प्रेसविज्ञप्ति/प्रेसवक्तव्य

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसवक्तव्य

अमेरिकी सहायता परियोजना (एम.सी.सी) संसद्बाट यथास्थितिमा पारित गराउन अमेरिकी साम्राज्यवादले लगातार दबाब दिएको र पछिल्लो समयमा धम्कीसमेत दिइरहेको सन्दर्भमा सत्ताधारी पार्टीहरूले यसलाई संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको कुरा विश्वस्त माध्यमबाट जानकारी हुन आएको छ । एम.सी.सी. अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिक अङ्ग भएकोबारे अमेरिकी धारणा सार्वजनिक भएको यथार्थ पनि प्रलेसलाई अवगत नै छ । त्यही अमेरिकी स्वार्थअनुसार यसलाई संसद्बाट पारित गर्ने सम्भावना बढ्दै गइरहेको छ । यसरी एम.सी.सी. संसद्मा लैजानु भनेको नेपालको संविधान तथा नेपाली जनताको भावनामाथि विश्वासघात हुने छ ।
यस प्रकारको राष्ट्रघाती तथा जनविरोधी कार्य प्रलेसलाई स्वीकार्य छैन । एम.सी.सी. लाई संसद्बाट यथास्थितिमा नै पारित गरिए नेपालमाथि नियन्त्रणका लागि दीर्घकालीन रूपमा नै अमेरिकी साम्राज्यवादलाई विशेष अधिकार प्राप्त हुने छ र त्यसको गम्भीर दूरगामी दुष्परिणाम हुने हँदा यस प्रकारको राष्ट्रघाती कदमको प्रलेस, नेपाल जोडदार भत्र्सना र विरोध गर्दछ । यस प्रकारको जनविरोधी कार्यको नैतिक तथा भौतिक रूपमा विरोध गर्न प्रलेस सम्पूर्ण लेखक, साहित्यकार र देशभक्त जनतालाई जोडदार आह्वान गर्दछ ।

२०७८ फागुन ३ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसविज्ञप्ति


प्रगतिशील लेखक सङ्घ नेपालको कार्यालयको २०७८ माघ १५ गते बसेको बैठकले सचिवालय सदस्य शालिकराम तिमिल्सिनालाई मातृशोक तथा एघारौँ राष्ट्रिय सम्मेलनका अध्यक्ष मण्डलका सदस्य सरल सहयात्रीलाई पितृशोक पर्न गएकोमा उहाँहरूलगायत शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरेको छ । यसरी नै पूर्व महासचिव मित्रलाल पङ्ज्ञानीकी हजुरआमाको निधनबाट शोकाकूल पङ्ज्ञानी तथा उहाँका परिवार जनमा पनि हार्दिक समवेदना प्रकट गरेको छ । युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्ष तथा प्रलेसका पूर्वकेन्द्रीय सदस्य अनिल पौडेललाई पनि मातृशोक परेकोमा समवेदना प्रकट गर्दछ ।
बैठकले प्रलेसका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला समितिका उपाध्यक्ष राजेश विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाइ ज्ञापन गरेको छ ।
बैठकले सहजताअनुसार जिल्ला सम्मेलन गर्ने तथा सदस्यता अभियानलाई तीव्र रूप दिने निर्णय गरेको छ ।”

२०७८ माघ १६ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

शोकवक्तव्य“प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष, वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् चिन्तक आनन्ददेव भट्टको आज मिति २०७८ भदौ १४ गते बिहान काठमाडौँको कालिकास्थानस्थित उहाँको निवासमा निधन भएकोमा प्रगतिशील लेखक सङ्घ, नेपाल गहिरो शोक व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दुःखको यस घडीमा प्रलेस उहाँकी जीवनसँगिनी सुशीला भट्ट र परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक यस शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दछ ।
उहाँको निधनबाट प्रगतिशील सांस्कृतिक आन्दोलन, सिङ्गो समाज र राष्ट्रलाई अपूरणीय क्षति भएको छ । राजनीति, प्राध्यापन र सिर्जनाका क्षेत्रबाट समाजका निम्ति महत्त्वपूर्ण योगदान गर्नुभएका उहाँका “०९७ साल” (२०१५), “अब हिमाल बोल्छ” (२०१५), “गुराँस” (२०१५), “ओमार खैयामलाई जवाफ” (२०१६), “जोवनकै थुम्कोबाट” (२०१६), आमा बोलाउँछिन्” (२०१६), “तिमीलाई देख्दा” (२०१७), “साहिँली मैया” (२०१८), “युरी एलेक्सएभिच गागरिन” (२०१९) कविता सङ्ग्रह र काव्य, “दृष्टिविन्दु” (२०४८), केही आत्मपरक निबन्ध (२०४९), “धरतीदेखि आकाशसम्म” (२०७४), निबन्ध सङ्ग्रह, “समालोचनाको बाटोमा” (२०१९), “हाम्रा प्रतिभाहरू” (२०१९), “प्रतिभा पहिचान” (२०४७), “जनताको साहित्य” (२०४८), “व्यावहारिक समालोचना” (२०४८), “समय साहित्य” (२०६७) समालोचना सङ्ग्र्रह, “जगत्को सृष्टि र सञ्चालन प्रक्रिया” (२०४६), दर्शन, “राजनैतिक सहमति” (२०४४) र “स्वतन्त्रता र कम्युनिस्टहरू” (२०४८) राजनीति, “भाषिक अधिकार” (२०४४), “नेपालको भाषानीति” (२०४४), “नेपाली र नेपालका अन्य भाषाहरूमाझको सम्बन्ध” (२०४४) भाषा तथा “जनताको शत्रु” (२०२०) र “समय र जीवन” (२०७४) अनुवाद कृति प्रकाशित छन् ।
उहाँले प्रगतिशील प्राध्यापक सङ्गठनको अध्यक्ष, नेपाल बुद्धिजीवी परिषद्को उपाध्यक्ष, नेकपा (एमाले) को संस्कृति विभागको सदस्य र निष्ठावान् राजनीतिकर्मीका रूपमा समेत नेपालको सामाजिक रूपान्तरणमा विशिष्ट योगदान गर्नुभएको छ ।
उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको क्रान्तिकारी र निष्ठापूर्ण जीवनले हामीलाई सदा प्रेरित गरिरहने छ र उहाँ आफ्ना असल काम र कृतिमा जीवित रहिरहनुहुने छ ।”


मिति २०७८ भदौ १४ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

प्रगतिशील लेखक सङ्घ, नेपाल यस सङ्घका पूर्व केन्द्रीय सदस्य एवम् कवि पूर्णबहादुर वैद्यको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यो सङ्घ शोकको यस घडीमा उहाँका शोकविह्वल परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दछ ।
ख्यातिप्राप्त साहित्यकार वैद्यका “सरासु”, “लः लः ख”, “पानी मात्र पानी” जस्ता कविता सङ्ग्रह, “पाचिना” निबन्ध सङ्गङ्ग्रह, “कविताया लागा” समालोचना कृति प्रकाशित छन् । उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँका कृति र समाजका लागि उहाँले गरेका असल कामले उहाँको सदा स्मरण गराइरहने छन् ।

