सूचना

“५ कविका १५ कविता” तेस्रो शृङ्खला भदौ १९ गते



काठमाडौँ ।
“५ कविका १५ कविता” को तेस्रो शृङ्खला आगामी २०७७ भदौ १९ गते हुने भएको छ । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा सम्पन्न हुने सो कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी रहनुभएको छ ।
कार्यक्रममा कविहरू निमेष निखिल, सुमनराज श्रेष्ठ, मिश्र बैजयन्ती, टीका आत्रेय र आर.एम. डङ्गोल प्रत्येकले तीन÷तीन वटा कविता वाचन गर्नुहुने छ । कार्यक्रममा साहित्यकार वासुदेव अधिकारीले मन्तव्य राख्नुहुने छ ।
जुम भर्चुअल प्रविधिबाट सम्पन्न हुने सो कार्यक्रम दिउसो ११ बजेदेखि सुरु हुने प्रलेस मकवानपुरले जनाएको छ ।

No comments:

Post a Comment