उहाँले प्रलेस सामन्तवादी, साम्राज्यवादी साहित्य, कला र संस्कृतिको विरुद्धमा काम गर्ने साहित्यकारहरूको संयुक्त मोर्चा भएको बताउँदै यस्तो मोर्चाको आवश्यकता अहिले पनि यथावत नै रहेको बताउनुभयो ।
‘जुन साथीहरूले अहिले पनि सामन्तवाद र साम्राज्यवादको विरुद्धमा साहित्य, कला र संस्कृतिको क्षेत्रबाट मोर्चाबन्दी आवश्यक रहेको ठान्नुहुन्छ’ उहाँले भन्नुभयो– ‘तबसम्म प्रलेसको औचित्यता वा आवश्यकता रहिरहने छ ।’
उहाँले भन्नुभयो– ‘आफू सामेल भए ठिक, आफू सामेल नभए बेठिक हुन्छ भन्ने ठान्नु कुण्ठा हो ।’
उहाँले यस्तो कुण्ठा पालेर प्रलेस जस्तो संयुक्त मोर्चा सञ्चालन हुन नसक्ने बताउँदै यस्तो सोचाइले प्रलेसमा समस्या ल्याउने दाबी गर्नुभयो ।
विषयवस्तु प्रस्तुत गर्ने क्रममा उहाँले भन्नुभयो– ‘विद्यमान संस्कृतिलाई यथास्थितिमा राख्न खोज्नु गलत हो तर त्यसको नाममा अर्को भड्काव ल्याउनु पनि गलत हो ।’
प्रलेस जस्ता साहित्यिक, सांस्कृतिक सङ्गठनले कविता, गीत, निबन्ध, कथा जस्ता सामग्री रचना गर्नु खालि प्रचारात्मक तरिका भएको बताउँदै उहाँले सङ्गठन र सङ्घर्षको माध्यमबाट मात्र समाजको आमूल रूपान्तरण गर्न सकिने ठोकुवा पनि गर्नुभयो ।
प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा फ्लोरबाट शशिराम कार्की, जगत् वाशिष्ट, हरिकृष्ण कडायत र आरसी न्यौपानेले पूरक टिप्पणी राख्नुभएको थियो ।
कार्यक्रममा प्रलेसका सल्लाहकार प्राडा कपिल लामिछाने र रामविनय, उपममहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापामगर र प्रलेसका पूर्वकेन्द्रीय उपाध्यक्ष खेम थपलियाको पनि आतिथ्यता रहेको थियो ।

प्रलेसको पचासौँ परिसंवाद सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको पचासौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
“साहित्य सन्ध्याको प्रगतिशील लेखनमा भूमिका” विषयक सो कार्यक्रम २०७८ मङ्सिर ३ गते प्रलेस केन्द्रीय कार्यालय बागबजारमा भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट सम्पन्न भएको थियो ।
केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
सो क्रममा उहाँले नेपाली भाषाको उन्नयनका लागि साहित्य सन्ध्याको सुरुवात भएको बताउनुभयो ।
‘२०३७ साल मङ्सिर ६ गते स्थापित साहित्य सन्ध्या पछिल्लो समयमा निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध उभियो’ प्रभातले भन्नुभयो– ‘पछिल्लो समयमा साहित्य सन्ध्याले प्रगतिशील साहित्य लेखनको पक्षमा भूमिका खेलिरहेको छ ।’
राजविराजबाट सुरु भएको सो साहित्यिक यात्रा काठमाडौँका विभिन्न कलेजमा घुम्ती यात्राको रूपमा अघि बढेको उहाँले बताउनुभयो ।
प्रभातले साहित्य सन्ध्यामा साहित्यिक–सांस्कृतिक व्यक्तित्वको परिचर्चाका साथै जोकसैले त्यहाँ आफ्ना रचना वाचन गर्ने अवस्था रहेको जानकारी दिनुभयो ।
पारिजात, युद्धप्रसाद मिश्र, केवलपुरे किसान जस्ता साहित्यकारको प्रत्यक्ष उपस्थिति रहने गरेको सो साहित्यिक यात्रामा पछिल्लो समयमा श्रोता पुरस्कार प्रदान गर्न थालिएको उहाँले बताउनुभयो ।
प्राज्ञ प्रभातले साहित्य सन्ध्याले बेग्लाबेग्लै परिस्थितिमा विभिन्न प्रकारले प्रगतिशील साहित्यमा योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले पनि मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा साहित्य सन्ध्याका अध्यक्ष राम विनय र वासुदेव अधिकारी, प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल र अध्यक्ष प्रा.डा गिरीले पूरक टिप्पणी राख्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रलेसका उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापामगर, कोषाध्यक्ष धु्रवकुमार घिमिरे, सचिवालय सदस्य देवी दुलाल क्षेत्री, पारस ढकाल, केन्द्रीय सस्य कमल कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्यबारे प्रलेसको उनन्चासौँ परिसंवाद


काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालले सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्यबारे उनन्चासौँ परिसंवाद सम्पन्न गरेको छ ।
२०७८ कात्तिक ५ गते भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा केन्द्रीय सल्लाहकार डा. पुष्करराज भट्टले “सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्य : विगत र वर्तमान” विषयमा मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा उहाँले सुदूर पश्चिममा प्रगतिशील साहित्यको त्यति पुरानो इतिहास नरहे पनि त्यहाँको लोकसाहित्यमा प्रशस्त मात्रामा प्रगतिशील तत्त्व रहेको दाबी गर्नुभयो ।
किसान नेता भीमदत्त पन्त र राष्ट्रियताको बारेमा प्रखर कुरा उठाएका प्रेमसिंह धामीको प्रसङ्ग उठाउँदै उहाँले सुदूर पश्चिममा लोकसाहित्यभित्र पनि समाज परिवर्तनको आवाज प्रशस्त मात्रा पाउनु सकारात्मक विषय भएको बताउनुभयो ।
उहाँले सुदूर पश्चिम क्षेत्रबाट साहित्य, कला, इतिहास, दर्शन सबै क्षेत्रमा व्यापक सङ्ख्यामा काम भएको पनि बताउनुभयो ।
‘खास गरी सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्यमा कविता विधा प्रखर छ’ उहाँले भन्नुभयो– ‘त्यसमध्ये पनि गीत र गजलको क्षेत्रमा धेरै साहित्यकारहरूले राम्रो साहित्य सृजना गरिरहेका छन् ।’
मन्तव्यको क्रममा उहाँले त्यस क्षेत्रमा रहरका लागि लेख्ने प्रचलन यथावत रहेकोमा त्यसलाई अब वैचारिक प्रतिबद्धतामा ढाल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सम्बोधनको क्रममा उहाँले सुदूर पश्चिम प्रदेशमा प्रगतिशील लेखनको इतिहास, प्रगतिशील लेखक सङ्घको सङ्गठनात्मक गतिविधि, विभिन्न विधामा लेखिएका साहित्य र साहित्यकार, साहित्यिक सङ्घसंस्थाका गतिविधि जस्ता विषय समेट्नुभएको थियो ।
प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नारायण मरासिनी, बाबुराम आचार्य र पुण्यप्रसाद खरेलले पूरक टिप्पणी राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सचिव प्रकाश थापामगर, बाबुराम आचार्य, केन्द्रीय सल्लाहकारहरू राम विनय, प्राडा कपिल लामिछाने, डा. कृष्णराज अधिकारी, पदमप्रसाद शर्मालगायतको आतिथ्यता रहेको थियो ।