मिति २०७८ भदौ ११ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

प्रगतिशील लेखक सङ्घ, नेपालका राष्ट्रिय परिषद् सदस्य भक्त कार्कीको हत्या भएको खबरले हामी स्तब्ध र दुखी छौँ । दिवङ्गत भक्तजीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति प्रगतिशील लेखक सङ्घ, नेपाल समवेदना प्रकट गर्दछ । 
स्मरण रहोस्, २०७८ असार ६ गतेका दिन म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. ५ मा उहाँको हत्या भएको थियो । मृतक कार्की गाउँको शिक्षा, वन र पर्यटन क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहँदै आउनुभएको थियो । गाउँको वनलाई सदुपयोग गरी पर्यटकीय क्षेत्र बनाउन विभिन्न योजनाहरूका साथ उहाँ अगाडि बढिरहनुभएको थियो । वन उपभोक्ता समितिको बैठकमा सामान्य विवादकै आधारमा हत्याराले उहाँलाई गाउँको बबुवाखोलानजिकै ढुङ्गाले कुटी कुटी मारेको, अन्त्यमा लासलाई खोलामा बगाइएको र  अपराधीलाई नियन्त्रणमा लिई प्रहरीले छानबिन गरिरहेको जानकारी प्राप्त भएको छ । हालसम्म मृतककार्कीको लाससम्म भेटिएको छैन । 
भक्तजीका दुई छोराहरू विदेशमा पढिरहनुभएको छ भने एक जना बहिनी काठमाडौँमा हुनुहुन्छ । 
हामी घटनाको भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ । 

२०७८ असार ९ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

वरिष्ठ प्रगतिवादी सर्जक, सुप्रसिद्ध समालोचक तथा नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. राजेन्द्र सुवेदीको असामयिक निधन भएकामा प्रगतिशील लेखक सङघ, नेपाल गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको निधनबाट राष्ट्र र समाजका लागि अपूरणीय क्षति भएको छ । उहाँका निबन्ध, समालोचना, कविता, शोध आदिका विभिन्न महत्त्वपूर्ण पुस्तकहरू प्रकाशित छन् । उहाँ भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँको योगदानले उहाँलाई सदा जीवित राखिरहने छ । दुःखको यस घडीमा शोकविह्वल परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भनी प्रलेस नेपाल कामना गर्दछ ।

२०७८ जेठ ३ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसविज्ञप्ति

प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक २०७८ वैशाख २५ गते अनलाइन माध्यमबाट सम्पन्न भएको छ । सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा बसेको सो बैठकले २०७८ जेठ महिनाभित्र सबै प्रदेशका बैठक भर्चुअल माध्यमबाट सम्पन्न गरी हरेक प्रदेशको प्रलेसको इतिहास केन्द्रीय परिसंवाद कार्यक्रममा लेखकहरूबाट प्रस्तुतिको तयारी गर्ने, सबै जिल्ला समितिका बैठक भर्चुअल माध्यमबाट सम्पन्न गरी जिल्ला सम्मेलनको मिति निर्धारणका साथै कम्तीमा पनि हरेक जिल्लामा भर्चुअल माध्यमबाटै कम्तीमा पनि एउटा कविगोष्ठी, गीतगजल गोष्ठी वा विचारगोष्ठीको आयोजनाको व्यवस्था प्रदेश समितिबाट मिलाउने पनि बैठकले निर्णय गर्यो ।
बैठकले कोभिड–१९बाट सङ्क्रमित भई त्रि.वि. शिक्षण अस्पतालको आइसियुमा उपचाररत वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक मोदनाथ प्रश्रितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारको विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नेलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमणमा परी यस महामारीसँग सङ्घर्ष गरिरहनुभएका प्रगतिशील लेखक, कलाकार तथा अन्य महानुभावहरूको जीवनरक्षाका लागि अस्पताल, अक्सिजन, औषधि आदि सुलभ गराउन तथा समग्र देशवासीको स्वास्थ्यप्रति गम्भीर भई समयमै खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसादको प्रतिमा देशका सम्पूर्ण लेखक—कलाकारको सहयोगमा मोरङको बेलबारीमा स्थापना गर्न प्रलेस प्रदेश नं. १ समितिले पहल गरिरहेको सन्दर्भमा सो काममा सहयोग गर्न प्रलेसअन्तर्गतका विभिन्न समितिका साथै समस्त लेखक—कलाकारहरूलाई बैठकको निर्णयानुसार केन्द्रीय समिति हार्दिक आह्वान गर्दछ ।
बैठकमा विभिन्न प्रदेश र नगरपालिकामा गठन भएका र हुन लागेका प्रज्ञा–प्रतिष्ठानहरूबारे पनि छलफल भयो । प्रज्ञा–प्रतिष्ठानमा नियुक्तिको क्रममा प्राज्ञिक गरिमा एवम् मर्यादाको ख्याल गर्न अत्यावश्यक भएको र त्यसो नगरिँदा प्राज्ञिक जगत्मा पर्न जाने नकारात्मक असरबारे सम्बन्धित निकायलाई बेलैमा गम्भीर हुन पनि बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

२०७८ वैशाख २६ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

नेपालको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएकोमा प्रगतिशील लेखक सङ्घ नेपाल गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । यसरी नै रुसमा रहेर पनि नेपालको प्रगतिशील साहित्यको उत्थानमा विशेष योगदान गर्नुभएका स्रष्टा, समालोचक, कोशकार एवम् अनुवादक कृष्णप्रकाश श्रेष्ठको निधन भएकोमा प्रलेस नेपाल हिरो दुःखका साथ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरूको भौतिक शरीर नरहे पनि नेपाली समाजको रूपान्तरणका निम्ति उहाँहरूले गर्नुभएको योगदान सदा स्मरणीय छ । उहाँहरू दुबै जनाका शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक शोकको सामना गर्ने शक्ति प्राप्त होस् भन्ने कामना यो सङ्घ गर्दछ ।

२०७७ चैत २२ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रगतिशील लेखक सङ्घ, नेपालको
आह्वान

नेपालका सम्पूर्ण प्रगतिशील लेखकहरूको एकताबद्ध आन्दोलनबाट नै देशमा विद्यमान सामन्तवादी साम्राज्यवादी कुसंस्कृतिको प्रभावलाई अन्त्य गर्न सकिन्छ भन्ने प्रगतिशील लेखक सङ्घको दृढ विश्वास रहेको छ । अतः प्रगतिशील लेखकहरू विभाजित नरही एकताबद्ध रूपमा समाज रूपान्तरणको गतिविधिमा सक्रिय रहनु वर्तमान समयको आवश्यकता भएको छ । यस स्थितिलाई गम्भीरतापूर्वक हृदयङ्गम गरी विभिन्न सङ्गठन र समूहमा रहनुभएका प्रगतिशील लेखकहरूलाई प्रगतिशील लेखक सङ्घमा आबद्ध रही संयुक्त रूपमा सांस्कृतिक रूपान्तरणको आन्दोलनलाई सशक्त तुल्याउने कार्यमा सरिक हुन प्रलेस नेपाल हार्दिक आह्वान गर्दछ ।


२०७७ चैत १५ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

प्रगतिशील लेखक सङ्घ, नेपाल भक्तपुर जिल्ला समितिका सदस्य साहित्यकार तारानाथ लम्सालको असामयिक निधन भएकोमा हामी अत्यन्त दुखित भएका छौँ ।
प्रगतिशील लेखक सङ्घ, नेपाल साहित्यकार तारानाथ लम्सालको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