पूर्व अध्यक्ष आनन्ददेव भट्टको श्रद्धाञ्जली सभा तथा अठचालिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको स्मृतिसभा अठचालिसौँ प्रलेस परिसंवाद र आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थको विमोचन गर्दै सम्पन्न गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सो कार्यक्रम २०७८ असोज १ गते सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सुरु भएको कार्यक्रमको पहिलो चरणमा अठचालिसौँ परिसंवाद अघि बढेको थियो ।
कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य डा. दीपक गौतमले “कर्णाली प्रदेशको प्रगतिशील साहित्य ः विगत र वर्तमान” शीर्षकमा विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा डा. गौतमले कर्णाली प्रदेशमा ५०० जति साहित्यकार रहेकोमा ३०० जति त प्रगतिशील साहित्यकार मात्रै रहेको जानकारी दिनुभयो ।
‘बाहिरबाट सोचे जस्तो कर्णाली केही नभएको ठाउँ होइन’ उहाँले भन्नुभयो– ‘कर्णाली प्रदेश साहित्य, कला, भाषा, संस्कृति जस्ता क्षेत्रमा पनि धनी छ ।’
उहाँले कर्णालीमा मात्रै २६ ओटाभन्दा बढी भाषा भएको दावी गर्नुभयो ।
कर्णाली प्रदेशभित्र प्रलेसले “रातो जुन”, “रातो थुङ्गा” जस्ता गौरवशाली पत्रिका प्रकाशन गरिरहेको जानकारी दिँदै उहाँले प्रलेस सुर्खेतले अहिलेसम्म १९५ ओटा साहित्यिक यात्रा सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
सम्बोधनको क्रममा अझै पनि थुप्रै साहित्यिक कृति प्रकाशन हुन नसकेको बताउँदै आगामी दिनमा त्यसबारे सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
डा. गौतमको प्रस्तुतिप्रति प्रा. जगत्प्रसाद उपाध्यायले पूरक टिप्पणी राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा प्रलेसका पूर्व अध्यक्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा शोकमन्तव्य राख्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आनन्ददेव भट्ट प्रगतिवादी आन्दोलनको शीर्ष व्यक्तित्व भएको धारणा व्यक्त गर्नुभयो ।
‘कीर्तिशेष आनन्ददेव भट्ट शिक्षा, साहित्य र राजनीति तीनओटै क्षेत्रमा सक्रिय रहनुभयो’ प्रमुख अतिथि उप्रेतीको भनाइ थियो ।
उहाँले भट्टजीको निधन भइसकेपछि यो शोकलाई शक्तिमा बदल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘शोकको यो घडीमा हामी यसलाई शक्तिमा बदलौँ’ उहाँले भन्नुभयो– ‘उहाँले देखाएको बाटो र आदर्श कठिन छ तर पनि हामी त्यो बाटो र आदर्शको पालना गर्नैपर्छ ।
कुलपति उप्रेतीले आनन्ददेव भट्ट आजीवन समर्पणको बाटो हिँडेको तर त्यसबापत् कुनै पनि प्राप्तिको पछि नलागेको बताउनुभयो ।
अभिनन्दन ग्रन्थको रूपमा प्रकाशन गर्नुपर्ने कृति दुखद् संयोगका कारण स्मृतिग्रन्थको रूपमा प्रलेसले प्रकाशन गरेकोमा उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो ।
कीर्तिशेष भट्टकी जीवनसँगिनी सुशीला भट्टले सङ्क्षिप्त मन्तव्य राख्दै आनन्ददेव भट्टले कहिल्यै पनि मैले केही पाइनँ भावना नराखेको बताउनुभयो ।
‘उहाँको त्यो यात्राको परिणामले होला, मृत्यपछि पछि देखिएको यो अपार श्रद्धाबाट म अचम्म परेकी छु’ उहाँको थप भनाइ थियो ।
भाइ डा. अर्जुनदेव भट्टले आनन्ददेव भट्ट दाजु मात्र न भएर गुरु र पथप्रदर्शक पनि भएको बताउनुभयो ।
आँसुको धाराका साथ भावविह्वल हुँदै उहाँले अगाडि भन्नुभयो– ‘म यतिखेर धेरै भन्न सक्ने अवस्थामा छैन तर उहाँले जीवनमा कहिल्यै तलमाथि गर्नुभएन, आजीवन निष्ठाका साथ कर्म गर्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले अभिनन्दनमा खुसी हुनुपर्नेमा श्रद्धाञ्जली सभामा पनि खुसी हुनुपर्ने बाध्यात्मक स्थिति आइपरेको बताउनुभयो ।
‘नेपालको अग्रगमनमा उहाँको अद्वितीय भूमिका छ’ उहाँले शोकको यस घडीमा परिवार जनप्रति समवेदना प्रकट गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आनन्ददेव भट्टमा आन्दोलनमा सहर्ष नेतृत्व दिन सक्ने क्षमता रहेको बताउनुभयो ।
‘तपाईंहरू पछाडि हिँड्नुस, म अघि लाग्छु’ उहाँले भन्नुभयो– ‘आनन्ददेव भट्टमा यस खालको स्वभाव थियो ।’
उहाँले भट्टजीलाई श्रद्धेय प्राज्ञिक व्यक्तित्वको रूपमा समेत अथ्र्याउनुभयो ।
श्रद्धाञ्जली सभाको पूर्वाद्र्धमा प्रलेसका केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गले भट्टजीको जीवनीबारे सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
भट्टजीको फोटोमा माल्यार्णपण गरी अघि बढेको उक्त कार्यक्रममा एक मिनट मौनधारण गरिएको थियो ।
कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले “त्रिआयामका तारा आनन्ददेव भट्ट” शीर्षकको ६७२ पृष्ठको अभिनन्दन ग्रन्थ विमोचन गर्नुभएको थियो ।
सो अवसरमा उपाध्यक्ष गोपीरमण उपाध्याय, उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापामगर, कोषाध्यक्ष प्राडा धु्रवकुमार घिमिरे, केन्द्रीय सल्लाहकारहरू मातृका पोखरेल, राम विनय, प्राडा कपिल लामिछाने, डा. कृष्णराज अधिकारी, इन्द्र रेग्मी, प्राडा बद्रिविशाल पोखरेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानकै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, साहित्यकारहरू लक्ष्मी माली, डा. रजनी ढकाल, नर्मदेश्वरी सत्याललगायतको आतिथ्यता रहेको थियो ।

बागमती प्रदेशको प्रगतिशील साहित्यबारे प्रलेसको सतचालिसौँ परिसंवाद



काठमाडौँ । बागमती प्रदेशमा प्रगतिशील साहित्यको विगत र वर्तमान अवस्थाबारे प्रगतिशील लेखक सङ्घको सतचालिसौँ परिसंवाद सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा २०७८ भदौ ४ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डा. रजनी ढकालले “बागमती प्रदेशको प्रगतिशील साहित्य : विगत र वर्तमान” शीर्षकमा लिखित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
डा. ढकालले कार्यपत्रलाई मूलतः छ भागमा विस्तार गरी विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । ती छ भाग थिए– १. प्रगतिशील लेखनको परिचय, २. प्रस्तुतिको सीमाङ्कन, ३. विगत र वर्तमानको समयगत सन्दर्भ, ४. विगतकाल ः प्रगतिशील साहित्यकार र तिनका रचना, ५. वर्तमान कालका साहित्यकार र रचना र ६. बागमती प्रदेशका प्रगतिशील साहित्यको समग्र प्रवृत्ति ।
लिखित प्रस्तुतिमा उहाँले बागमती प्रदेशका १३ वटै जिल्लाको बेग्ला बेग्लै, तर सङ्क्षिप्त व्याख्या गर्नुभएको थियो ।
समय विभाजनको सन्दर्भमा उहाँले २००० देखि २०१६ साल, २०१७ देखि २०४५ साल र २०४७ देखि २०६२ सालसम्मको अवधिलाई विगतकालको रूपमा र २०६२ सालदेखि यताको अवधिलाई वर्तमान कालको रूपमा उल्लेख गर्नुभएको थियो ।
कार्यपत्रमा उहाँले बागमती प्रदेश प्रगतिशील लेखनको उर्वरस्थल रहेको बताउनुभयो । बाहिरबाट आएर पनि काठमाडौँलाई नै केन्द्रविन्दु बनाएर साहित्य सृजना गर्ने गरिएकाले पनि यस क्षेत्र उर्वर रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीले इतिहासलाई लिपिबद्ध गर्ने कामलाई केन्द्रले मात्र नभएर जिल्लाहरूले पनि अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा डा. ध्रुवकुमार घिमिरे, डा. कृष्णराज अधिकारी, जगत्प्रसाद रेग्मी, पुण्यप्रसाद खरेल र रमेश भट्टराईले पूरक मन्तव्य राख्नुभएको थियो ।

गण्डकी प्रदेशको साहित्यबारे प्रलेसको छयालिसौँ परिसंवाद



काठमाडौँ । गण्डकी प्रदेशको साहित्यको बारेमा प्रगतिशील लेखक सङ्घ, नेपालले छयालियौँ परिसंवाद सम्पन्न गरेको छ ।
प्रलेसका अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा “गण्डकी प्रदेशको साहित्य स् विगत र वर्तमान” विषयक उक्त कार्यक्रम भर्चुअल माध्यमबाट २०७८ साउन १ गते सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्र्दै प्रलेसका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका डा। कृष्णराज अधिकारीले गण्डकी प्रदेश साहित्यका लागि उर्वरभूमि रहेको बताउनुभयो ।
गण्डकी प्रदेशमा ८८ भाषा रहेकोमा ६३ भाषा सङ्कटापन्न अवस्थामा रहेको बताउँदै उहाँले प्रदेशमा नेपालीका साथै गुरुङ, मगर र नेवारी भाषामा समेत साहित्य रचना गरिएको बताउनुभयो ।
पृथ्वीनारायण शाहकालमै शक्तिवल्लभ, उदयानन्द अर्याल, वीरशाली पन्तजस्ता साहित्यकार गण्डकी प्रदेशमा सक्रिय रहेको उहाँको भनाइ थियो ।
त्यसपछिको समयमा भानुभक्त आचार्य, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, गोकुल जोशी, धर्मराज थापा, भूमि शेरचन, मुक्तिनाथ शर्माजस्ता साहित्यकारले गण्डकी प्रदेशलाई उजिल्याएको बताउनुभयो ।
अर्कातर्फ, लोकसाहित्यको क्षेत्रमा देहरादुन क्षेत्रबाट गोरा श्रीस, मनवीर खत्रीलगायतले नेपालमा झ्याउरे गीतसङ्गीत भिœयाएको दावी गर्नुभयो ।
प्रगतिशील कलाको क्षेत्रमा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक अभियानले महŒवपूर्ण भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो ।
उहाँले त्यसैगरी अली मिया, हरिदेवी कोइराला, पदमराज ढकालसहित थुप्रै सांस्कृतिक सङ्गठनको पनि गण्डकी प्रदेशमा कलाको विकासका लागि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
अन्यत्र जस्तै गण्डकी प्रदेशमा पनि यथास्थितिवादी र परिवर्तनकारी दुई खाले प्रवृत्ति विद्यमान रहेको बताउनुभयो ।
विषयवस्तु प्रस्तुत गर्ने क्रममा उहाँले देशमा पटक–पटक कम्युनिस्ट सरकार सञ्चालन भए पनि प्रगतिशील साहित्यको प्रवद्र्धनका लागि ठोस काम हुन नसकेकोमा असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
सो क्रममा उहाँले प्रलेससम्बद्ध लेखकमा परम्परागत तथा यथास्थितिवादी चिन्तन समाप्त गर्नुपर्ने, अध्ययनशीलता बढाउँदै जाने, सांस्कृतिक रूपान्तरणसित सम्बन्धित कार्यक्रममा बढी ध्यान केन्द्रित गर्नुपर्ने, प्रलेसका सदस्य आफ्नै सङ्गठनको विकासमा बढी सक्रिय हुनुपर्ने तथा स्वतन्त्र र वामपन्थी लेखकलाई प्रलेसले समेट्नुपर्ने जस्ता सुझाव प्रलेसलाई दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रलेस अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीले प्रगतिशील लेखक सङ्घ इतिहास लेखनप्रति गम्भीर भएको बताउनुभयो ।
कोरोना महामारीको प्रतिकूल परिस्थितिका कारणले इतिहास लेखन र प्रकाशन कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उहाँले ठम्याउनुभयो ।
मन्तव्यको क्रममा उहाँले साहित्य क्षेत्रको सबैका राम्रा काम लिपिबद्ध गर्नुपर्ने आवश्यकतामा जोड दिँदै पछि बिग्रिएका स्रष्टाका पनि नबिग्रिँदासम्मको राम्रो कामसमेतलाई लिपिबद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन महासचिव समीर सिंहले गर्नुभएको थियो ।
कार्यक्रममा लक्ष्मीशरण अधिकारी, डम्बर पहाडी, भूमिराज बस्ताकोटी, षडानन्द पौडेल, डा। पशुपतिनाथ तिमल्सेना, यदुनन्दन उपाध्याय, कल्पना न्यौपाने र पूर्णदेवी न्यौपानेले पूरक मन्तव्य राख्नुभएको थियो ।

लुम्बिनी प्रदेशको साहित्यबारे प्रलेसको पैतालिसौँ परिसंवाद


काठमाडौँ । लुम्बिनी प्रदेशको साहित्यबारे प्रगतिशील लेखक सङ्घ, नेपालले पैतालिसौँ परिसंवाद सम्पन्न गरेको छ ।
प्रलेसका केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा प्रलेस सल्लाहकार पदमप्रसाद शर्माले विषयवस्तु प्रस्तुत गर्दै २०७८ असार ४ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै शर्माले समाज परिवर्तनमा हरेक आन्दोलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका लेखक–साहित्यकारको महŒवपूर्ण रहेको बताउनुभयो ।
‘कतिपय जिल्लाले लेखक–साहित्यकारको उक्त भूमिका लिपिबद्ध गरेका छन्, कतिपयले उद्घाटन गरेका छैनन्’ उहाँले भन्नुभयो ।
उहाँले २००७ सालभन्दा पहिले नेपालमा अलेख्य साहित्यको प्रचूरता रहेको बताउनुभयो ।
‘२००७ सालभन्दा पहिले मेलाजात्रामा जाँदा, गाईबाख्रा चराउन जाँदा, ढिकीजातो पिस्दा, गन्धर्वले कर्खा गाउँदा, भजनकीर्तन गर्दा अलेख्य साहित्य जन्मन्थ्यो’ उहाँले भन्नुभयो– ‘२००७ सालपछि स्कुल खुल्न थालेपछि बल्ल लिखित साहित्य प्रचलनमा आउन थाल्यो ।’
उहाँले कपिलवस्तु, दाङ, रुकुम र लुम्बिनीका अन्य जिल्लाहरूमा प्राचीन साहित्य लेखिएको जानकारी दिनुभयो ।
सल्लाहकार शर्माले दाङका कृष्णसेन इच्छुक दोस्रो साहित्यिक सहिद भएको बताउनुभयो ।
उहाँले पाल्पामा २०३७, दाङमा २०५०, रुपन्देहीमा २०५३, बाँकेमा २०५४, अर्घाखाँचीमा २०५६, प्युठानमा २०६०, रुकुमपूर्वमा २०७४, कपिलवस्तुमा २०७५, नवलपरासीमा २०७५, गुल्मीमा २०७५ र बर्दियामा २०६५ सालमा प्रगतिशील लेखक सङ्घका जिल्ला शाखा स्थापना भएको जानकारी दिनुभयो ।
सल्लाहकार शर्माले पठन संस्कृति प्रवद्र्धन गर्न लुम्बिनीका सबै जिल्लामा पुस्तकालय स्थापना भएर सञ्चालन भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले प्रलेसलाई सुझाव दिँदै भन्नुभयो– ‘जिल्ला शाखाहरूको सञ्चालन, अनुगमन र समन्वय गर्नुपर्छ । ज्येष्ठ पुस्तालाई पुरस्कृत तथा उनका कृति प्रकाशन गर्नुपर्दछ । नवोदित लेखक साहित्यकारको क्षमता अभिवृद्धि गर्नका लागि तालिम, गोष्ठी सञ्चालन गर्नुपर्दछ ।’
प्रमुख अतिथि प्राडा जीवेन्द्र देव गिरीले कार्यक्रममा सारगर्भित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकारहरू राम विनय, ईन्द्र रेग्मी, डा. कपिल लामिछाने, डा. कृष्ण अधिकारी, आरसी न्यौपाने, प्रकाश थापामगर, केशव थापालगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रकाश थापामगर, दलबहादुर गुरुङ, डा. कृष्णराज अधिकारी, आरसी न्यौपानी, बिजुला रायमाझी, गिरीराज शर्मा र निमबहादुर थापाले पूरक टिप्पणी राख्नुभएको थियो ।

१ नं. प्रदेशको साहित्यबारे प्रलेसको चवालिसौँ परिसंवाद


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले १ नं. प्रदेशको साहित्यबारे चवालिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । 
“प्रदेश नं. १ को साहित्य ः विगत र वर्तमान” विषयमा प्रलेसका सचिवालय सदस्य डा. देवी दुलालले विषयवस्तु प्रस्तुत गर्दै २०७८ जेठ ७ गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै डा. दुलालले धेरै पहिलेदेखि नै प्रदेश नम्बर १ मा साहित्य लेखिन थालेको बताउनुभयो । विराटनगर प्रदेश नम्बर १ को साहित्यिक गतिविधिको केन्द्र रहने गरेको बताउँदै उहाँले त्यसका साथै इलाम, भोजपुर, खोटाङजस्ता जिल्लामा पनि साहित्यिक गतिविधि यथावत रहेको बताउनुभयो ।
प्रदेश नम्बर १ मा महानन्द सापकोटाजस्ता प्रगतिशील साहित्यकार सक्रिय रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा निनु चापागाई, मातृका पोखरेल, रुद्र खरेलसहित धेरै केन्द्रीय स्तरका साहित्यकारले प्रगतिशील लेखक सङ्घको नेतृत्व नै गरेको स्मरण गर्नुभयो ।
प्रलेसको स्थापनापछि धरानका बिए कृष्ण श्रेष्ठले प्रदेश नं. १ मा प्रलेसका वैचारिक र साङ्गठनिक गतिविधि अघि बढाएको बताउँदै उहाँले अहिले प्रदेश नं. १ को सरदर तीन सयदेखि पाँच सय पृष्ठको इतिहास प्रकाशनको क्रममा रहेको जानकारी दिनुभयो ।
आख्यान, कविता, मुक्तक, गजल, अनुसन्धान, अनुवादसहितको सम्पूर्ण साहित्यमा प्रदेश नम्बर १ का स्रष्टाहरूको उल्लेखनीय भूमिका रहेकोसमेत उहाँले दावी गर्नुभयो ।
उहाँले १ नं. प्रदेशमा सत्ताको खबरदारी गर्दै अहिले पनि तीन सयभन्दा बढी सक्रिय साहित्यकारहरू सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले यसरी प्रत्येक प्रदेशका साहित्यको बारेमा खोजीनीति गर्ने सिलसिलाले सिङ्गो प्रलेसको इतिहास तयार गर्ने काममा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम उपाध्यक्ष तथा परिसंवाद उपसमितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो ।
विषयवस्तुको प्रस्तुतिपछि ताराबहादुर बुढाथोकी, डा. कृष्णराज अधिकारी, पदम शर्मा, डम्मर पहाडी, प्राडा बद्रिविशाल पोखरेल र दुर्गा नेपालीले पूरक जिज्ञासा राख्नुभएको थियो ।

================

परिसंवादबारे प्रलेसकै बयालिसौँ परिसंवाद


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले २०७३ सालदेखि हालसम्म सम्पन्न गरेका ४१ वटा परिसंवादबारे छलफल चलाउँदै ४२औँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।
महासचिव समीर सिंहद्वारा विषयवस्तु प्रस्तुत गर्दै २०७७ चैत्र ६ गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न  भएको हो ।
केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा अघि बढेको उपर्युक्त कार्यक्रममा महासचिव सिंहले २०७३ पुस १ गते प्रगतिशील लेखक सङ्घले सम्पन्न गरेको पछिल्लो ४१ औँ परिसंवादको सङ्क्षिप्त परिचर्चा गर्नुभयो ।
सो क्रममा उहाँले ४१ वटै परिसंवादको प्रत्येकको बेग्लाबेग्लै सङ्क्षिप्त फेहरिस्त प्रस्तुत गर्नुभयो ।
पहिलो परिसंवाद चर्चित बङ्गाली साहित्यकार महाश्वेता देवीको साहित्यिक योगदानबाट सुरु भएको बताउँदै महासचिव सिंहले पछिल्ला दिनमा सो कार्यक्रमले व्यापक क्षेत्र समेटेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘साहित्यिक व्यक्तित्वको चर्चाको क्रममा अघि बढ्दै परिसंवादमा विशुद्ध साहित्यकारसम्म मात्र सीमित नरहेर हृदयचन्द्र सिंह प्रधान, युद्धप्रसाद मिश्र, कृष्ण सेन इच्छुक, पुष्पलाल, रूपचन्द्र विष्ट, स्वनाम साथीसम्मको योगदानबारे चर्चा गरियो ।’
‘त्यसैगरी हालसम्म साहित्यका विभिन्न प्रवृत्तिमा केन्द्रित रहेर कविता, कथा, उपन्यास, लोकसाहित्य, सांस्कृतिक रूपान्तरणजस्ता विषयलाई चर्चाको  विषय बनाइयो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा विभिन्न विधाका विज्ञहरूलाई कार्यक्रममा आमन्त्रण गरियो ।’ 
त्यति मात्रै होइन, पछिल्लो समयमा दर्शन, राष्ट्रियता, भौतिकवाद, पठन संस्कृति, साहित्यमा महिला साहित्यकारको स्थान र बालसाहित्यजस्ता विषय प्रस्तुत गरिएको पनि उहाँले बताउनुभयो ।
महासचिव सिंहले २०७५ सालको एघारौँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा प्रलेसलाई अगाडि बढाउन मद्दत पुगोस् भनेर घटकीय सांस्कृतिक मोर्चाका प्रतिनिधिलाई समेत परिसंवादमा बोलाइएको स्मरण गर्नुभयो । 
‘त्यस्तै समाजवादउन्मुख संविधान बनिसकेका बेला त्यससित सम्बन्धित रहेर दर्शन, शिक्षा, राजनीतिजस्ता विषयमा पनि चर्चा चलाइयो भने तत्कालीन समसामयिक विषयलाई समेत समेट्ने गरियो’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा एमसिसी, लिपुलेक, महिला हिंसा, चैत्र ३ गतेको साहित्यकारको आन्दोलनजस्ता प्रसङ्ग परिसंवादका विषय बन्न पुगे ।’
कार्यक्रम प्रा.डा. बद्रिविशाल पोखरेल, नारायण मरासिनी र हरिप्रसाद भण्डारीले पूरक मन्तव्य राख्नुभएको थियो ।
केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