२०७७ चैत १४ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

वरिष्ठ मार्क्सवादी  चिन्तक तथा साहित्यकार प्रा. माणिकलाल श्रेष्ठको निधन भएकामा प्रगतिशील लेखक सङ्घ, नेपाल गहिरो दुस्ख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँका कृति र कर्मले उहाँलाई सदा स्मरण गराइरहनेछन् । शोकको यस घडीमा समस्त शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भन्ने कामना प्रलेस नेपाल गर्दछ ।

२०७७ चैत ४ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसवक्तव्य

म्यानमारमा सैनिक 'कू' गरी सङ्कटकाल घोषणा गरिएको अप्रजातान्त्रिक कदमप्रति प्रगतिशील लेखक सङ्घको ध्यानाकर्षण भएको छ ।

जनताको मतलाई सम्मान गर्दै विश्वव्यापी रूपमा प्रजातान्त्रिक अभ्यासलाई अझ सशक्त पार्दै जानुपर्नेमा म्यानमारमा प्रजातन्त्रको हत्या गर्ने कार्य भएको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेसनल लिग फर डेमाक्रेसीका वरिष्ठ नेताहरूलाई गिरफ्तार गरी सेनाद्वारा सत्ता कब्जा गरिएको छ । प्रजातन्त्रवादी नेत्री सुकीले सेनाको उक्त घटनाको प्रतिरोध गर्न आम जनतासँग आह्वान गरेकी छिन् । अहिले विश्वव्यापी रूपमा म्यानमारको सैनिक 'कू' को विरोध गरिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घले पनि सो घटनाको भत्र्सना गर्दछ र म्यानमारको प्रजातान्त्रिक आन्दोलनको समर्थनमा विश्वव्यापी रूपमा चल्ने न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।

२०७७ माघ १ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसवक्तव्य
प्रगतिशील लेखक सङ्घ, नेपाल वामशक्तिहरूको एकता र साझा तागतबाट नै सामाजिक रूपान्तरण एवम् मुलुकको अग्रगति सम्भव छ भन्ने कुरामा दृढ विश्वास व्यक्त गर्दछ । वाम शक्तिहरूबिच नै फाटो आउनु र परस्पर वैमनस्यपूर्ण व्यवहार देखा पर्नु कुनै पनि हालतमा उपयुक्त होइन भन्ने यो सङ्घ ठान्दछ । वर्तमान राजनैतिक समस्याको समाधान मुठभेट र दमन होइन भन्ने पनि यसको स्पष्ट दृष्टिकोण छ । अतः धैर्य र संयमका साथ वर्तमान समस्याको निकास निकाल्न सम्बन्धित सबैलाई प्रलेस हार्दिक आह्वान गर्दछ ।

यसै सन्दर्भमा हालै नागरिक समाज र प्रहरी मुठभेटमा परी नागरिक समाजको आन्दोलनमा संलग्न केही जना घाइते भएको दुःखद समाचार सार्वजनिक भएको छ । प्रलेस घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको उपचारका लागि सरकारसँग जोडदार माग गर्दछ र यस प्रकारका घटना नदोहोरिउन् भन्ने पनि आह्वान गर्दछ ।

२०७७ माघ १३ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

शोकवक्तव्य

माक्र्सीय गुरुकुल तथा सीमा बचाऔँ राष्ट्रिय अभियानका संयोजक स्वनाम साथी (शशि शेरचन) को राजधानीमा उपचारको क्रममा यही २०७७ पुस १० गते असामयिक निधन भएकोमा हामी अत्यन्त दुखित भएका छौँ । 
प्रगतिशील लेखक सङ्घ, नेपाल स्वनाम साथीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

मिति २०७७ पुस ११ गते

समीरसिंह                                                                      प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसवक्तव्य

प्रगतिशील लेखक सङ्घ, नेपालको २०७७ मङ्सिर २६ गते प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा बसेको कार्यालय बैठकले हालसालै दिवङ्गत हुनुभएका वरिष्ठ प्रगतिवादी स्रष्टा कृष्णप्रसाद श्रेष्ठ (बी.ए. कृष्ण) तथा मार्क्सवादी चिन्तक मुरारी अर्यालको निधनमा गहिरो शोक व्यक्त गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले उहाँहरूको निधनबाट नेपाली प्रगतिवादी एवम् प्रगतिशील साहित्यिक आन्दोलनलाई ठुलो क्षति पुगेको महसुस गर्दै उहाँहरूले आफ्ना कृति र गतिविधिबाट नेपालको सामाजिक सांस्कृतिक रूपान्तरण एवम् राजनैतिक परिवर्तनमा गरेको योगदान सदा स्मरणीय रहने निष्कर्ष निकालेको छ ।

२०७७ भदौ २६ गते


समीरसिंह                                                                                                 प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                                            अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसवक्तव्य

प्रसिद्ध कवि माधव घिमिरेको यही २०७७ भदौ २ गतेका दिन निधन भएकोमा प्रगतिशील लेखक सङ्घ, नेपाल शोक व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । साथै दुःखको यस घडीमा उहाँका शोकविह्वल परिवार जनमा प्रलेस हार्दिक समवेदना व्यक्त गर्दछ । उहाँ हामीमाझ नरहे पनि “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे” जस्ता गीत मार्फत् उहाँले आफ्ना सिर्जनाका माध्यमबाट राष्ट्रको गौरवगानका साथ राष्ट्रियताको संवर्धनमा गर्नुभएको विशिष्ट योगदान उल्लेखनीय छ र राष्ट्रप्रेमी नेपालीहरूले त्यसलाई सदा स्मरण गरिरहने छन् । 
२०७७ भदौ ३ गते

समीरसिंह                                                                                                 प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                                            अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसवक्तव्य

पछिल्लो समय देशमा पठन संस्कृति कमजोर हुँदै गइरहेको विदितै छ । पठन संस्कृति कमजोर हुँदै जाँदा नेपाली समाज र सिङ्गो राष्ट्र सचेत र समृद्ध बन्न नसक्ने प्रस्टै छ । यस्तो अवस्थामा राज्यपक्षले पठन संस्कृतिलाई संवर्धन गर्न ठोस कदम उठाउनुपर्ने आवश्यकता छ । 
पठन संस्कृतिलाई संवर्धन गर्न देशव्यापी रूपमा पुस्तकालयको स्थापना र व्यवस्थित परिचालन एउटा महत्त्वपूर्ण पाटो हो । त्यस क्रममा स्थानीय तहसम्म पुस्तकालयको स्थापना र परिचालनको आवश्यकता रहिरहेका बेला हामीकहाँ यतिखेर राजधानीमै राष्ट्रिय पुस्तकालय अलपत्र अवस्थामा छ । २०७२ सालको भूकम्पले ललितपुरस्थित भवन भत्किएपछि अलपत्र परेका लाखौँ पुस्तक, पत्रपत्रिकासहितका पठन सामग्री नष्ट हुने अवस्थामा छन् । यस प्रकारको स्थितिमा तत्कालै पुस्तकालय भवन निर्माण गरिनुपर्नेमा पहिले नै गरिएको घोषणानुसार सबैलाई पायक पर्ने उपयुक्त स्थान राजधानीको जमलमा भवन निर्माण गरिनुको सट्टा नेपाल सरकार, मन्त्रिपरिषद्द्वारा उक्त भवन निर्माण स्थगन गरिएकोमा हामी चिन्तित भएका छौँ । प्रगतिशील लेखक सङ्घ, नेपाल पूर्व निर्णयानुसार पुस्तकालय भवन निर्माण गरिनुका साथै देशव्यापी रूपमा पुस्तकालय निर्माण र व्यवस्थित परिचालन गरी पठन संस्कृतिको संवर्धनतर्फ लाग्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छ । 
त्यसैगरी, तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीहरूको भावना विपरीत अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकोमा पनि हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ । नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र नेपाली भाषामा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेको अवस्थामा राष्ट्रहितमा अङ्ग्रेजी भाषाको सट्टा नेपाली भाषामै मोटरगाडीको इम्बोस्ड नम्बर बनाउने व्यवस्था गर्न हाम्रो सङ्गठन सरकार र सम्बन्धित पक्षसित आग्रह गर्न चाहन्छ । 
२०७७ साउन २७ गते
समीरसिंह                                                                                                 प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                                            अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसवक्तव्य