महिला हिंसाबारे प्रलेसको एकचालिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले महिला हिंसाको बारेमा एकचालिसौँ परिसंवाद सम्पन्न गरेको छ ।
“बढ्दो महिला हिंसा र प्रगतिशील लेखकहरूको दायित्व” विषयक सो अन्तरक्रिया २०७७ फागुन ७ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तोता प्रलेसका केन्द्रीय सल्लाहकार डा. विन्दु शर्मा हुनुहुन्थ्यो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले महिला हिंसा मानसिक, भौतिक र यौनिक हुने बताउनुभयो । खालि यौनिक हिंसालाई मात्र महिला हिंसा मान्न नहुने उहाँको तर्क थियो ।
निजी सम्पत्तिको सुरुवातका साथै महिलालाई पनि निजी सम्पत्ति ठान्ने पितृसत्तात्मक सोचाइका कारण महिलामाथिको हिंसा बढ्दै गइरहेको उहाँको ठहर थियो ।
‘वास्तवमा पितृसत्तावादी चिन्तन नै महिला हिंसाको जड हो’ उहाँले पितृसत्तावादी चिन्तन महिलामा पनि विद्यमान रहेको बताउँदै भन्नुभयो– “सासूले बुहारीमाथि गर्ने उत्पीडन पितृसत्तावादी सोचाइको परिणाम हो ।’
बाहिर नदेखिने, तर भित्रभित्रै उत्पीडन गर्ने अन्तरङ्ग आतङ्कवादी प्रवृत्तिले गर्दा महिलामाथि उत्पीडन र हिंसा बढ्दै गइरहेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘अब महिलाहरू सचेत भएका छन् । तर उनीहरू सचेत भए भने अहिलेसम्म पुरुषले गरे झैँ महिलामाथि पनि बदलाको भावनाले उत्पीडन गर्ने छन् भन्ने भयले गर्दा अन्तरङ्ग आतङ्कवाद फैलिइरहेको छ ।’
आर्थिक परनिर्भरता, वंशाधिकार, पौराणिक साहित्यको महिला विरोधी चरित्र, पितृसत्तात्मक मनोविज्ञानजस्ता प्रतिकूलता, नीतिनिर्माणमा समस्याजस्ता समस्याले गर्दा महिलामाथिको उत्पीडन बढ्दै गइरहेको उहाँको भनाइ थियो ।
प्रगतिशील लेखकहरूले महिला हिंसाको विरुद्ध तर महिला समानताको पक्षमा कलम चलाउनुपर्ने आवश्यकतामा जोड दिँदै डा. शर्माले आजको आवश्यकता जनचेतनामूलक साहित्य रहेको बताउनुभयो ।
‘तर जति पनि जनचेतनामूलक साहित्य लेखिएका छन्, ती लक्षितवर्गसम्म पुगेका छ्रैनन्’ उहाँले भन्नुभयो– ‘लक्षितवर्गसम्म जनेचतनामूलक साहित्य पुर्याउन प्रगतिशील लेखक सङ्घले योजनाबद्ध प्रयास गर्नुपर्दछ ।’
कार्यक्रम प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो ।
सो अवसरमा डा. सावित्री श्रेष्ठ, गिरीप्रसाद बुढा, गोपीरमण उपाध्याय, बिजुला रायमाझी, बाबुराम आचार्य र समीर सिंहले स्पष्टीकरण दिनुभएको थियो ।

स्वनाम साथीबारे प्रगतिशील लेखक संघको चालिसौँ परिसंवाद


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले वामपन्थी व्यक्तित्व स्वनाम साथी (शशि शेरचन) को बारेमा चालिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । 
“प्रगतिशील आन्दोलनमा स्वनाम साथीको भूमिका” विषयक सो परिसंवाद कार्यक्रम २०७७ माघ १६ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा वामपन्थी नेता घनश्याम शर्माले स्वनाम साथीको बारेमा मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा उहाँले स्वनाम साथी जनताको मन जित्न सक्ने व्यक्तित्व भएको बताउनुभयो ।
‘कसैको घरमा जानुपर्यो भने म तपाईंकहाँ आएँ, तपाईंहरूलाई अप्ठेरो त पर्दैन भनेर उहाँले सोध्नुहुन्थ्यो’ पौडेलले भन्नुभयो– ‘कसैको घर गइसकेपछि सर्वप्रथम वृद्ध तथा बालबालिकाले खाना खाए÷खाएनन् भनेर सोच्ने, खाना थप्न खोज्दा पनि मलाई पुग्यो, तपाईंहरूलाई पुग्यो कि पुगेन भनेर सोध्ने बानी उहाँको थियो ।’
आफू मात्र बोल्नेभन्दा पनि अरूको धेरै कुरा सुन्ने बानी उहाँको भएको पनि पौडेलले बताउनुभयो ।
‘स्वनाम साथी कम्युुनिस्ट पार्टीको झण्डालाई कुनै पार्टीविशेषको भन्दा पनि श्रमजीवी वर्गको सम्पत्ति भएको उहाँको भनाइ थियो’ पौडेलले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको झण्डा कुनै दलले छाप लगाएर दिने चिज होइन ।’
मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीले साम्यवाद सुदूर भविष्यको विषय नभएको धारणा राख्ने व्यक्ति बताउनुभयो ।
‘भित्रै मनदेखि समानताको अवधारणा आउने हो भने साम्यवाद कुनै पनि बेला जहाँ पनि उपभोग गर्न सकिन्छ’ पौडेलले स्वनाम साथीको विचार कार्यक्रममा राख्नुभयो ।
कम्युनिस्ट आन्दोलनमा लाग्दा स्वनाम साथी शारीरिक रूपमा धेरै नै कमजोर रहेको जानकारी दिँदै त्यसको विकल्पमा उहाँले योग र ध्यानलाई विशेष महत्त्व दिएको पौडेलले बताउनुभयो ।
योग र ध्यानबारे स्वनाम साथीको अवधारणाको सारसङ्क्षेप खिच्दै पौडेलले भन्नुभयो– ‘योग र ध्यान पूर्वीय दर्शनको विशिष्ट योगदान हो ।’
मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीलाई नेपाली कम्युनिस्ट आन्दोलनको महान् पात्र भएको दावी गर्नुभयो । स्वनाम अथाह ज्ञानभण्डारको खानी भएको बताउँदै पौडेलले उहाँको योगदानबाट नेपाली वामपन्थी आन्दोलनले धेरै कुरा सिक्नसक्ने पनि बताउनुभयो ।
कार्यक्रममा डा. सावित्री श्रेष्ठ, गोपीरमण उपाध्याय र बलदेव भट्टले समेत पूरक विचार राख्नुभएको थियो ।
शिक्षामा समाजवादी स्वरूपबारे प्रलेसको उनन्चालिसौँ परिसंवाद सम्पन्न
काठमाडौँ । शिक्षामा समाजवादी स्वरूपको बारेमा प्रगतिशील लेखक सङ्घले उनन्चालिसौँ परिसंवाद सम्पन्न गरेको छ । “शिक्षाको समाजवादोन्मुख चरित्र र चुनौती” विषयक परिसंवाद २०७७ पुस ३ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष प्रा।डा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा परिसंवाद कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा विषयवस्तु डा। चूडा ढकालले प्रस्तुत गर्नुभएको थियो ।
विषयवस्तु प्रस्तुत गर्दै डा। ढकालले अहिलेको शिक्षाप्रणाली समाजवादोन्मुख चरित्रको नरहेको दावी गर्नुभयो । ‘दुईतिहाइ बहुमतयुक्त वामपन्थी सरकार हुँदा शिक्षाक्षेत्रमा ठुलै हस्तक्षेप हुनुपर्ने हो’ उहाँले अगाडि भन्नुभयो– ‘तर संविधानमा समाजवादोन्मुख शब्दावली लेख्ने काम मात्र भयो, व्यवहारमा केही हुन सकेन ।’
संविधानको धारा ५१ को प्रसङ्ग अघि सार्दै डा। ढकालले समाजवादी मोडेलअनुरूप शैक्षिक प्रणाली अवलम्बन गरिने उल्लेख भए पनि कार्यान्वयनमा भने त्यस पक्षलाई पूरै उपेक्षा गरिएको तर्क गर्नुभयो । ‘वर्षैपिच्छे शिक्षाक्षेत्रमा बजेट कटौती हुँदै छ’ उहाँले भन्नुभयो– ‘त्यसको परिणामस्वरूप अहिले शिक्षा हुनेखानेको पक्षमा मात्र रहेको छ ।’
शिक्षामा सर्वसाधारण नागरिकको समेत पहुँच पुगेपछि नै समाजवादोन्मुख शिक्षाको आधार तयार हुने उहाँको तर्क थियो । ‘समाजवादी शिक्षामा श्रमलाई सम्मान गर्ने, उत्पादनसित जोड्ने, मानवीय श्रोतसाधनको निर्माण गर्दै सांस्कृतिक रूपमा समेत सचेत नागरिक तयार गर्ने प्रवृत्ति हुन्छ’ उहाँको प्रष्टोक्ति थियो ।
वैज्ञानिक अध्ययन–अनु्सन्धानमाथि आधारित व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउँदै उहाँले अहिलेको जस्तो सुगारटाइ शिक्षालाई पूरै निरुत्साहित गरिनुपर्ने आवश्यकतामा जोग दिनुभयो ।
फिनल्यान्डको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘विद्यालयमा विद्यार्थी असफल हुनु विद्यार्थीको दोष नभएर शिक्षाप्रणालीको दोष हो ।’
कार्यक्रममा प्रा।डा। बद्रिविशाल पोखरेल, पुष्कर रिजाल, डा। शम्भु कट्टेल, तारामणि न्यौपाने र बुद्धि सापकोटाले पूरक टिप्पणी राख्नुभएको थियो ।