२०७७ साउन १६ गते रुपन्देहीको बुटवलबाट प्रगतिशील लेखक सङ्घ रुपन्देही जिल्ला समितिका सदस्य पारस राहाडीलाई प्रहरीले पक्राउ गरी प्रलेस नेपालजस्तो वैधानिक सङ्गठनमाथि हस्तक्षेप गरेको जानकारी प्राप्त भएकाले प्रलेस नेपाल यसको विरोध गर्दछ र उहाँको रिहाइको माग गर्दछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा संविधानले प्रत्याभूत गरेको स्वतन्त्रतापूर्वक विचार प्रवाह गर्न पाउने वातावरणमा खलल् पुग्ने गरी हस्तक्षेप गरिनु दुःखद कुरा हो र यस्तो कार्य बन्द गरिनुपर्दछ । विचार प्रवाह गरेकै आधारमा कुनै पनि स्रष्टालाई आतङ्कित र दण्डित गरिनु हुँदैन । हामी गिरफ्तार स्रष्टालाई तुरन्त रिहा गर्न जोडदार रूपमा माग गर्दछौँ ।

मिति २०७७ साउन १८ गते

समीरसिंह                                                                                                 प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                                            अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

भारतका क्रान्तिकारी तेलुगुभाषी कवि, समाचोचक, राजनीतिकर्मी एवम् बुद्धिजीवी बरबर रावसहित सुधा भारद्वाज, वरनान गोन्जाल्विज, गौतम नवलखालाई फासीवादी मोदी सरकारले हिरासतमा राखेको छ ।

माक्र्सवादी चिन्तक एवम् कवि बरबर राव सन् १९४० मा तत्कालीन आन्ध्रप्रदेशको वारङ्गलमा जन्मिनुभएको थियो । उहाँ यति बेला महाराष्ट्रको तलोजा जेलमा गम्भीर बिरामी अवस्थामा हुनुहुन्छ । विश्वभरबाट भारतीय क्रान्तिकारी कवि बरबर रावको जीवन रक्षा गरभन्ने आवाज उठिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ पनि त्यो न्यायपूर्ण आवाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।

महाराष्ट्रको भीमाकोरेगाउँमा आयोजना गरिएको कार्यक्रमले हिंसात्मक रूप लिएपछि त्यस बेला दलित युवाहरूको हत्या एवम् अल्पसङ्ख्यकका घर र पसलसमेत लुटिएको थियो । भीमाकोरेगाउँको घटनामा भारतीय सरकारले माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानवअधिकारवादी, वकिलसमेत आधा दर्जन सामाजिक कार्यकर्तालाई माओवादीसम्बद्ध सहरी नक्सलभनेर प्रचार गर्दै आइरहेको छ । भारतीय फासिवादी मोदी सरकार सहरी नक्सलको नाममा आज पनि देशव्यापी छापा मार्ने तथा धरपकड गर्ने काम गरिरहेको छ । मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीको गिरफ्तारी र अदालतको आदेशपश्चात् घरमै नजरबन्द गरिएको थियो । त्यसपछि उहाँहरूलाई जेलमा लगिएको थियो । मोदी फासिवादले भारतका बहुचर्चित सामाजिक अभियन्ता एवम् बुद्धिजीवीलाई करिब २२ महिनाअघि हिरासतमा लिएको थियो ।

कवि बरबर रावको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उहाँको परिवारले १२ जुलाई २०२० मा एक प्रेसविज्ञप्ती जारी गर्दै, स्वास्थ्यस्थिति बिग्रँदै गइरहेको बताउँदै उहाँको जीवनरक्षाको माग गरेको छ । प्रलेस पनि उहाँको परिवारसहित विश्वभरिबाट उठिरहेको न्यायपूर्ण आवाजप्रति ऐक्यबद्धता जाहेर गर्दै उहाँलगायत सम्पूर्ण प्रगतिशील कवि तथा लेखकहरूको यथाशीघ्र रिहाइको माग गर्दछ ।

 

२०७७ असार २९ गते

प्रा.डा. जीवेन्द्र देव गिरी                                                                                 समीर सिंह
        अध्यक्ष                                                                                                 महासचिव

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेसविज्ञप्ती

“प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिको २०७७ असार १३ गते अनलाइन प्रविधिबाट सम्पन्न बैठकले नेपालको संविधान सर्वसम्मत रूपमा संशोधन गरी अनुसूचीमा रहेको निसानछापमा नेपालको वास्तविक नक्सा समाविष्ट गर्ने महत्त्वपूर्ण निर्णय लिएकोमा संसद्का दुबै सदनका सांसदप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । साथै यस निर्णयका निम्ति अग्रसरता लिने नेपाल सरकार, सम्बद्ध दल तथा अभियन्ताहरूको पहलकदमीको पनि बैठकले सराहना गरेको छ । 
बैठकले संसदमा प्रस्तुत नागरिकतासम्बन्धी विधेयकको संशोधन प्रस्तावको समर्थन गर्नुका साथै त्यस निम्ति समुचित भूमिका खेल्ने राज्यव्यवस्था समिति र दलहरूको निर्णयप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।
बैठकमा संसद्मा प्रस्तुत एमसिसी सम्झौतासम्बन्धी प्रस्तावबारे पनि विस्तृत रूपमा छलफल भयो । अमेरिकाको सुरक्षा परिषद्का दस्तावेजले नै एमसिसी आइपिएसको अङ्ग भएको बताइरहेको अवस्थामा सम्झौतामा रहेका नेपाललाई घात गर्ने प्रावधानहरू राखेर यथास्थितिमा सो प्रस्ताव कुनै पनि हालतमा पारित गरिनु हुन्न भन्ने प्रलेसको दृढ अडान पुनः सार्वजनिक गर्ने पनि निर्णय भयो ।
बैठकले प्रलेसका अर्घाखाँची जिल्ला समितिका अध्यक्ष बुद्धिबहादुर रायमाझीको निधन भएकोमा एक मिनेट मौनधारण गर्नुका साथै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण ग¥यो ।”