शिक्षामा समाजवादी स्वरूपबारे प्रलेसको उनन्चालिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । शिक्षामा समाजवादी स्वरूपको बारेमा प्रगतिशील लेखक सङ्घले उनन्चालिसौँ परिसंवाद सम्पन्न गरेको छ । “शिक्षाको समाजवादोन्मुख चरित्र र चुनौती” विषयक परिसंवाद २०७७ पुस ३ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष प्रा।डा जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा परिसंवाद कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा विषयवस्तु डा। चूडा ढकालले प्रस्तुत गर्नुभएको थियो ।
विषयवस्तु प्रस्तुत गर्दै डा। ढकालले अहिलेको शिक्षाप्रणाली समाजवादोन्मुख चरित्रको नरहेको दावी गर्नुभयो । ‘दुईतिहाइ बहुमतयुक्त वामपन्थी सरकार हुँदा शिक्षाक्षेत्रमा ठुलै हस्तक्षेप हुनुपर्ने हो’ उहाँले अगाडि भन्नुभयो– ‘तर संविधानमा समाजवादोन्मुख शब्दावली लेख्ने काम मात्र भयो, व्यवहारमा केही हुन सकेन ।’
संविधानको धारा ५१ को प्रसङ्ग अघि सार्दै डा। ढकालले समाजवादी मोडेलअनुरूप शैक्षिक प्रणाली अवलम्बन गरिने उल्लेख भए पनि कार्यान्वयनमा भने त्यस पक्षलाई पूरै उपेक्षा गरिएको तर्क गर्नुभयो । ‘वर्षैपिच्छे शिक्षाक्षेत्रमा बजेट कटौती हुँदै छ’ उहाँले भन्नुभयो– ‘त्यसको परिणामस्वरूप अहिले शिक्षा हुनेखानेको पक्षमा मात्र रहेको छ ।’
शिक्षामा सर्वसाधारण नागरिकको समेत पहुँच पुगेपछि नै समाजवादोन्मुख शिक्षाको आधार तयार हुने उहाँको तर्क थियो । ‘समाजवादी शिक्षामा श्रमलाई सम्मान गर्ने, उत्पादनसित जोड्ने, मानवीय श्रोतसाधनको निर्माण गर्दै सांस्कृतिक रूपमा समेत सचेत नागरिक तयार गर्ने प्रवृत्ति हुन्छ’ उहाँको प्रष्टोक्ति थियो ।
वैज्ञानिक अध्ययन–अनु्सन्धानमाथि आधारित व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउँदै उहाँले अहिलेको जस्तो सुगारटाइ शिक्षालाई पूरै निरुत्साहित गरिनुपर्ने आवश्यकतामा जोग दिनुभयो ।
फिनल्यान्डको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘विद्यालयमा विद्यार्थी असफल हुनु विद्यार्थीको दोष नभएर शिक्षाप्रणालीको दोष हो ।’
कार्यक्रममा प्रा।डा। बद्रिविशाल पोखरेल, पुष्कर रिजाल, डा। शम्भु कट्टेल, तारामणि न्यौपाने र बुद्धि सापकोटाले पूरक टिप्पणी राख्नुभएको थियो ।

हिमाली दर्शनमा द्वन्द्ववाद र भौतिकवादबारे प्रलेसको अठ्तिसौँँ परिसंवाद सम्पन्न


काठमाडौँ । हिमाली दर्शनमा द्वन्द्ववाद र भौतिकवादको बारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको ३८औँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा दर्शनशास्त्रका अध्येता रामराज रेग्मीले विषयवस्तु प्रस्तुत गर्नुभएको सो कार्यक्रम भर्चुअल माध्यमबाट २०७७ मङ्सिर ५ गते सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै रामराज रेग्मीले अब भारतीय दर्शन होइन, हिमाली दर्शन भनिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा भारतको हस्तक्षेपकारी भूमिकाका कारण अब भारतीय दर्शन होइन, हिमाली दर्शन भन्नु उपयुक्त हुने उहाँको तर्क थियो ।
दर्शनको क्षेत्रमा द्वन्द्ववाद र भौतिकवादी अवधारणा पश्चिमबाट आएको भन्ने तर्क गलत रहेको बताउँदै उहाँले वेदमा नै भौतिकवाद र द्वन्द्ववादका तत्त्वहरू रहेको उहाँले दावी गर्नुभयो । हिमाली क्षेत्रको दर्शनमा चार्वाकदेखि मात्र भौतिकवाद र द्वन्द्ववादको चर्चा गरिनुलाई उहाँले गलत बताउनुभयो । पश्चिमका दार्शनिकहरू ल्युपिकस र डेमोक्रिटसले भौतिकवादको चर्चा गर्नुअघि नै उद्दालक आरुणीले उपनिषद् कालमा भौतिकवादको चर्चा सुरु गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी, ऋग्वेदको दशौँ सूक्तमा द्वन्द्ववादको महत्त्वपूर्ण नियम निषेधको निषेध अभिव्यक्त दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘दिनलाई रातले, रातलाई उषाले र उषालाई दिनले निषेध गर्ने ऋग्वेदको तर्क द्वन्द्ववाद नै हो ।’ त्यस्तै, न्यायदर्शनमा पपिन पक्ष–संशय, प्रतिपक्ष–संशय हुँदै सत्य निरूपणतर्फ जाने द्वन्द्ववादी तर्क पनि हिमाली दर्शनमा रहेको उहाँले बताउनुभयो ।
केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा डा. शम्भु कट्टेल, लक्ष्मीशरण अधिकारी, जीवनारायण खनाल र अर्जुन पौडेलले पूरक टिप्पणी राख्नुभएको थियो ।

कलासाहित्यको समाजवादी स्वरूपबारे प्रलेसको सैतिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । कलासाहित्यको समाजवादी स्वरूपबारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको सैतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट २०७७ कार्तिक ७ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी मणि थापाले कलासाहित्यको समाजवादी स्वरूपका बारेमा सात वटा बुँदामा आफ्नो सारगर्भित व्याख्यान प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार समाजवादमा पनि वर्ग रहने हुनाले वर्गीय पक्षधरता समाजवादी कलासाहित्यको प्रथम महत्त्वपूर्ण विषय भएको बताउनुभयो । वर्ग समाप्त भयो भन्नु वा वर्गभन्दा माथि उठेको दावी समाजवादमा गर्न नसकिने पनि उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले सर्वहारा अन्तर्राष्ट्रवाद समाजवादी कलासाहित्यको दोस्रो महत्त्वपूर्ण तत्त्व भएको बताउनुभयो । समाजवाद विश्वव्यवस्था भएकाले सर्वहारा अन्तर्राष्ट्रवादलाई समाजवादी कलासाहित्यले यसलाई प्रतिबिम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समाजवाद स्थापना भइसकेपछि पनि साम्राज्यवादसित जीवनमरणको सङ्घर्ष हुनु र त्यसको प्रतिबिम्ब कलासाहित्यमा देखा पर्नु समाजवादी कलासाहित्यको तेस्रो पक्ष भएको उहाँको तर्क थियो ।
समाजवादी व्यवस्थाभित्रको आलोचनात्मक चेत समाजवादी कलासाहित्यको चौथो तत्त्व भएको उहाँले बताउनुभयो । हाम्रो समाजमा आलोचनालाई भण्डाफोरको रूपमा बुझ्ने कमजोरी रहेकोतर्फ इङ्गित गर्दै उहाँले आलोचनाभित्रको रचनात्मकतातर्फ कम्युनिस्टहरूको ध्यान जानुपर्ने बताउनुभयो ।
समाजवादअन्तर्गत पनि निरन्तर क्रान्तिको सिद्धान्त लागु गर्नु र त्यसलाई कलासाहित्यमार्फत् हुने अभिव्यक्तिलाई उहाँले पाँचौँ तत्त्व बताउनुभयो । कुनै पनि वस्तुको एकको दुईमा विभाजन हुने हुनाले विपरीतको माझमा जीवनमरणको सङ्घर्ष चलाउनु नै निरन्तर क्रान्तिको सिद्धान्त भएको उहाँको भनाइ थियो ।
दैनिक समस्या समाधामा ध्यान दिँदै क्रान्तिलाई अगाडि बढाउनु समाजवादको छैटौँ महत्त्वपूर्ण पक्ष भएको बताउँदै उहाँले यस्तो सिद्धान्तको अभिव्यक्ति समाजवादी कलासाहित्यमा देखिनुपर्ने बताउनुभयो ।
साम्यवादी आदर्श स्थापित गर्दै समाजवादले साम्यवादका लागि ढोका खोलिदिनु समाजवादी कलासाहित्यको सातौँ महत्त्पूर्ण तत्त्व भएको उहाँले बताउनुभयो । जसरी नयाँ जनवादले समाजवादको लागि ढोका खोलिदिन्छ, त्यसरी नै समाजवादले साम्यवादका लागि ढोका खोलिदिनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीले प्रगतिशील लेखकहरूले समाजवादी बिम्बलाई आधार बनाएर लेखनको नयाँ सिलसिला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नारायण मरासिनी, प्रकाश थापामगर, हरिप्रसाद सिलवाल र गिरीप्रसाद बुढाले पूरक टिप्पणी राख्नुभएको थियो ।