प्रा.डा. जीवेन्द्र देव गिरी                                                                                 समीर सिंह
        अध्यक्ष                                                                                                 महासचिव

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

पश्चिम रुकुमको चौरजहारीमा घटेको ६ जना होनहार युवाहरूले ज्यान गुमाउनुपरेको घटनाले समग्र प्रगतिशील लेखक सङ्घ परिवारलाई स्तब्ध र दुखित तुल्याएको छ । प्रलेस सदा जातीय विभेद र अन्याय अत्याचारको अन्त्य तथा सामाजिक सद्भाव र न्यायको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । यस दुखद घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य निरूपण र दोषीमाथि कडा कार्बाईको प्रलेस माग गर्दछ ।

२०७७ जेष्ठ १७

समीरसिंह                                                                                                         प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा तयार गरी प्रकाशन गरेकामा सहर्ष स्वागत गर्दछौँ र भारतद्वारा अतिक्रमित आफ्नो भूभाग आफ्नो मातहत ल्याउन गरेको निर्णय एवम् त्यसको कार्यान्वयनका निम्ति व्यक्त गरेको दृढताको सराहना गर्दछौँ । यसनिम्ति सरकारले परिपक्व कूटनैतिक क्षमताको प्रदर्शन गर्ने विश्वासका साथ नेपालको स्वाधीनता, सार्वभौमिकता र अखण्डताको रक्षाका निम्ति सरकारद्वारा चालिने कदमको दृढ समर्थन गर्दछौँ ।

२०७७ जेष्ठ १३ गते
        समीरसिंह                                                                 प्रा.डा. जीवेन्द्र देव गिरी
        महासचिव                                                                            अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

प्रलेसनेपालका पूर्व केन्द्रीय सल्लाहकार तथा संस्कृतिकर्मी अनिल शर्माको हिजो २०७७ वैशाख २३ गते भएको गिरफ्तारीप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनमा उपचारको सिलसिलामा अस्पतालमा पुगेका बेला उहाँको गिरफ्तारी भएको छ । देश कोरोना भाइरसको महामारीबाट बच्न लकडाउनभित्र बसिरहेका बेला साहित्यकार तथा संस्कृतिकर्मी शर्मालाई स्वास्थ्योपचारजस्तो नैसर्गिक अधिकारबाट वञ्चित गर्दै गरिएको उक्त गिरफ्तारी निन्दनीय छ । यद्यपि नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्तैन । यसर्थ हाम्रो संस्था वार्ता संवादको माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्दै राजनैतिक समस्याको समाधान गरिनुपर्दछ भन्ने मत व्यक्त गर्दछ ।

नेपालका सबै वामपन्थी लेखकहरूको साझा मोर्चा हुनुको हैसियतले पनि प्रगतिशील लेखक सङ्घनेपाल कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतीको सामना गर्नुपर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्दछ । अतः प्रगतिशील लेखक सङ्घनेपालका पूर्व केन्द्रीय सल्लाहकार एवम् संस्कृतिकर्मी शर्मालाई तुरुन्त रिहा गर्न यो हाम्रो संस्था विशेष माग गर्दछ । त्यसका साथै सबै लेखक स्रष्टालाई राज्यले आफ्नै राष्ट्रिय पुँजीका रूपमा ग्रहण गर्न पनि विशेष अपिल गर्दछ ।

२०७७ वैशाख २४ गते

                 समीरसिंह                                                                 प्रा.डा. जीवेन्द्र देव गिरी
                 महासचिव                                                                            अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

प्रगतिशील लेखक सङ्घ, नेपालका अर्घाखाँची जिल्लाका अध्यक्ष  तथा  नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा विशेष योगदान गर्नु भएका वरिष्ठ  स्रष्टा बुद्धिबहादुर रायमाझीको अर्बुद रोगको उपचारका क्रममा मेडिसिटी अस्पतालमा आज मिति २०७७ वैशाख २२ गते दुःखद निधन भएकोमा प्रगतिशील लेखक सङ्घ, नेपाल गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दुःखको यस घडीमा उहाँकी जीवनसँगिनी बिजुला रायमाझीलगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै धैर्यपूर्वक शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दछ । उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँ आफ्ना असल काममा जीवित रहिरहनु हुने छ ।

२०७७ वैशाख २२ गते
समीरसिंह                                                                          प्रा.डा. जीवेन्द्र देव गिरी
महासचिव                                                                                       अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

हार्दिक आह्वान


प्रगतिशील लेखक सङ्घ, नेपाल कोरोना भाइरसबाट उत्पन्न वर्तमान समस्याको समाधानका लागि राज्यले चालेका पाइलाहरूप्रति ऐक्यबद्धता जनाउँदै एकताबद्ध रूपमा समस्याको समाधानमा आआफ्ना ठाउँबाट योगदान गर्न प्रगतिशील लेखक सङ्घका केन्द्रीय र प्रादेशिक सङ्गठनहरू,  जिल्ला शाखाहरू तथा समस्त लेखकहरूलाई हार्दिक आह्वान गर्दछ । साथै यस संवेदनशील घडीमा धैर्य र सावधानीका साथ समस्याको सामना गर्न र समाजलाई निराश हुन नदिई उत्साहित तुल्याउन र आत्मबल बढाउन जनचेतना अभिवृद्धिका निम्ति क्रियाशील रही जनता र समाजका हितमा आआफ्नो सिर्जनात्मक क्षमताको अधिकतम सदुपयोग गर्न एवम् सिर्जनाहरू सार्वजनिक गर्न सबै लेखक, साहित्यकार एवम् बुद्धिजीवीहरूमा विशेष अपिल गर्दछ ।


२०७६ चैत्र १२ गते 

समीरसिंह                                                                                   प्रा.डा. जीवेन्द्र देव गिरी

      महासचिव                                                                                                                      अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

मिति २०७६ माघ १६ गते

आज २०७६ माघ १६ गते सहिद दिवसको अवसरमा सुर्खेत वीरेन्द्रनगरको पिपलचौतारीमा प्रगतिशील लेखक सङ्घको कर्णाली प्रदेश समितिद्वारा आयोजित साहित्य गोष्ठीसहित आफ्नो मुखपत्र “रातो जून” सार्वजनिक गर्ने  कार्यक्रमबाट प्रलेस कर्णाली प्रदेश समितिका सचिव हरिलाल महतारा, उक्त समितिका सदस्य सिद्धबहादुर खड्का र अतिथि धनसिंह विक र धनबहादुर नेपालीलाई कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरी प्रलेस नेपालजस्तो वैधानिक सङ्गठनको गतिविधिमा हस्तक्षेप गरेको जानकारी प्राप्त भएकाले प्रलेस नेपाल यसको विरोध गर्दछ र उहाँहरुको रिहाइको माग गर्दछ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा संविधानले प्रत्याभूत गरेको स्वतन्त्रतापूर्वक विचार प्रवाह गर्न पाउने वातावरणमा खलल् पुग्ने गरी हस्तक्षेप गरिनु दुःखद कुरा हो र यस्तो कार्य बन्द गरिनुपर्दछ । विचार प्रवाह गरेकै आधारमा कुनै पनि स्रष्टालाई आतङ्कित र दण्डित गरिनु हुँदैन । हामी गिरफ्तार स्रष्टाहरूलाई तुरन्त रिहा गर्न जोडदार रूपमा माग गर्दछौँ ।

समीरसिंह                                                                                                         प्रा.डा. जीवेन्द्र देव गिरी

महासचिव                                                                                                                      अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

मिति २०७६ माघ ३ गते

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन, यूएसएबिच भएको सम्झौताबारे जनस्तरबाट उठाइएको प्रश्नका सम्बन्धमा प्रगतिशील लेखक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । देशको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भए पनि देशको स्वाभिमान र स्वतन्त्रतामा आघात पुग्ने किसिमको कुनै पनि कारबाही हुनु हुँदैन भन्ने प्रलेसको स्पष्ट धारणा छ । अतः सम्झौता भएका आपत्तिजक प्रावधानमा सुधार नगरी सो सम्झौता कार्यान्वयन नगर्न प्रलेस, नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।

समीरसिंह                                                                                                         प्रा.डा. जीवेन्द्र देव गिरी

महासचिव                                                                                                 अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

मिति : २०७६ कार्तिक २१

नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अतिक्रमणले सीमा नाघिरहेको विगत र वर्तमान कसैसामु लुकेको छैन । हाल भारतद्वारा सार्वजनिक गरिएको राष्ट्रिय नक्साभित्र नेपालको उक्त भूभाग गाभेर प्रकाशित गरिनु नेपालको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप हो । यसको प्रगतिशील लेखक सङ्घ, नेपाल घोर भत्र्सना गर्दै जोडदार विरोध गर्दछ । यस सवालमा आफ्नो भूमिको रक्षार्थ राजनैतिक, वैचारिक र सांस्कृतिक रूपमा सङ्घर्षरत रहने प्रण गर्दै सङ्घर्षरत सम्पूर्ण देशभक्त राष्ट्रवादी क्रान्तिकारी जनसमुदायसँग ऐक्यबद्धता जाहेर गर्दछ । साथै पुर्खाको नासो नेपाली भूमिको रक्षार्थ यथाशीघ्र कूटनैतिक पहलका साथ समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्दै यस सवालमा सम्पूर्ण सचेत नेपाली जनसमुदायमा एकताबद्ध सङ्घर्षका लागि प्रलेस, नेपाल आह्वान गर्दछ ।


              समीर सिंह                                                                            प्रा.डा. जीवेन्द्र देव गिरी
              महासचिव                                                                                      अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

मिति : २०७६ साउन २५ गते

प्रगतिशील लेखक सङघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष, नाट्यकार एवम् प्रगतिशील स्रष्टा खेम थपलियाको गिरफ्तारी एवम् यस सङ्घकै काठमाडौँ शाखाका केही वर्तमान पदाधिकारीप्रति गरिएको अमर्यादित व्यवहारप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
जनताको ठुलो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर वामपन्थी नेतृत्वको सरकारले नेतृत्व गरिरहेको छ । यस स्थितिमा शान्ति, विकास र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदै छ । तर नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्तैन । नेपालका सबै वामपन्थी लेखकहरूको साझा मोर्चाका रूपमा रहेको प्रगतिशील लेखक सङ्घ आफ्नो सङ्घमा आबद्ध सम्पूर्ण लेखकहरूका साथै कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतीको सामना गर्नु पर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्तछ ।
अतः प्रगतिशील लेखक सङ्घका पूर्व उपाध्यक्ष खेम थपलियाको यथाशीघ्र रिहाइको माग गर्दै लेखकहरूप्रतिको अमर्यादित व्यवहार बन्द गर्न यो सङ्घ जोडदार माग गर्दछ । साथै हाम्रो संस्था वार्ता संवादको माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्तै राजनैतिक समस्याको समाधान गरिनु पर्दछ भन्ने ठान्दछ । 

              समीर सिंह                                                                            प्रा.डा. जीवेन्द्र देव गिरी
              महासचिव                                                                                      अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस वक्तव्य

मिति : २०७६ साउन ५ गते
जनवादी कलाकार एवम् प्रलेस, नेपालका पूर्व केन्द्रीय सल्लाहकार माइला लामाको गिरफ्तारीको समाचारप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । जनताको ठुलो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर कम्युनिस्ट सरकारले नेतृत्व गरिरहेको छ । यस स्थितिमा शान्ति, विकास र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदै छ । तर नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्तैन । यसर्थ हाम्रो संस्था वार्ता संवादका माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्तै राजनैतिक समस्याको समस्याको समाधान गरिनु पर्दछ भन्ने ठान्दछ ।
नेपालका सबै वामपन्थी लेखकहरूको साझा मोर्चा हुनुको हैसियतले पनि प्रगतिशील लेखक सङ्घ कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतीको सामना गर्नुपर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्तछ । अतः प्रगतिशील लेखक सङ्घका पूर्व सल्लाहकार एवम् स्रष्टा माइला लामालाई यथाशीघ्र रिहा गर्न यो सङ्घ विशेष माग गर्दछ । साथै सबै लेखक स्रष्टालाई राज्यले आफ्नै राष्ट्रिय पुँजीका रूपमा ग्रहण गर्न पनि विशेष अपिल गर्दछ ।

              समीर सिंह                                                                            प्रा.डा. जीवेन्द्र देव गिरी
               महासचिव                                                                                      अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस विज्ञप्ती

प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय सचिवालयको प्रथम बैठक २०७६ जेष्ठ ३२ गते सङ्घको काठमाडौँ बागबजारस्थित कार्यालयमा अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा बस्यो ।
  1. केन्द्रीय सल्लाहकारहरुको बैठक आगामी २०७६ साउन १० गते केन्द्रीय कार्यालयमा बस्ने निर्णय भएको छ ।
  2.  आगामी २०७६ साउन ११ गते काठमाडौँमा “प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण” विषयक विचारगोष्ठी आयोजना गर्ने निर्णय भएको छ । गोष्ठी सम्बन्धी अन्य सूचना पछि जानकारी गराइने छ ।
  3.  प्रगतिशील लेखक सङ्घले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन बैद्य, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिझुक्छे र नेकपा (माले) का महासचिव सी.पी. मैनालीसित भेटघाट गर्ने भएको छ ।
  4.  केन्द्रीय स्तरका विभागहरुको बैठक बस्ने ठेगान भएको छ ।
  5.  चौबिसौँ परिसंवाद शृङ्खला “प्रगतिशील लेखनका समस्याहरु” विषयमा आयोजना गरिएको छ । २०७६ असार ६ गते (पहिलो शुक्रबार) को सो शृङ्खलाको अतिथि वक्ता प्रलेसका पूर्व अध्यक्ष मातृका पोख्रेल रहनु भएको छ ।
२०७६ जेष्ठ ३२ गते
                                                                        
     समीर सिंह                                                             प्रा.डा. जीवेन्द्र देव गिर
    महासचिव                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस विज्ञप्ति