एङ्गेल्सबारे प्रगतिशील लेखक सङ्घको छत्तिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । महान् दार्शनिक फ्रेडरिक एङ्गेल्सको द्विशतवार्षिकको सन्दर्भ पारेर प्रगतिशील लेखक सङ्घले छत्तिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रलेसका केन्द्रीय सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीले विषयवस्तु प्रस्तुत गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा भर्चुअल माध्यमबाट २०७७ असोज २ गते सो कार्यक्रम सम्पन्न भएको थियो । परिसंवादको विषयवस्तु थियो– “दर्शन, कला र साहित्यको क्षेत्रमा एङ्गेल्स” ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै अतिथि रामप्रकाश पुरीले एङ्गेल्सले आजभन्दा २०० वर्षपहिले पनि विषयवस्तुलाई पूर्वाग्रहरहित ढङ्गले हेर्ने गरेको बताउनुभयो । ‘अहिलेका विद्वानहरूले जस्तो गरी विषयवस्तुलाई हेरेको भए माक्र्सवाद नै जन्मिने थिएन’ उहाँले भन्नुभयो– ‘वस्तुगत र तथ्यपरक ढङ्गले नै माक्र्सले जस्तै एङ्गेल्स पनि विषयवस्तुको अध्ययन गर्नुभयो ।’
श्रम र उत्पादन सम्बन्धको बारेमा एङ्गेल्सको गहिरो दृष्टिकोण रहेको बताउँदै उहाँले त्यसको सिधै सम्बन्ध क्रान्ति र परिवर्तनसित रहेको बताउनुभयो । ‘उत्पादन पद्धतिमा गम्भीर समस्या छ भने मान्नुस् क्रान्ति आवश्यक छ, अन्यथा छैन’ अतिथि पुरीले एङ्गेल्सको उत्पादन सम्बन्धसम्बन्धी अध्ययन गम्भीर महत्त्वको रहेको बताउनुभयो । समाज विकासको महत्त्वपूर्ण तत्त्व श्रम भएको बताउँदै उहाँले श्रमकै कारण मानिस बाँदरबाट मनुष्यमा रूपान्तरण भएको एङ्गेल्सको धारणा उल्लेख गर्नुभयो । ‘श्रम र उत्पादन सम्बन्धको गहन अध्ययनबाट माक्र्स र एङ्गेल्सले पुष्टि गर्नुभयो, सर्वहारा वर्ग नै सामाजिक रूपमा क्रान्तिकारी वर्ग हो’ पुरीले यस प्रकार माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त भएको पुष्टि हुने बताउनुभयो ।
साहित्य र कलाको विषयमा एङ्गेल्सको ठोस र सही दृष्टिकोण रहेको उहाँले बताउनुभयो । “कला, कलाका लागि” होइन, कला जीवनका लागि भन्ने धारणा एङ्गेल्सको रहेको बताउनुभयो । ‘माक्र्स, एङ्गेल्सले छुट्टै साहित्यिक कृति नलेखेको भए पनि उहाँहरूका कृतिमा माक्र्सवादी साहित्य सिद्धान्तको ठोस मार्गनिर्देशक विचार अन्तरनिहित छन्’ उहाँले भन्नुभयो । माक्र्सवाद यथार्थवादी साहित्य र कलाको पक्षमा रहेको बताउँदै उहाँले माक्र्स र एङ्गेल्सको दर्शन र विचारले साहित्य र कलालाई ठोस रूपमा मार्गदर्शन गर्न सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रलेसका अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीले महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो । त्यसैगरी कार्यक्रममा स्वनाम साथी, प्रा।डा। पशुपतिनाथ तिमल्सेना, डा। शम्भु कट्टेलले पूरक टिप्पणी राख्नुभएको थियो ।
उपर्युक्त भर्चुअल कार्यक्रममा देशैभरि तथा भारत, खाडी मुलुक, अमेरिकालगायत विश्वभरिबाट ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

बालसाहित्यमा प्रगतिशीलताबारे प्रलेसको पैतिसौँ परिसंवाद


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले “नेपाली बालसाहित्यमा प्रगतिशीलता” विषयमा पैतिसौँ परिसंवाद सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको आतिथ्यतामा कोषाध्यक्ष प्रा।डा। धु्रवकुमार घिमिरेले विषयवस्तु प्रस्तुत गर्दै २०७७ भदौ ६ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय उपाध्यक्ष तथा परिसंवाद उपसमितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै कोषाध्यक्ष प्रा।डा धु्रवकुमार घिमिरेले बालबालिकाको हितमा प्रौढ व्यक्ति वा बालबालिका स्वयम्ले सृजना गर्ने साहित्यलाई बालसाहित्य भन्ने गरिएको बताउनुभयो । बालबालिकालाई पनि महिलालाई जस्तै हेला गरिने सामाजिक प्रचलनप्रति असहमति जनाउँदै उहाँले भन्नुभयो– ‘बालबालिकालाई अनुत्पादक उमेर प्रवर्गको रूपमा हेरिनुहुन्न ।’ उहाँले भन्नुभयो– ‘बाल्यकालमा सिकेको भाषा र सांस्कृतिक प्रवाह जीवनपर्यन्त यथावत रहिरहन्छ ।’
बालसाहित्य करले होइन, रहरले पढिने भएकाले त्यसको प्रभाव जीवनपर्यन्त दिगो हुने उहाँले बताउनुभयो । त्यसका साथै उहाँले बालसाहित्यको पहिलो पाठक स्वयम् अभिभावक हुनुपर्ने बताउनुभयो । ‘जसरी घरमा पाकेको खाना आमाले पहिला चाख्छिन्, त्यसैगरी आमाबाबुले नै पहिले बालसाहित्य पढ्नुपर्दछ, त्यसपछि बालबालिकालाई पढाउनुपर्दछ’ उहाँले भन्नुभयो । नेपालमा जम्माजम्मी चार हजारजति बालसाहित्यका पुस्तक रहेको बताउँदै एक करोडभन्दा बढी सङ्ख्यामा रहेका बालबालिकाका लागि कैयौँ गुणा बढी बालसाहित्य रचना र वितरण गरिनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
बालसाहित्यमा प्रगतिशील आवश्यकता रहेको बताउँदै उहाँले समाजमा शोषण–दमन रहेको यथार्थबोध, श्रमशीलता, असमानता विरुद्धको अभिव्यक्ति, राष्ट्रियताप्रतिको लगाव, छुवाछूत र लैङ्गिक विभेदको विरोध, वैज्ञानिकता, सृजनशीलता, वर्गसङ्घर्ष, वातावरणीय चेतना, स्वतन्त्रता र प्रगतिशील व्यक्तित्वका जीवनीजस्ता विषय नसमेटिनहुने तत्त्व भएको बताउनुभयो ।
त्यस्तै, बालबालिकाको तुलनामा किशोरकिशोरीको साहित्यको झनै कमी रहेको बताउँदै उहाँले हाम्रा प्रगतिशील विचार किशोरकिशोरीले नै छिटो बोक्न सक्ने बताउनुभयो । “सामाजिक संस्कार स् पुस्तक उपहार”—यस्तो नारालाई अगाडि सारेर विद्यालय तहमा बालसाहित्यको पहुँचमा वृद्धि गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा समीर सिंह, यशु श्रेष्ठ, रामदेव पाण्डे, प्रा।डा। पशुपतिनाथ तिमिल्सेना, सुवास जिसी, किशोर सिग्देल र रवि शर्माले पूरक मन्तव्य राख्नुभएको थियो ।

समाजवादउन्मुख प्रक्रियाको दार्शनिक चुनौतीबारे प्रलेसको चौतिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले समाजवादउन्मुख प्रक्रियामा दार्शनिक चुनौतीको बारेमा चौतिसौँ परिसंवाद सम्पन्न भएको छ । वाम विश्लेषक श्याम श्रेष्ठको विषयवस्तु प्रस्तुतिसँगै २०७७ साउन ३ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रलेसका केन्द्रीय अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रमा विषयवस्तु प्रस्तत गर्दै श्याम श्रेष्ठले नेपालका कम्युनिस्टको दर्शन र व्यवहार रातो मुलाजस्तो भएको बताउनुभयो । ‘रातो मुला बाहिर रातो हुन्छ, भित्र सेतो’ उहाँले अगाडि भन्नुभयो– ‘नेपालका कम्युनिस्ट त्यस्तै भए, घोषणामा समाजवाद, तर व्यवहारमा पुँजीवाद ।’ उहाँले भन्नुभयो– ‘हुनुपर्ने गाजरजस्तो थियो, बाहिर पनि रातो, भित्र पनि रातो’ । कम्युनिस्टकै माझमा दर्शन र व्यवहारमाझ अन्तर भएकाले समाजवादउन्मुख दिशामा अघि बढ्न कठिनाइ भइरहेको उहाँको भनाइ थियो ।
नेपालका कम्युनिस्टहरूको यस्तो भित्रीबाहिरी चरित्रको आलोचना गर्दै उहाँले नाफाखोरलाई शिक्षा र स्वास्थ्य क्षेत्र सुम्पिएर नेपालका कम्युनिस्टहरू समाजवादतिर जान खोजिरहेको बताउनुभयो । ‘स्क्यान्डेनिभियन मुलुक, बेलायत, अमेरिकाजस्ता पुँजीवादी देशमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क छ, तर नेपालमा नाफाखोरको जिम्मामा शिक्षा सुम्पिएको स्थिति छ’ श्रेष्ठले प्रश्न गर्नुभयो– ‘दुईतिहाइ बहुमतयुक्त कम्युनिस्ट पार्टीको सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागु गर्न किन सक्दैन रु’ कृषिको क्षेत्रलाई पनि बिचौलियाको जिम्मा छोडिएको प्रसङ्ग उठाउँदै उहाँले त्यो प्रवृत्ति समाजवादको विपरीत भएको दावी गर्नुभयो ।
विषयवस्तु प्रस्तुत गर्दै उहाँले माक्र्सवादी दर्शनमा लेनिनको समयभन्दा पछि कुनै विकास नभएको दावी गर्नुभयो । लेनिनको समयभन्दा पछाडि विज्ञानको क्षेत्रमा थुप्रै आविष्कारहरू भएको बताउँदै उहाँले त्यसको आधारमा माक्र्सवादी दर्शनलाई समृद्ध बनाउने काम हामी सबैले गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । मन्तव्यको क्रममा उहाँले नेपालमा राजनीतिक र आर्थिक क्रान्तिमा जोड दिइएको तर सांस्कृतिक र नैतिक क्रान्तितर्फ ध्यान नदिइएको बताउनुभयो । विषयवस्तु राख्ने क्रममा उहाँले अतिशुद्धतावादी दृष्टिकोणको पनि आलोचना गर्नुभयो ।
कार्यक्रममा समीर सिंह, प्रा।डा। शम्भु कट्टेल, नारायण मरासिनी, बालाकृष्ण अधिकारी, कृष्णराज अधिकारी, तारा बुढाथोकी, प्रकाश थापा मगर, रामबहादुर बुढा, कमल कार्की, अर्जुन शर्मा, धनप्रसाद सुवेदी र एकलाल श्रेष्ठले समेत पूरक टिप्पणी गर्नुभएको थियो ।