प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिको दोस्रो बैठक २०७६ जेठ ११ गते सङ्घको काठमाडौँ बागबजारस्थित कार्यालयमा अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा बस्यो ।
सर्वप्रथम बैठकमा महासचिव समीर सिंहद्वारा सङ्गठनात्मक रिपोर्ट प्रस्तुत गरियो । उक्त रिपोर्टमा समेटिएका विषयहरु नदोहोरिने गरी केन्द्रीय सदस्यहरुले सम्बन्धित जिल्ला र प्रदेशको रिपोर्ट प्रस्तुत गर्नु भयो ।
बैठकले अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी, उपाध्यक्ष गोपीरमण उपाध्याय, उपाध्यक्ष सुशीला प्रधानाङ्ग, महासचिव समीर सिंह, उपमहासचिव आर.सी. न्यौपाने, सचिव प्रकाश थापा मगर, सचिव बाबुराम आचार्य, कोषाध्यक्ष प्रा.डा. धु्रव कुमार घिमिरे, सदस्यहरु डा. देवी दुलाल क्षेत्री, लोक बहादुर थापा, केशव थापा, गिरी प्रसाद बुढा, जनक रसिक, शालिकराम तिमिल्सिना र झगिन्द्र ढकाल ‘पारस’ रहेको केन्द्रीय सचिवालय गठन ग¥यो ।
बैठकबाट पदाधिकारीहरुका साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरियो । यस क्रममा उपाध्यक्ष गोपीरमण उपाध्यायलाई प्रदेश नं. ५, उपाध्यक्ष सुशीला प्रधानाङ्गलाई गण्डकी प्रदेश, महासचिव समीर सिंहलाई प्रदेश नं. ३, उपमहासचिव आर.सी. न्यौपानेलाई प्रदेश नं. १, सचिव प्रकाश थापा मगरलाई कर्णाली प्रदेश, सचिव बाबुराम आचार्यलाई सुदूर पश्चिम प्रदेश र कोषाध्यक्ष प्रा.डा. धु्रव कुमार घिमिरेलाई प्रदेश नं. २ को इन्चार्जको जिम्मेवारी प्रदान गरियो । यसका साथै २ नं. प्रदेशको सहइन्चार्जमा नवराज रिजाल र ३ नं. प्रदेशको सहइन्चार्जमा झगिन्द्र ढकाल ‘पारस’ लाई जिम्मेवारी तोकिएको छ ।
बैठकले विभिन्न विभागहरुको गठन ग¥यो, जसमा निम्न अनुसार जिम्मेवारी प्रदान गरिएको छ :
१. इतिहास लेखन विभाग : प्रमुख प्रा.डा. जीवेन्द्र देव गिरी, सचिव बालाकृष्ण अधिकारी, सदस्यहरु नारायण मरासिनी, राजेश वि.क., विजय राना, पुष्करनाथ रिजाल, ऋद्धिरमण घिमिरे र डा. दीपक गाौतम ।
२. योजना तथा कार्यक्रम विभाग : प्रमुख गोपीरमण उपाध्याय, सचिव शालिकराम तिमिल्सिना, सदस्यहरु शरद अधिकारी, ओम प्रकाश घिमिरे, मणि अर्याल, इन्दु लामा, मीन बहादुर राना, जीवन शाही, तारा प्रसाद शर्मा, तारा बहादुर बुढाथोकी, हेमराज आश्रम, राम वसु र प्रशान्त खरेल ।
३. महिला विभाग : प्रमुख सुशीला प्रधानाङ्ग, सचिव सुमित्रा वाङदेल, सरस्वती दुमी राई, विजया सुवेदी, कल्पना पौडेल ‘जिज्ञासु’, बिनु के.सी., ऋतु के.सी., प्रेमिला राई, कल्पना पौडेल ।
४. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग : प्रमुख समीर सिंह, सचिव पुरु लम्साल, सदस्यहरु भैरवी भूगोल ढुङ्गाना, यादेवी ढकाल, बाबा बस्नेत, डा. दीपक गौतम, प्रदीप प्रधान, सुवास जी.सी., कमल कार्की, कल्याण ओझा, धु्रव गिरी र लोक लामा ।
५. प्रकाशन विभाग : प्रमुख आर.सी. न्यौपाने, सचिव झगिन्द्र ढकाल ‘पारस’, सदस्यहरु बम बानिया, ऋद्धिरमण घिमिरे, मधु पोखरेल, शालिकराम तिमिल्सिना, कौशिला रिसाल, जगत वाशिष्ठ, शेखर अर्याल, सुभाष खनाल, पदम बराल, बोध कुमार घिमिरे, बिजुला रायमाझी, विजया सुवेदी, नवराज रिजाल र देवी पन्थी ।
६. सूचना प्रचार विभाग : प्रमुख प्रकाश थापा मगर, सचिव नरेश न्यौपाने, सदस्यहरु प्रशान्त खरेल, सुब्बा श्रेष्ठ, सुभाष रिजाल, अर्जुन पौडेल, राम घिसिङ, सुमित्रा वाङ्देल चेली, होम भट्टराई, प्रेमिला राई, गणेश कुमार राई, कृष्ण किसु, केशवनाथ योगी र शरद अधिकारी ।
७. आर्थिक तथा भौतिक संरचना विभाग : प्रमुख प्रा.डा. धु्रव कुमार घिमिरे, सचिव राममणि ढुङ्गेल, सदस्यहरु नवराज रिजाल, मधु क्षेत्री, भक्त बहादुर कार्की, धर्मराज दानी, डा. देवी दुलाल क्षेत्री, इन्द्र लामा, जगत प्रसाद रेग्मी, लोक बहादुर थापा, केशव थापा, गिरी प्रसाद बुढा र जनक रसिक ।
बैठकबाट केन्द्रीय समितिका सल्लाहकारहरु पनि चयन गरियो, जसमा १. मातृका पोख्रेल, २. शान्ता मानवी, ३. डा. अमर गिरी, ४. खगेन्द्र राई, ५. राम प्रकाश पुरी, ६. पदम प्रसाद शर्मा, ७. डा. बिन्दु शर्मा, ८. मिश्र वैजयन्ती, ९. डा. कृष्णराज अधिकारी, १०. डा. पुष्करराज भट्ट, ११. आर.एम. डङ्गोल, १२. प्रा. केशव सुवेदी, १३. प्रा.डा. पशुपतिनाथ तिमल्सेना, १४. प्रा.डा. बद्रिविशाल पोखरेल, १५. प्रा.डा. कपिलदेव लामिछाने, १६. प्रा.डा. श्रीधर गौतम, १७. प्रा.डा. गोपीन्द्र पौडेल, १८.प्रा.डा. कृष्ण प्रसाद घिमिरे, १९. प्रा.डा. हेमनाथ पौडेल, २०. राम विनय, २१. वासुदेव अधिकारी, २२. रमेश रञ्जन झा, २३. सरोज ओली, २४. हरिगोविन्द लुइँटेल, २५. इन्द्र रेग्मी, २६. जसराज किराँती, २७. भेषमान गिरी, २८. उपप्रा.डा. गोविन्द आचार्य, २९. तेजेन्द्र प्रसाई रहन्ु भएको छ ।
बैठकले केन्द्रीय समितिबाट विभिन्न जिल्लाका इन्चार्जहरु समेत निम्न अनुसार तोकेको छ ः १. मधु क्षेत्री– काठमाडौँ, २. राममणि ढुङ्गेल– काभ्रे र भक्तपुर, ३. बालाकृष्ण अधिकारी– ललितपुर, ४. पुरु लम्साल– धादिङ, नुवाकोट र रसुवा, ५. शालिकराम तिमिल्सिना– चितवन र मकवानपुर, ६. झगिन्द्र ढकाल ‘पारस’– रामेछाप, दोलखा र सिन्धुपाल्चोक, सिन्धुली, ७. ओम प्रकाश घिमिरे– भोजपुर, खोटाङ, उदयपुर र सङ्खुवासभा, ८. मधु पोखरेल– सुनसरी र मोरङ, ९. बम बानिया– सोलुखुम्बु र ओखलढुङ्गा, १०. सुमित्रा बाङ्देल चेली– झापा र इलाम, ११. सरस्वती दुमी राई– पाँचथर र ताप्लेजुङ, १२. कमल कार्की– धनकुटा र तेह«थुम, १३. केशव थापा– रोल्पा र प्युठान, १४. शरद अधिकारी– रुकुम र दाङ, १५. प्रदीप प्रधान– रुपन्देही र कपिलवस्तु, १६. मीन बहादुर राना– गुल्मी र पाल्पा, १७. राजेश विश्वकर्मा– नवलपरासी र अर्घाखाँची, १८. मणि अर्याल– बाँके र बर्दिया, १९. बाबुराम आचार्य– कैलाली र कञ्चनपुर, २०. जनक रसिक– बैतडी, डोटी, बझाङ र बाजुरा, २१. नरेश न्यौपाने– अछाम, दार्चुला र डडेलधुरा, २२. गिरी प्रसाद बुढा– पश्चिम रुकुम, जाजरकोट र डोल्पा, २३. डा. दीपक गौतम– सुर्खेत, सल्यान, हुम्ला र दैलेख, २४. जीवन शाही– कालीकोट, मुगु र जुम्ला, २५. तारा प्रसाद शर्मा– म्याग्दी, पर्वत र तनहुँ, २६. अर्जुन पौडेल– कास्की, बागलुङ र स्याङजा, २७. नारायण मरासिनी– गोरखा, लमजुङ र नवलपुर ।
बैठकले परिसंवाद, विचारगोष्ठी, कार्यशाला, कविगोष्ठी, अनुवाद कार्य लगायतका माध्यमबाट वैचारिक र सिर्जनात्मक क्षेत्रका कामहरुलाई अगाडि बढाउने र ‘प्रलेस’ को प्रकाशनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसका साथै इतिहास लेखनको कामलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले ‘प्रलेस’ प्रकाशनका लागि उपमहासचिव आर.सी. न्यौपाने प्रधान सम्पादक, सचिव प्रकाश थापा मगर कार्यकारी सम्पादक, शालिकराम तिमिल्सिना, झगिन्द्र ढकाल ‘पारस’, नवराज रिजाल र कौशिला रिसाल सम्पादक मण्डल तथा बम बानिया प्रबन्धक रहेको प्रकाशन समिति पनि गठन गरेको छ ।
मिति २०७६ जेठ ११ गते
                                                                       