नेपाली राष्ट्रियताको पृष्ठभूमि र निकासबारे प्रलेसको तेत्तिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले नेपाली राष्ट्रियताको पृष्ठभूमि र निकासबारे तेत्तिसौँ परिसंवाद सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा २०७७ असार ६ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको विषय थियो– “नेपालको राष्ट्रियताको ऐतिहासिक पृष्ठभूमि र निकास” । विषयवस्तु प्रस्तुत गर्नुभएको थियो, डा। अतिन्द्र दाहाल र रतन भण्डारीले ।
विषयवस्तु प्रस्तुत गर्दै डा। अतिन्द्र दाहालले सरकारद्वारा लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेर त्यसलाई संविधान र निशानछापलगायत सबै ठाउँमा राख्ने गरी संविधान संशोधन पनि भइसकेको परिस्थितिमा प्रमाण सङ्कलनमा अत्यधिक ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सीमा अतिक्रमणको सवाललाई तत्काल अन्तर्राष्ट्रिय गर्नुभन्दा भारतसितको कूटनीतिक वार्तामा नै जोड दिन उहाँले आग्रह गर्नुभयो ।
तथ्यप्रमाणको आधारमा वार्ता मार्पmत् सार्थक परिणाम हासिल गर्न सौदाबाजीको शक्ति ९बार्गेनिङ पावर० तर्फ सशक्त हुनुपर्ने उहाँको भनाइ थियो । लिम्पियाधुरा नेपालको पश्चिमी सीमा रहेको पक्षमा तथ्यप्रमाण सङ्कलन गर्ने दायित्व सम्पूर्ण देशभक्त जनताको भएको बताउनुभयो ।
विषयवस्तुका अर्का प्रस्तोता रतन भण्डारीले नेपाल–भारतमाझका विभिन्न सन्धिसम्झौताबारे सर्सरी जानकारी दिनुभयो । गतकालमा भारतसित नेपालले गरेको राष्ट्रघाती सन्धिसम्झौता फेहरिस्त प्रस्तुत गर्दै उहाँले पछिल्लो समयमा महाकाली सन्धि त्यस्तै प्रकृतिको भएको बताउनुभयो ।
१८५६ सम्म स्वयम् भारतद्वारा प्रकाशित नक्सामा पनि लिम्पियाधुरा नै नेपाल–भारतमाझको पश्चिमा सीमा भएको बताउनुभयो । विभिन्न समयमा प्रकाशित नक्सा, ऐतिहासिक पत्राचार, जलविज्ञानको सिद्धान्त, तिरोतिरानसम्बन्धी प्रमाण, सनद, रुक्का र इस्तिहार तथा जनगणनाजस्ता प्रमाणको आधारमा नेपालको पक्ष बलियो भएको उहाँले दावी गर्नुभयो । सबैभन्दा बलियो प्रमाण जलविज्ञानको सिद्धान्त भएको बताउँदै उहाँले सरकारलाई बलियो गरी खुट्टा टेक्न आग्रह गर्नुभयो ।
प्रमुख अतिथि प्रा।डा। जीवेन्द्र देव गिरीले समेत मन्तव्य राख्नुभएको उक्त परिसंवाद शृङ्खलामा लिलु पाण्डे, नारायण मरासिनी, प्रा।डा। पशुपतिनाथ तिमल्सेना, रामबहादुर बुढा, पारस ढकाल र बाबुराम आचार्यले पूरक टिप्पणी राख्नुभएको थियो ।

प्रलेसको बत्तिसौँ परिसंवाद शृङ्खला सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले “पूर्वीय दर्शनमा भौतिकवाद” शीर्षकमा बत्तिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा।डा। जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा महासचिव समीर सिंहको विषयवस्तु प्रस्तुतिका साथ भर्चुअल विधिबाट २०७७ जेष्ठ २४ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै महासचिव समीर सिंहले जीवन, जगत्का प्रत्येक विषयवस्तुलाई ठिक ठिक ढङ्गले बुझ्न दर्शनको अध्ययन आवश्यक भएको बताउनुभयो । ‘कुनै पनि विषयलाई बुझ्न विशुद्ध सम्बन्धित विषयलाई अध्ययन गरेर मात्र पुग्दैन’ उहाँले अगाडि भन्नुभयो– ‘त्यससित सम्बन्धित सबै विषयको अध्ययन नगरिकन समग्र विषयको सही जानकारी प्राप्त गर्न सकिन्न ।’
दर्शन बौद्धिक नौनी भएको बताउँदै दर्शनको माध्यमबाट नै विश्वलाई सही रूपले देख्न, बुझ्न सकिने उहाँको तर्क थियो । पूर्वीय जगत् अर्थात हिमतवत्खण्डमा पर्याप्त रूपमा भौतिकवाद रहेको बताउँदै उहाँले ऋग्वेददेखिका सबै धर्मशास्त्रमा समेत पर्याप्त मात्रामा भौतिकवाद रहेको उहाँको तर्क थियो ।
‘ऋग्वेद, उपनिषद्लगायत सबै शास्त्रमा भौतिकवाद रहेको बताउँदै उहाँले यस क्षेत्रमा लोकायत, साङ्ख्य, बौद्ध, वैशेषिक र न्याय दर्शनलाई मूल रूपमा भौतिकवादी दर्शन मान्न सकिने उहाँको तर्क थियो । पूर्वीय विश्वमा पनि प्राचीनकालमा प्रकृतिपूजा रहेको बताउँदै उहाँले यस क्षेत्रमा जातिव्यवस्था मनुस्मृतिपछि मात्र आएको उहाँले बताउनुभयो ।
महासचिव समीर सिंहको प्रस्तुतिउपर कार्यक्रममा पारस ढकाल, नारायण मरासिनी, डा। रामदेव पण्डित, जगत्प्रसाद रेग्मी, जनक रसिक, डा। प्रमोद ढकाल, प्रा।डा। पशुपतिप्रसाद तिमिल्सेना र शम्भु कट्टेलले पूरक मन्तव्य राख्नुभएको थियो ।
प्रलेसका केन्द्रीय उपाध्यक्ष तथा परिसंवाद उपसमितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। जीवेन्द्र देव गिरीले मन्तव्य राख्दै दर्शन बिना मानव जीवन अधुरो रहने बताउनुभयो । उपमहासचिव आरसी न्यौपानेले समेत सङ्क्षिप्त मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन र स्वागत मन्तव्य केन्द्रीय सचिव प्रकाश थापा मगरले गर्नुभएको थियो ।

एमसिसीबारे प्रलेसको एकतिसौँ परिसंवाद


काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बारेमा प्रगतिशील लेखक सङ्घको एकतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रलेस केन्द्रीय कार्यालय बागबजारमा २०७६ फागुन २ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा विषयवस्तु प्रस्तोता हुनुहुन्थ्यो– नेकपा नेता लीलामणि पोखरेल । महासचिव समीरसिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपमहासचिव आरसी न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
परिसंवाद कार्यक्रममा सम्बोधन गर्दै नेकपा नेता पोख्रेलले एमसिसी सम्झौता इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत चीनको विरुद्धमा आएकाले त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘यो सम्झौतामा कुनै पनि प्रकारको सुधार होइन, त्यसलाई पूरै खारेज गरिनुपर्दछ’ उहाँले ठोकुवा गर्नुभयो– ‘एमसिसी खारेजीको विकल्प छैन ।’ त्यसका पछाडिका विभिन्न कारणबारे चर्चा गर्दै उहाँले नेपालको संविधान नै निस्क्रिय बनाउने गरी कुनै पनि विदेशी सहयोग लिन नसकिने दावी गर्नुभयो । ‘एमसिसीमा प्रष्टै लेखेको छ, एमसिसीसित बाझिने हदसम्म नेपालमा ऐनकानुन निस्क्रिय हुने छन्’ उहाँले भन्नुभयो– ‘यस्तो सम्झौतालाई पनि स्वीकार गर्न मिल्छ ? आफैले जारी गरेको संविधान नै निस्क्रिय हुने सम्झौता पनि त्यही संसदले पारित गर्न मिल्छ ?’ उहाँले यो सम्झौता पारित भयो भने नेपालीहरू परिजीवीजस्तो बाच्न त सक्ने, तर राष्ट्रिय स्वाभिमान भने गुम्ने बताउनुभयो । ‘जसले स्वाभिमान बेचेर मरेतुल्य भएर बाच्न चाहान्छन्, उनीहरूको कुरा अलग हो, तर कुनै पनि देशभक्त नेपाली राष्ट्रिय स्वाभिमान बिना बाच्न सक्दैन’ उहाँले एमसिसी पारित गर्नु प्रष्ट रूपमा नेपालको राष्ट्रिय स्वाभिमान विरोधी कार्य हुने बताउनुभयो । 
चीन र अमेरिकी स्वार्थको पक्षमा नेपाललाई उपपयोग गर्न खोजेकाले एमसिसीलाई कुनै हालतमा पारित गर्न नहुने उहाँको तर्क थियो ।
त्यस्तै, इन्डो–प्यासिफिक रणनीतिको भन्दा पुरानो एमसिसी भएको तर्कको खण्डन गर्दै उहाँले अगाडि भन्नुभयो– ‘जुन बेला नेपालमा १८ घण्टा लोडसेडिङ भइरहेको थियो, त्यतिबेला सन् २०१३ मा एमसिसीको डिजाइन भएको थियो । यस्तो क्रियाकलापलाई स्वाभाविक मान्न सकिन्न ।’ उहाँले एमसिसी नेपाल सरकारको कुनै पनि पञ्चवर्षीय योजनामा सामेल नरहेको, विद्युत प्राधिकरणजस्ता नियायक निकायमा सामेल नरहेको उल्लेख गर्दै त्यसका पडाडिको कारण निहित स्वार्थबाहेक अरू केही नरहेको बताउनुभयो । ‘एकछिनका लागि मानिलिऔँ, नेपाल अहिले नै भारतलाई बिद्युत बेच्ने अवस्थामा छ’ उहाँले भन्नुभयो– ‘लप्सीफेदीबाट हेटौँडा पुगेको ट्रान्समिसन लाइन सिधै भारत नपुगेर किन बुटवल हुँदै पाल्पा पुग्छ ? त्यसका पछाडिको कारण के हो ?’ उहाँले यस्तै विभिन्न प्रकारको शङ्कास्पद योजनाले गर्दा पनि एमसिसी तथ्यगत रूपमा पनि विशुद्ध वैदेशिक सहायता योजनाभित्र नरहेको बताउनुभयो ।
कार्यक्रममा शम्भु कट्टेल, राम घिसिङ, बालकृष्ण घिमिरे, जगत्प्रसाद रेग्मी, रामविनयलगायतले महत्त्वपूर्ण पूरक मन्तव्य राख्नुभएको थियो ।