     समीर सिंह                                                             प्रा.डा. जीवेन्द्र देव गिरी
     महासचिव                                                                     अध्यक्ष

प्रगतिशील लेखक सङ्घ, नेपाल

केन्द्रीय समिति

प्रेस विज्ञप्ति

प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलन २०७५ चैत्र २२ र २३ गते काठमाडौँ स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा ५८ जिल्लाका प्रतिनिधिहरुको सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ । सम्मेलन पश्चात् बसेको राष्ट्रिय परिषद्को बैठकले सम्मेलनलाई सफल पार्न विशेष सहयोग गर्ने अध्यक्ष मण्डल, पूर्व केन्द्रीय समिति, विभिन्न सांस्कृतिक घटक सङ्गठन, तुल्सीलाल स्मृति प्रतिष्ठान, सञ्चार जगत् तथा अन्य विभिन्न सङ्घसस्था, निकाय र समस्त प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक तथा सहयोगीहरुप्रति  धन्यवाद प्रकट गरेको छ । 
      २०७५ वैशाख २ गते  नव निर्वाचित पदाधिकारीहरुको कार्यालयको बैठक बस्यो । बैठकमा एघारौँ राष्ट्रिय सम्मेलनको अध्यक्ष मण्डलका सदस्यहरु र पूर्व केन्द्रीय समितिका अध्यक्ष र महासचिव तथा काठमाडौँमा रहनु भएका केन्द्रीय समितिका सदस्यहरुहरुलाई आमन्त्रण गरिएको थियो । बैठकले उक्त राष्ट्रिय सम्मेलनको विस्तृत समीक्षा ग¥यो । यसका साथै  परिसंवाद कार्यक्रमलाई निरन्तरता दिने, आवश्यक विभागहरु गठन गरी वैचारिक र सिर्जनात्मक कार्यव्रmममा व्यापकता ल्याउने, इतिहास लेखन र प्रकाशनका कामलाई अगि बढाउने, प्रलेसका निम्ति आफ्नै भवनको व्यवस्था गर्न प्रयत्नशील रहने तथा सबै प्रदेश र जिल्लाका सङ्गठनहरुलाई  सव्रिmय तुल्याउने निधो  बैठकबाट गरियो र  २०७६ जेठ ११ गते बस्ने केन्द्रीय समितिको बैठकबाट यी  लगायत थप कार्ययोजना तयार गरी ठोस रूप दिने निर्णय पनि गरियो । 
हालै भारतको कलकत्ताबाट आउनु भएका भारतीय नेपाली साहित्यकारहरुसँग प्रगतिशील लेखक सङ्घको केन्द्रीय कार्यालयमा भएको भेटघाट र पारस्परिक हित सम्बन्धी छलफलबारे चर्चा गरिनुका साथै बेग्लै विभाग खडा गरेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बढाउँदै लैजाने पनि बैठकमा ठहर गरियो ।  
समसामयिक राष्ट्रिय परिस्थितिका सम्बन्धमा प्रस्तावित नागरिकता ऐन संंशोधन विधेयक २०७५का सम्बन्धमा निर्णय लिँदा जनमानसमा भइ रहेको आलोचना र टीका टिप्पणीप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत बैठकले गरेको छ । 
सबै विचारहरु ससम्मान क्रियाशील हुन पाउने राजनीतिक स्वतन्त्रताको अधिकारलाई मौजुदा संविधानले प्रत्याभूत गरेको छ । विविध कारणवश नेपालमा पछिल्लो समय विचारकै आधारमा लेखक, साहित्यकार र कवि कलाकारलाई राज्यले गिरफ्तार गर्ने, हिरासतमा राख्ने, मुद्दा चलाउने र आरोपित गर्ने कार्यहरु भइरहेका छन् । यसप्रति प्रगतिशील लेखक सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । हामी कुनै पनि प्रगतिशील सृष्टालाई राज्य तहबाट हुने कुनै पनि तहको दमनकारी क्रियाकलापका विरुद्ध आबाज उठाउनु नैतिक दायित्व ठान्दछौँ । त्यसैले गिरफ्तार लेखक साहित्यकार एवम् कविकलाकारहरुको यथाशीघ्र रिहाइका लागि अपिल गर्दछौँ । 
२०७६ वैशाख ३ गते
         समिर सिंह                                                                                  प्रा.डा.जीवेन्द्र देव गिरी
         महासचिव                                                                                         अध्यक्ष 

No comments:

Post a Comment