=================

सत्ताइसौँ परिसंवाद कार्यक्रम सम्पन्न


काठमाडौँ  । प्रगतिशील लेखक सङ्घको सत्ताइसौँ परिसंवाद शृङ्खला २०७६ असोज ३ गते सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता प्रलेसको केन्द्रीय कार्यालयमा सम्पन्न सो कार्यक्रमको विषय थियो– “सांस्कृतिक रूपान्तरणमा देखा परेका समस्या र समाधानका उपाय” ।
केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीरसिंहको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा साहित्यकार चूडामणि गिरीले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मन्तव्य राख्दै साहित्यकार गिरीले सिकाइ र सहभागिताको मेल नै संस्कृति भएको बताउनुभयो । “सिकाइको श्रोत प्रकृति वा पदार्थ हो” उहाँले अगाडि भन्नुभयो– “सिकाइको महत्त्वपूर्ण माध्यम श्रम हो । रचनात्मक, सृजनात्मक र उत्पादनमूलक श्रमबाट मान्छेले सिक्दै जान्छ ।” साहित्यकार गिरीले श्रम र चेतनाबाट नै संस्कृति निर्माण हुने पनि उहाँले बताउनुभयो । 
सांस्कृतिक रूपान्तरणको विषयमा बोल्दै उहाँले प्रगतिशील शक्तिहरूले चाहेको रूपमा परिवर्तन होइन, सारमा परिवर्तन भएको बताउनुभयो । “अहिले हामीले तत्काल चाहेको परिवर्तन सामन्ती संस्कारको उन्मूलन हो” उहाँको भनाइ थियो । साहित्यकार गिरीले सांस्कृतिक रूपान्तरणका लागि अन्धविश्वासका अभियान थाल्ने, ईश्वरलाई उदाङ्गो पार्ने, ईश्वरलाई दैनिक जीवनबाट विच्छेद गर्ने, सामाजिक विभेदका विरुद्ध अभियान सच्चालन गर्ने, समाजमा छुवाछूतमुक्त, बोक्सीमुक्त, भूतप्रेतमुक्त, किरियामुक्त, शिक्षामा विभेदमुक्त इलाका घोषणा गर्ने, विज्ञान र वैज्ञानिक आविष्कारको प्रचार गर्नेलगायतका काम गर्र्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

छब्बिसौँ परिसंवाद कार्यक्रम सम्पन्न


काठमाडौँ । प्रगतिशील लेखक सङ्घको मासिक परिसंवाद शृङ्खला अन्तर्गत छब्बिसौँ शृङ्खला “वर्ग, जाति र समावेशिता” विषयमा सम्पन्न भएको छ । २०७६ भदौ ६ गते (पहिलो शुक्रवार) प्रलेसको केन्द्रीय कार्यालय बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रलेस अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विषयवस्तु प्रस्तोता हुनु हुन्थ्यो, जनजाति नेता रामबहादुर बुढा । सो अवसरमा विषयवस्तु प्रस्तुत गर्दै नेता बुढाले जातीय समस्या देखा पर्नुको मूल कारण निजी सम्पत्तिको विकास भएको दावी गर्नु भयो । उहाँले विभिन्न प्रकारका जातीय समस्यालाई वर्गीय आन्दोलनसित जोडेर नै आमूल परिवर्तन सम्भव भएको दावी गर्नु भयो ।
उहाँले भन्नु भयो– “समावेशिताको सिद्धान्त पुँजीवादी कार्यक्रम हो र यसले समग्र रूपमा जातीय तथा लैङ्गिक विभेदको अन्त गर्दैन तर पनि यसका सकारात्मक पक्षहरूलाई स्वीकार गर्नु पर्ने हुन्छ । यसबाट उत्पन्न हुन सक्ने नकारात्मक पक्षहरूप्रति सचेत हुनु पर्दछ ।” 
जातीय आन्दोलनमा साम्राज्यवादी घुसपैठ भएको बताउँदै बुढाले भन्नु भयो– “साम्राज्यवाद तथा युरोपियन संस्थाहरू नेपाली जातीय आन्दोलन भड्काउन ठुलो लगानी गरिरहेका छन् । त्यसले नेपालको कम्युनिस्ट तथा वर्गीय आन्दोलनलाई कमजोर बनाउँछ ।” 
परिसंवादको अध्यक्षता उपाध्यक्ष गोपीरमण उपाध्यायले गर्नु भएको थियो भने सञ्चालन समीरसिंहले गर्नु भएको थियो । उपमहासचिव आरसी न्यौपानेले स्वागत गर्नु भएको उक्त कार्यक्रममा बम बानिया, सुशीला प्रधानाङ, आरएम डङ्गोल, रणेन्द्र बराली, विमल पोख्रेल, बाबुराम आचार्य, डा.धु्रव गिरी लगायतले पूरक टिप्पणी गर्नु भएको थियो ।

पच्चिसौँ परिसंवाद सम्पन्न


काठमाडौँ । नेकपाका संस्थापक महासचिव पुष्पलालको एकचालिसौँ स्मृति दिवसको सन्दर्भ पारेर प्रगतिशील लेखक सङ्घको पच्चिसौँ परिसंवाद शृङ्खला सम्पन्न भएको छ । “पुष्पलालको सांस्कृतिक चिन्तन” शीर्षकमा २०७६ साउन ३ गते (महिनाको पहिलो शुक्रवार) प्रलेसको केन्द्रीय कार्यालय बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा अगाडि बढेको उक्त कार्यक्रममा अतिथि वक्ताहरुमा वरिष्ठ साहित्यकार तथा प्राज्ञ विष्णु प्रभात र पुष्पलालका सहयात्री रामबहादुर भण्डारी हुनु हुन्थ्यो ।
प्रलेसका उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता, महासचिव समिरसिंहको स्वागत तथा उपमहासचिव आरसी न्यौपानेको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा मन्तव्य राख्दै प्राज्ञ विष्णु प्रभातले पुष्पलालले हीनताबोधलाई त्यागेर नेपाली माटोमै माक्र्सवाद–लेनिनवादको सृजनात्मक विकासमा जोड दिनु भएको बताउनु भयो । पुष्पलालको नयाँ जनवादी संस्कृति सम्बन्धी रचना कालजयी भएको बताउँदै प्राज्ञ प्रभातले उक्त रचनाको महत्त्व अहिले पनि त्यत्तिकै रहेको बताउनु भयो । पुष्पलालमा जातिवादी चिन्तनको लैस मात्र नभएको उल्लेख गर्दै उहाँले पुष्पलालले संस्कृतिभित्रको वर्गीय विभेद खोज्ने गरेको बताउनु भयो ।
अर्का अतिथि पुष्पलालका सहयात्री रामबहादुर भण्डारीले पुष्पलालको योगदानलाई तीन खण्डमा वर्गीकरण गरेर मन्तव्य राख्नु भयो । २००६ देखि २०२४ सालसम्मको कालखण्डलाई पहिलो, २०२५ देखि २०३५ सालसम्म दोस्रो र उहाँको मृत्युपछिको समयावधिलाई उहाँले तीन कालखण्डको रूपमा चर्चा गर्नु भएको थियो । उहाँले पुष्पलालले सम्पूर्ण साहित्यकार, कलाकारहरुलाई श्रमजीवी वर्गको पक्षमा कलम चलाउन आग्रह गरेको समेत स्मरण गर्नु भयो ।
कार्यक्रममा डा. बालाकृष्ण अधिकारी, चुडामणि गिरी, प्रा.डा. पशुपतिनाथ तिमिल्सेना, लोकबहादुर थापा, कृष्णहरि भट्ट, पुरुषोत्तम न्यौपाने, शालिकराम तिमिल्सिना, प्रकाश थापा मगर, समिरसिंह, धर्मेश पोख्रेल, मनोहर लामिछाने, शिव आचार्य र रणेन्द्र बरालीले पनि पुरक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा व्यापक सङ्ख्यामा लेखक, कलाकारहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment