प्रलेस जिल्लाका गतिविधि

प्रलेस कञ्चनपुरको पाँचौँ जिल्ला सम्मेलन

भीमदत्तनगर । प्रलेस कञ्चनपुरको जिल्ला सम्मेलन २०७८ माघ २९ गतेका दिन अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षता एवम् सचिव धर्मानन्द भट्टको सञ्चालनमा सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन समारोहमा प्रलेस केन्द्रीय सचिव बाबुराम आचार्य प्रमुख अतिथि, प्रलेस केन्द्रीय सचिवालय सदस्य एवम् सुदूर पश्चिम प्रदेश अध्यक्ष जनक रसिक विशिष्ट अतिथि एवम् प्रलेस राष्ट्रिय परिषद् सदस्य तथा पूर्व अध्यक्ष कल्यान ओझा र प्रलेस सुदूर पश्चिम प्रदेश उपाध्यक्ष चन्द्रकला पन्त अतिथिका रूपमा रहनुभएको थियो ।
सम्मेलनले धर्र्मानन्द भट्ट जिल्ला शाखा अध्यक्ष, सन्तोष विष्ट उपाध्यक्ष, कैलाशचन्द्र गिरी सचिव, प्रतिभा भट्ट सहसचिव एवम् कोषाध्यक्षमा प्रकाशचन्द्र कलौनी निर्वाचित हुनुभएको छ । त्यस्तै, जिल्ला शाखा सदस्यमा केशवराज पन्त, चन्द्रबहादुर थापा, मञ्जु परियार, राकेश चन्द र जनक कुँवर निर्वाचित हुनुभएको छ । जिल्ला शाखा ११ सदस्यीय निर्माण भएको र एक जना सदस्य पछि मनोनयन गरिने जनाइएको छ ।
कार्यक्रममा प्रलेस कञ्चनपुरले विभिन्न साहित्यकार एवम् स्रष्टाहरुलाई सम्मानसमेत गरिएको छ । उक्त अवसरमा प्रलेस कञ्चनपुरका पूर्व अध्यक्ष चन्द्रकला पन्त, कल्यान ओझा र वीरबहादुर चन्द विश्रामलाई सम्मान गरिएको थियो । सोही अवसरमा प्रगतिशील लेखक सङ्घ, कञ्चनपुरको वार्षिक मुखपत्र अरुणोदयको पहिलोदेखि पाँचौँ अङ्कसम्मका सम्पादक मण्डललाई समेत सम्मान गरिएको थियो । अरुणोदयको सम्पादक मण्डलमा रहेका चन्द्रकला पन्त, खगेन्द्र जोशी, गोविन्द शृङ्खला, यादवनाथ शर्मा, रमेश पन्त मीतबन्धु, नारायण लम्साल, जगदीश ओझा, कविराज भट्ट, धर्मानन्द भट्ट, गङ्गाप्रसाद रिजाल, प्रतिभा भट्ट, प्रेमप्रकाश कलौनी, सुरेन्द्रप्रसाद जोशीलाई सम्मान गरिएको थियो ।
यसैबिच, कार्यक्रममा प्रगतिशील प्रतिभा पुरस्कार–२०७८ बाट साहित्कार जगदीश ओझालाई सम्मान गरिएको थियो ।

प्रलेस कैलालीको पाँचो जिल्ला सम्मेलन सम्पन्न

धनगढी । प्रगतिशील लेखक सङ्घ, कैलालीको पाँचौँ जिल्ला सम्मेलन २०७८ फागुन ३० गतेका दिनस म्पन्न भएको छ । प्रलेस जिल्ला अध्यक्ष तिलकबहादुर सिंहको अध्यक्षतमा भएको सम्मेलनको सञ्चालन सदस्य तेज कापडी ‘रियल एनालाइसिसले गर्नुभएको थियो ।
प्रलेस केन्द्रीय सचिव बाबुराम आचार्र्यको प्रमुख अतिथि, प्रलेस केन्द्रीय सल्लाहकार डा. पुष्करराज भट्ट विशिष्ट अतिथि रहनुभएको सो सम्मेलन प्रलेसका प्रदेश अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य जनक रसिक, पूर्व सचिवालय सदस्य लक्षीराम आचार्य, पूर्व केन्द्रीय सदस्य हरिकृृष्ण कडायत, सुदूर पश्चिम प्रदेश समितिका सल्लाहकार रामचन्द्र भट्ट, पूर्व कैलाली जिल्ला सचिव डिल्लीराज जोशी अतिथि हुनुहुन्थ्यो । सम्मेलनमा अतिथि एवम् सहभागीलाई जिल्ला शाखा सदस्य दीपिका भट्टले स्वागत गर्नुभएको थियो ।

सम्मेलनले दीपिका भट्ट अध्यक्ष, सागर कुश्मी उपाध्यक्ष, तेजराज कापडी सचिव, अञ्जना श्रेष्ठ सहसचिव एवम् कोषाध्यक्षमा सरस्वती साउदलाई निर्विरोध निर्वाचित गरेको छ । त्यसरी नै जिल्ला शाखा सदस्यमा मेर्जन शाही, योगराज आचार्य, कोपिला शर्मा कल्प, अशोक बोहरा, हेम मिश्र, लोकेश खनाल, हेम मिश्र एवम् दीपकबहादुर सिंहलाई चयन गरेको छ भने तीन सदस्य पद रिक्त रहेको छ ।

प्रलेस बाँकेको सातौँ सम्मेलन सम्पन्न


नेपालगञ्ज । प्रगतिशील लेखक सङ्घ बाँकेको सातौँ जिल्ला सम्मेलन २०७८ फागुन २८ गते शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ ।
सम्मेलनबाट सर्वसम्मत रूपले पुष्पमणि प्रधानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा चरित्रा शाह, सचिवमा गणेशा कार्की, सहसचिवमा फणीन्द्र आचार्य, कोषाध्यक्षमा कल्पना पौडेल जिज्ञासु तथा सदस्यहरूमा विष्णु केसी, प्रकाश गिरि, लता शर्मा, पृयङ्का वैश्य, जगदीश ढकाल, केशव निमेष र भूपेन्द्र सुवेदी रहनुभएको छ ।
सम्मेलनको उद्घाटन समारोहमा बाँके शाखाका संस्थापक अध्यक्ष ओमप्रकाश शर्माले गर्दै सम्पूर्ण वामपन्थी लेखकहरूको एकताको एक मात्र वैचारिक थलोको रूपमा हालसम्म रहेको सङ्गठन प्रलेसको समाजमा महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा प्रलेस केन्द्रीय पार्षद कल्पना पौडेल जिज्ञासु, पूर्वकेन्द्रीय सदस्यहरू डा. इन्द्र भन्डारी, महानन्द ढकाललगायतका अतिथिहरूले शुभकामना दिनुभएको थियो ।
उद्घाटन समारोहको अध्यक्षता अध्यक्ष पङ्कज श्रेष्ठले र सञ्चालन सचिव शशिराम कार्कीले गर्नुभएको थियोे ।

प्रलेस सिन्धुपाल्चोकको छैटौँ जिल्ला सम्मेलन सम्पन्न


चौतारा । प्रगतिशील लेखक सङ्घ सिन्धुपाल्चोकको छैटौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष जगत्प्रसाद रेग्मीको प्रमुख आतिथ्य तथा निवर्तमान अध्यक्ष यदुनाथ कोइरालाको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।
नयाँ जिल्ला समिति चयन गर्न तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । अध्यक्ष मण्डलमा गङ्गा पौडेल, जीवनप्रसाद श्रेष्ठ र सुरेश कसजु रहनुभएको थियो ।
सम्मेलनले निर्मल बस्नेत अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिवमा दिल कार्की, सहसचिवमा दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा हेमन्त प्रधान तथा सदस्यहरूमा ज्ञानेन्द्र तिमल्सिना, केशव अधिकारी, रमेश पौडेल, मञ्जु नेपाल र उद्धव प्याकुरेल रहनुभएको छ ।
सदस्यको तीन स्थान पछि पूर्ति गर्ने गरी रिक्त राखिएको छ ।

प्रलेस उदयपुरको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न


गाईघाट । प्रगतिशील लेखक सङ्घ उदयपुरको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । २०७८ फागुन २७ गते शुक्रबार सम्मेलन सम्पन्न भएको हो ।
अधिवेशनमा प्रमुख अतिथि प्रलेसका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरले उद्घाटन गर्नुभएको थिया् । सम्मेलनमा संविधान सभा सदस्य मोहन खत्रीलगायतको आतिथ्य रहेको थियो ।
अधिवेशनले अध्यक्षमा पुनः माधव पोखरेल (गोज्याङ्ग्रे्रे) लाई निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सम्झना राई (असफल), सचिवमा श्याम ढुङ्गाना, सहसचिवमा नारायण थापा र कोषाध्यक्षमा अनिल घिमिरे निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा चन्दूनारायण चौधरी, शारदा भट्टराई, हर्कनारायण श्रेष्ठ, खिलबहादुर घिमिरे, फणिन्द्र विक, मुना खत्री, उषा राई, विदुर कटुवाल र भीमबहादुर खत्री उर्फ घाँसे निर्वाचित भएको घिमिरले बताउनुभयो ।
सम्मेलनमा प्रलेस उदयुरका पूर्व अध्यक्षहरू कोविद् काफ्ले, दुर्गा थापा, मधुकर थापालाई सम्मान गरिएको थियो । सो अवसरमा साहित्यकार नन्दलाल आचार्य, भवानी खतिवडा, टङ्क आलेमगरलाई पनि सम्मान गरिएको थियो ।

प्रलेस भक्तपुरको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न


भक्तपुर । प्रगतिशील लेखक सङ्घ भक्तपुरको पाँचौँ जिल्ला सम्मेलन २०७८ फागुन २७ गते सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा प्रलेसमा पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार मातृका पोखरेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज झगिन्द्रराज ढकाल पारस, केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष जगत्प्रसाद रेग्मी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नन्दु उप्रेती, लेखक तथा विश्लेषक निर्मलकुमार भट्टराईलगायतका अतिथिहरूको आतिथ्य रहेको थियो ।
निर्वतमान अध्यक्ष ढी.पी. ढकालको अध्यक्षतामा अघि बढेको सो सम्मेलनले गणेश घिमिरे अध्यक्ष रहनुभएको २१ सदस्यीय प्रलेस भक्तपुरको जिल्ला समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष रामशरण दाहाल, सचिव बाबुकाजी श्रेष्ठ, सहसचिव जयन्ता पोख्रेल तथा कोषाध्यक्षमा छन्दविज्ञान निरौला रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा राजकुमार लामिछाने, सुशिला ढकाल, बुद्धिबहादुर घो, कमल मिश्र, नारायण राजथला, माया दोङ, राजेश्वरी शिल्पकार, प्रदीपजामुना श्रेष्ठ, युवराज ढकाल, लक्ष्मी थापा, ईश्वरीप्रसाद शर्मालगायत रहनुभएको छ ।
सदस्यको पाँच स्थान रिक्त राखिएको छ ।

प्रलेस अर्घाखाँचीको तेस्रो सम्मेलन सम्पन्न

सन्धिखर्क । प्रगतिशील लेखक सङ्घ अर्घाखाँचीको तेस्रो सम्मेलन सम्पन्न भएको छ । २०७८ साल फागुन २६ गते सन्धिखर्कस्थित योगा हलमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन केन्द्रीय पार्षद बिजुला रायमाझीले गर्नुभएको थियो । सो अवसरमा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुरकुमार विक, लुम्बिनी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष लीलानाथ ढुङ्गाना, पाणिनी बहुमुखी क्याम्पसका पूर्वप्रमुख ज्ञानबहादुर केसी, निवृत्त राष्ट्रसेवक समाज अर्घाखाँचीका अध्यक्ष विष्णुप्रसाद भुसाल, जिल्ला वन अधिकृत शिला पोख्रेल र वामपन्थी बुद्धिजीवी कुलचन्द्र मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनको अध्यक्षता कमलप्रसाद घिमिरेले, सञ्चालन भेषबहादुर केसीले र स्वागत हृदय भुसालले गर्नुभएको थियो ।
सम्मेलनले कमलप्रसाद घिमिरे अध्यक्ष रहनुभएको १५ सदस्यीय जिल्ला समिति र नौ सदस्यीय सल्लाहकार गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिजुला रायमाझी, सचिवमा भेषबहादुर केसी, कोषाध्यक्षमा जीवनारायण खनाल र सहसचिवमा हृदय भुसाल रहनुभएको छ ।
त्यसैगरी, सदस्यमा भीमलाल आचार्य, कमल घिमिरे, माधवा भुसाल, कृष्णप्रसाद भुसाल, सविता आचार्य, ईश्वरा पराजुली, माया ज्ञवाली, कुशुमा अधिकारी, कमला गैरे भुसाल र मीना पन्थी रहनुभएको छ ।
सम्मेलनले पीताम्बर भट्टराई, नारायण शास्त्री, कुचलन्द्र मरासिनी, शालिकराम आचार्य, बुद्धिराम भुसाल, शिला ढुङ्गाना, नेत्र ढुङ्गाना, ज्ञानबहादुर केसी र विष्णुप्रसाद भुसाललाई सल्लाहकारमा चयन गरेको छ ।प्रलेस अर्घाखाँचीको तेस्रो सम्मेलन सम्पन्न
सन्धिखर्क । प्रगतिशील लेखक सङ्घ अर्घाखाँचीको तेस्रो सम्मेलन सम्पन्न भएको छ । २०७८ साल फागुन २६ गते सन्धिखर्कस्थित योगा हलमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन केन्द्रीय पार्षद बिजुला रायमाझीले गर्नुभएको थियो । सो अवसरमा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुरकुमार विक, लुम्बिनी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष लीलानाथ ढुङ्गाना, पाणिनी बहुमुखी क्याम्पसका पूर्वप्रमुख ज्ञानबहादुर केसी, निवृत्त राष्ट्रसेवक समाज अर्घाखाँचीका अध्यक्ष विष्णुप्रसाद भुसाल, जिल्ला वन अधिकृत शिला पोख्रेल र वामपन्थी बुद्धिजीवी कुलचन्द्र मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनको अध्यक्षता कमलप्रसाद घिमिरेले, सञ्चालन भेषबहादुर केसीले र स्वागत हृदय भुसालले गर्नुभएको थियो ।
सम्मेलनले कमलप्रसाद घिमिरे अध्यक्ष रहनुभएको १५ सदस्यीय जिल्ला समिति र नौ सदस्यीय सल्लाहकार गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिजुला रायमाझी, सचिवमा भेषबहादुर केसी, कोषाध्यक्षमा जीवनारायण खनाल र सहसचिवमा हृदय भुसाल रहनुभएको छ ।
त्यसैगरी, सदस्यमा भीमलाल आचार्य, कमल घिमिरे, माधवा भुसाल, कृष्णप्रसाद भुसाल, सविता आचार्य, ईश्वरा पराजुली, माया ज्ञवाली, कुशुमा अधिकारी, कमला गैरे भुसाल र मीना पन्थी रहनुभएको छ ।
सम्मेलनले पीताम्बर भट्टराई, नारायण शास्त्री, कुचलन्द्र मरासिनी, शालिकराम आचार्य, बुद्धिराम भुसाल, शिला ढुङ्गाना, नेत्र ढुङ्गाना, ज्ञानबहादुर केसी र विष्णुप्रसाद भुसाललाई सल्लाहकारमा चयन गरेको छ ।

प्रलेस झापाको दशौँ जिल्ला सम्मेलन


भद्रपुर । प्रगतिशील लेखक सङ्घ झापाको दशौँ जिल्ला सम्मेलन २०७८ फागुन २१ गते बिर्तामोडमा सम्पन्न भएको छ ।
सम्मेलनले लीलाप्रसाद अधिकारीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष आरती पोखरेल, सचिव विन्दु दाहाल, सहसचिव ज्ञानेन्द्र ढुङ्गाना, कोषाध्यक्ष मायामितु नेउपाने तथा सदस्यमा वीरेन्द्र खड्का, मीना अधिकारी, तोयानाथ काफ्ले र दिलिप घिमिरे चयन हुनुभएको छ ।
सदस्यमा चार स्थान रिक्त राखिएको बताइएको छ ।
केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष डा. देवी दुलालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा प्रदेश सचिव राजेन्द्र सर्वहारा, भवानी क्षेत्री, पुण्यप्रसाद खरेल, कमल गुरागाईं, तीला लेकाली आदिको पनि आतिथ्य रहेको थियो ।
सम्मेलन समितिका अध्यक्ष राजेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा तथा सचिव लीलाप्रसाद अधिकारीको सञ्चालनमा अघि बढेको थियो । कार्यक्रममा स्वागत मन्तव्य आरती पोखरेलले राख्नुभएको थियो ।
कार्यक्रममा दुई जना स्रष्टाहरू मेची क्याम्पसका उपप्राध्यापक पुण्य खरेल तथा प्रगतिशील साहित्यकार सुमित्रा वाङ्देल चेलीलाई सम्मान गरिएको थियो ।

प्रलेस रुपन्देहीको नवौँ सम्मेलन सम्पन्न


बुटवल ।
प्रगतिशील लेखक सङ्घ रुपन्देहीको नवौँ जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ ।
२०७८ फागुन २१ गते शनिबार सम्पन्न सम्मेलनले कविराज पौडल अध्यक्ष रहेको १५ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । सर्वसम्मत रूपमा चयन भएको समितिको उपाध्यक्षमा श्यामलाल पोखरेल, ह्दय लेकाली र यज्ञप्रसाद न्यौपाने, सचिवमा कृष्ण गाउँले, सहसचिवमा सीता काफ्ले र कोषाध्यक्ष हिरालाल धामी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा टेकराज भुसाल, माधवप्रसाद पौडेल, गणेश घिमिरे, होमराज भुसाल, दीपक न्यौपाने, यज्ञलाल सुवेदी, सिर्जना खनाल र गीतारानी बराल रहनुभएको छ ।
केन्द्रीय सल्लाहकार प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा साहित्यकार रामचन्द्र भट्टराई, प्राज्ञ बुँद राना, प्रलेसका पूर्व अध्यक्ष डा. मुरारी पराजुली, देवेन्द्र घिमिरे, राजमो नेता दुर्गानाथ खरेल, नेकपा (एमाले) का शोभाखर पोखरेल, नेकपा (माओवादी केन्द्र) का सुदीप न्यौपाने, नेकपा (एकीकृत समाजवादी) का सिद्विचरण भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता, सचिव श्यामलाल पोखरेलको सञ्चालन र उपाध्यक्ष कविराज पौडेलको स्वागतमा अघि बढेको सम्मेलनमा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक बसतराज खनाल र प्रा.डा. कपिलदेव लामिछानेले बधाइ दिनुभएको थियो ।
कार्यक्रममा प्रलेस रुपन्देहीले प्रकाशन गरेको भाग ४ पुस्तकको विमोचन गरिएको थियो ।

प्रलेस रुकुम पश्चिमको तेस्रो सम्मेलन सम्पन्न


मुसिकोट । प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमको तेस्रो जिल्ला सम्मेलन २०७८ माघ ७ गतेका दिन मुसिकोट बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
प्रलेस रुकुमका अध्यक्ष कमप्रसाद देवकोटाको अध्यक्षता रहेको उक्त सम्मेलनको प्रमुख अतिथिमा प्रलेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष गिरीप्रसाद बुढा हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सदस्य एक्कबहादुर केसी, सिभ्रतु क्याम्पसका पूर्वक्याम्पस प्रमुख चन्द्रा ओली, यमुना नन्द नमुना मावि सेरीगाउँका प्रअ दामोदर पौडेल, नेपाल पत्रकार महासङ्घ रुकुमका प्रतिनिधि तथा रेडियो सानीभेरीका समाचारदाता परिचन्द्र खत्री, कान्तिपुर टेलिभिजनका संवाददाता महेश केसीलगायत हुनुहुन्थ्यो ।
राष्ट्रिय गान तथा सहिदप्रति एक मिनेट मौनधारणपश्चात सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन प्रलेस रुकुम पश्चिमका सचिव मनलाल ओलीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमको समापनपश्चात सम्मेलनको बन्दसत्र कार्यक्रम प्रारम्भ भएको थियो । गिरीप्रसाद बुढा, कमप्रसाद देवकोटा र हरिविष्णु ओली रहेको तीन सदस्यीय अध्यक्ष मण्डलमा बन्दशत्रको अध्यक्षता गिरीप्रसाद बुढाले गर्नुभएको थियो भने बन्दशत्रको सञ्चालन हरिविष्णु ओलीले गर्नुभएको थियो ।
बन्दसत्रमा सचिव मनलाल ओलीले प्रलेस रुकुमको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहसचिव खेमराज खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रलेसको तेस्रो जिल्ला सम्मेलनबाट सर्वसम्मत ढङ्गले मनलाल ओलीको अध्यक्षतामा नौ सदस्यीय प्रलेसरुकुम पश्चिमको जिल्ला समिति निर्माण भएको छ । सम्मेलनबाट उपाध्यक्षमा वीरबहादुर केसी, सचिवमा खेमराज खड्का, सहसचिवमा प्रताप सुनार, कोषाध्यक्षमा कुवेर मल्ल र सदस्यमा छविलाल खड्का, हरिपवन पहर खड्का, सत्यनारायण श्रेष्ठ र गोपाल केसी निर्वाचित हुनुभएको छ ।
साथै सम्मेलनबाट पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ, जसमा नदीराम केसी, चन्द्रा ओली, कमप्रसाद देवकोटा, मुकुन्दप्रसाद शर्मा र हरिविष्णु ओली रहनुभएको छ ।

प्रलेस तेह्रथुमको जिल्ला सम्मेलन सम्पन्न

प्रगतिशील लेखक सङ्घ तेह्रथुमको जिल्ला सम्मेलन २०७८ असोज १६ गते शनिबारको दिन सम्पन्न भएकोछ । प्रलेस १ नं. प्रदेश समितिका सहसचिव दिनेश थापाको प्रमुख आतिथ्यमा आठराई गाउँपालिकाको सङ्क्रान्ति बजारमा सो सम्मेलन सम्पन्न भएको हो ।
जिल्ला अध्यक्ष रविमान लम्जेलको अध्यक्षतामा सम्पन्न सम्मेलनले देवीप्रसाद सङ्ग्रौला अध्यक्ष रहेको प्रलेस तेह्रथुमको नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नवीनकुमार बस्नेत, सचिवमा दयासागर ढुङ्गेल, सहसचिवमा धनिचन्द्र लिम्बु र कोषाध्यक्षमा दिलकुमारी बुढाथोकी रहनुभएको छ ।
समितिको सदस्यमा रोसन खुलाल, अनिता अधिकारी, छतिमाया तिम्सिना, मित्र नेपाली, नारायण गौतम, देवीप्रसाद चापागाईं, देवी अभिशेष डाँकी र यशोदा तिवारी रहनुभएको छ ।
सम्मेलनले रविमान लम्जेल, भीमप्रसाद घिमिरे, प्रेमप्रसाद पौडेल, विजयसागर कन्दङ्गा, भानुभक्त सिटौला, गोविन्दराज श्रेष्ठ र राम तिम्सिना रहनुभएको छ ।

प्रलेस रुकुम पश्चिमद्वारा भर्चुअल अन्तरक्रिया सम्पन्न

रुकुम पश्चिम । २०७८ जेठ १५ गतेका दिन प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमको आयोजनामा “गणतन्त्रको स्थापनामा प्रगतिशील स्रष्टाको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरी हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रलेसका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, प्रलेस केन्द्रीय सल्लाहकार रामप्रकाश पुरी, प्रलेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद भण्डारी, राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रलेस नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढा हुनुहुन्थ्यो । त्यसैगरी अन्य अतिथिमा साहित्यकार मनोहर लामिछाने, साहित्यकार पूर्ण ओली, लेखक तथा साहित्यकार चन्द्रा ओलीलगायतका हुनुहुन्थ्यो ।
राष्ट्रिय गान तथा सहिदप्रतिको मौनधारणपश्चात अगाडि बढेको यस कार्यक्रममा साहित्यकार तथा प्रगतिशील लेखक सङ्घ रुकुमका अध्यक्ष कमप्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको कार्यप्रत्रमाथि साहित्यकार पूर्ण ओली र साहित्यकार चन्द्रा ओलीले विशेष टिप्पणी गर्नुभएको थियो भने अन्य प्रमुख अतिथि तथा सबै अतिथिले पनि कार्यपत्रमाथि आवश्यक सुझावसहित आआफ्ना भनाइ राख्नुभएको थियो ।
यसै क्रममा आफ्नो सुझाव तथा भनाइ राख्दै साहित्यकार रामप्रकाश पुरीले प्रगतिशील लेखकको मुख्य उद्देश्य वर्तमान विकृतिसँग लड्न सक्ने क्षमताको विकास गर्ने हुनुपर्दछ भन्दै व्यक्ति भगवान हुन नसक्ने भएकाले समाजमा जनताकोे शक्तिलाई नै स्थान दिने दृष्टिकोण प्रगतिशील लेखक सङ्घको हुनुपर्दछ भन्ने कुरा प्रष्ट पार्नुभयो ।
त्यसैगरी प्रमुख अतिथिको आसनबाट बोल्दै प्राडा जीवेन्द्र देव गिरीले ऐना ऐनाको लागि होइन, हेर्नका लागि हो भन्दै प्रगतिशील लेखकले कलालाई जीवन र जनसमुदायको हितका लागि लिनुपर्दछ भन्ने धारणा ब्यक्त गर्नु भयो ।
प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमका अध्यक्ष कमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा साहित्यकार मनिराम खनालले समसामयिक कविता वाचन गर्नुभएको थियो ।
प्रलेस रुकुम पश्चिमका सल्लाहकार नन्दराम देवकोटाको स्वागत मन्तव्य रहेको यस कार्यक्रमको सञ्चालन सचिव मनलाल ओलीले गर्नुभएको थियो ।


तिजको सन्दर्भमा सकारात्मक पाटो गौण हो : निनु चापागाईं

काठमाडौँ । वरिष्ठ समालोचक निनु चापागाईंले तिजको सन्दर्भमा सकारात्मक पाटो गौण भएको बताउनुभएको छ । ‘तिजका सकारात्मक पाटा छन्’ उहाँले भन्नुभयो– ‘तर ती सकारात्मक पाटा तिजको मुख्य पक्ष होइन, बरु नकारात्मक पाटा नै मुख्य पाटो हो ।’
प्रगतिशील लेखक सङ्घ काठमाडौँको आयोजनमा २०७७ साउन ३० गते आयोजित भर्चुअल अन्तरक्रियामा अतिथि वक्ताको रूपमा मन्तव्य राख्दै उहाँले तिज मूलतः धार्मिक चाड भएको बताउनुभयो । ‘तिज मूलतः हिन्दु उच्चजातिका महिलाको पर्व हो’ उहाँले अगाडि भन्नुभयो– ‘व्यावहारिक रूपबाट हेर्ने हो भने तिज आम महिलाको पर्व होइन ।’ उहाँले तिजलाई लिङ्गवादी चाड बताउनुभयो । ‘तिज महिलाहरूको लिङ्गवादी चाड हो, ठिक त्यसैगरी, जसरी जनैपूर्णिमा पुरुषवादी पर्व हो’ उहाँले भन्नुभयो ।
स्वस्थानी कथाकै अर्को स्वरूप तिजको प्रसङ्गमा पनि आएको बताउँदै उहाँले हिन्दु धर्मको महिलाप्रतिको दृष्टिकोण भानुभक्तको “बधुशिक्षा” मार्फत् प्रकट भएको बताउनुभयो । उहाँले तिजलाई होइन, प्रगतिशील सोच राख्नेहरूले ८ मार्चलाई महिलाको महान् पर्वको रूपमा मनाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रगतिवादीहरू ‘इभोल्युसन (विकासवाद) तर्फ होइन, रिभोल्युसन (क्रान्ति) तर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले समाजमा विद्यमान धार्मिक रीतिरिवाजले महिलालाई कमजोर रूपमा प्रस्तुत गरेको बताउनुभयो । ‘स्थिति कहाँसम्म पुगेको छ भने यस्तो शिक्षाबाट स्वयम् महिलाले नै आफूलाई हीन, कमजोर महशुस गर्न थालेका छन्’ महिलानेतृ पुनले भन्नुभयो । तिजको सन्दर्भमा पतिको दीर्घायुका लागि ब्रत बस्ने र रजस्वलासँग जोडिएको पापको प्रसङ्ग अत्यन्तै रूढीवादी तथा अन्धविश्वासपूर्ण भएको बताउनुभयो ।
‘तिजमा ब्रत बसेर पतिको आयु लम्बिदैन’ पुनले अगाडि भन्नुभयो– ‘कहिलेकाहीँ ब्रत बस्दा स्वास्थ्यलाभ हुन सक्छ, यसरी ब्रत बस्ने महिलाको आयु लम्बिन सक्छ ।’ उहाँले वास्तवमा पतिपत्नीको माझमा मायाप्रेम र सुमधुर सम्बन्ध कायम भएमा उनीहरू दुवै दीर्घायु हुन सक्ने बताउनुभयो । ब्रत र रजस्वलाका बारेमा शहरमा बस्ने पढेलेखेका महिलामा नै अन्धविश्वास रहेको बताउँदै पुनले भन्नुभयो– ‘शहरकै महिला रजस्वला भएका बेला बगैँचामा जान्नन्, त्यहाँको फलफूलको बोटलाई छुँदैनन् ।’ उहाँले ब्रतप्रतिको विश्वास शहरमा पनि त्यत्तिकै रहेको बताउनुभयो ।
अर्का वक्ता डा. यादेवी ढकालले तिजको अवसरमा मनको वेदना पोख्न पाइने, माइत जान पाइने भए पनि अहिलेको तिज पुँजीवाद र उपभोक्तावादले गाँजिएको बताउनुभयो । ‘एनजिओले दर खुवाइदिएपछि तिज महिनौँसम्म मनाउन थालिएको छ’ डा. ढकालले भन्नुभयो– ‘तिज अहिले पुँजीवादी बजारद्वारा मार्गनिर्देशित हुँदै छ ।’ तिजलाई पूर्णतः बहिष्कार गर्नुभन्दा त्यसमा सामेल भएर रूपान्तरणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले चाडवाड, लोकमिथकमा भएका सकारात्मक पक्षलाई ग्रहण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले सकारात्मक पक्ष जहाँ, जुन रूपमा भए पनि त्यसको प्रगतिशील उपयोगतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
महासचिव समीर सिंह, कोषाध्यक्ष प्रा.डा धु्रवकुमार घिमिरे, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू मातृका पोखरेल, अमर गिरीसमेतको आतिथ्यता रहेको सो कार्यक्रमको अध्यक्षता प्रलेस काठमाडौँका अध्यक्ष कौशिला रिसालले गर्नुभएको थियो । सचिव सुवास जिसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपाध्यक्ष देवकुमारी लुइटेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य ज्ञानु विद्रोहीले फ्लोरबाट उठेका प्रश्नको संयोजन गर्नुभएको थियो ।

रुकुम पश्चिमद्वारा पुष्पलाल स्मृति तथा परिचर्चा कार्यक्रम सम्पन्न

मुसिकोट । प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमको आयोजनामा ४२ औँ पुष्पलाल स्मृतिदिवसका साथै ‘प्रगतिशील विचारको संस्थापनमा पुष्पलालको योगदान’ विषयमा परिचर्चा कार्यक्रम २०७७ साउन ७ गते रुकुमको सदरमुकाम मुसिकोट खलङ्गामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रलेसका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष गिरीप्रसाद बुढा हुनुहुन्थ्यो । प्रलेस रुकुम पश्चिमका अध्यक्ष कमप्रसाद देवकोटाको अध्यक्षता तथा कोषाध्यक्ष कुबेर मल्लको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय उपाध्यक्ष नन्दराम देवकोटा, कर्णाली साहित्य परिषद्का अध्यक्ष खेमराज खड्कालगायतका हुनुहुन्थ्यो ।
कार्यक्रममा कमप्रसाद देवकोटाले कार्यपत्र पेश गर्नुभएको थियो । कार्यपत्रको समीक्षा साहित्यकार हरिप्रसाद खनालले गर्नुभएको थियो । उक्त कार्यक्रममा अन्य उपस्थित स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रलेस रुकुम पश्चिमका सचिव मनलाल ओलीले गर्नुभएको थियो ।

चितवन घटनाबारे प्रलेस मकवानपुरको प्रेसवक्तव्य


हेटौँडा । चितवनको माडी नगरपालिकाअन्तर्गत कुुसुमखोला बस्तीमा चितवन राष्ट्रिय निकुन्जले आगो लगाउँदै त्यहाँका निवासीलाई घरवारबिहीन गराएपछि त्यसको विरोधमा प्रगतिशील लेखक सङ्घ मकवानपुरले प्रेसवक्तव्य जारी गर्दै विरोध गरेको छ ।
प्रलेस मकवानपुरका अध्यक्ष शान्ति प्रियबन्दना र सचिव विशाल अधिकारी (आशुतोष) को हस्ताक्षरमा २०७७ साउन ६ गते जारी उक्त प्रेसवक्तव्यमा अहिले वामपन्थी सरकारको बाहुल्यता रहेको अवस्थामा उल्टै जनतालाई घरवारविहीन बनाउनुलाई घृणित र निन्दनीय बताइएको छ ।
उक्त घटनाको निस्पक्ष छानबिनको माग गर्दै दोषीलाई प्रलेस मकवानपुरले हदैसम्मको कारबाही र पीडित परिवारलको पुनर्वासको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

महोत्सवकै मञ्चबाट कुर्लिए श्रष्टाहरू


सिन्धुली । भारतीय विस्तारवादको विरोध गर्दै प्रगतिशील लेखक सङ्घ सिन्धुलीका कवि, कलाकार, लेखकहरू सम्मिलित श्रष्टाहरूको राष्ट्रिय जागरण समूहले सिन्धुली–खुर्कोट सडकमा कविता वाचन कार्यक्रम सम्पन्न गरेका छन् । 
२०७६ पुस १२ गते बिहान १० बजे सिन्धुली सदरमुकामबाट थालिएको श्रष्टाहरूको सीमा अतिक्रमणका विरूद्ध सडकमा श्रष्टा अभियान बिपी राजमार्गका चियाबारी, सेल्फीमोड, खनियाँखर्क आदि स्थान हुँदै खुर्कोट महोत्सव आयोजकले उपलब्ध गराइएको एकघण्टा समय उपयोग गर्दै मञ्चबाट भारतीय विस्तारवादको घोर विरोध गरिएका राष्ट«वादी साहित्यिक रचना, गीत, गजल, मुक्तक, कविता वाचन गरिएको थियो । अभियान कार्यक्रममा प्रलेस सिन्धुलीका अध्यक्ष टङ्कध्वज थापाको नेतृत्वमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं श्रष्टा द्वारिका काफ्ले, प्रलेस रामेछापका अध्यक्ष धन योञ्जनको विशेष गरिमामय उपस्थितिसहित जिल्लाका विभिन्न विधाका सिध्दहस्त श्रष्टाहरू धनमाया रार्इ, केशवप्रसाद फुँयाल, खडानन्द तिमिल्सिना, पुरुषोत्तम बराल, सुरज कोइराला, अग्रिम अधिकारी सार्थक, नन्दलाल श्रेष्ठ भावुक, सन्ध्या देवकोटा, सावित्रा उमरा, चन्द्र श्रेष्ठलगायतको सहभागिता एवं प्रस्तुति रहेको थियो ।

प्रलेसको आयोजनामा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी 

बुटवल । प्रगतिशील लेखक सङ्घ रुपन्देहीले आयोजना गरेको बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी कार्यक्रम सकिएको छ । मङ्सिर २० गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी २२ गते आइतबार सकिएको हो ।
बुटवलमा पहिलो पटक नयाँ प्रकृतिको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी आयोजना गरिएको थियो । बुटवलस्थित हिलपार्क गेट अगाडि आयोजना गरिएको उक्त प्रदर्शनीको आठ हजारजनाले अवलोकन गरेका छन् । तीन दिनसम्म सञ्चालित पुस्तक प्रर्दशनीमा करिब चार लाखका पुस्तकहरू बिक्री भएको आयोजक संस्थाका अध्यक्ष दलबहादुर गुरुङले बताउनुभएको छ । पाठ्यक्रमबाहेकका साहित्य, कला, संस्कृति र सङ्गीतसँग सम्बन्धित पुस्तकहरू प्रदर्शन गरिएको थियो ।
यस क्षेत्रमा साहित्य अनुरागीहरूको सङ्ख्या बढे पनि पठन संस्कृति कमजोर भएकाले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको बताइएको छ । विशेष गरेर नयाँ पुस्तामा पठन संस्कृति बढीभन्दा बढी आबद्वता गराउने उद्देश्यले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीको आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताउनुभयो । पुस्तक प्रदर्शनी उत्साहपूर्वक सम्पन्न भएको र साहित्यप्रति नयाँ पुस्ता आर्कषित बनेको सचिव पोखरेलको दावी थियो ।
उक्त  पुस्तक प्रदर्शनीमा साहित्य, कला, संस्कृति, सङ्गीत, नारी चेतना, इतिहास, बालसाहित्य, प्रगतिशीलता, स्वास्थ्य, शहरलगायत विभिन्न दुई दर्जन विषयमा चर्चा गरिएको थियो । विभिन्न विषयसँग सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्री, साहित्यकार, लेखक, स्तम्भकार, सामाजिक अभियन्ताहरूले चर्चा गर्नुभएको थियो ।
प्रदर्शनीको पहिलो दिन ५ नं. प्रदेशका सामाजिक सुरक्षा मन्त्री सुदर्शन बरालका साथै घनश्याम कोइराला, डा. राजेन्द्र खनाल, जङ्गबहादुर शाह र दोस्रो दिन रामचन्द्र श्रेष्ठ, प्रा. दिल साहनी, प्रा. हुमाकान्त पाण्डेय, डा. मुरारी पराजुली, विमलबहादुर शाक्यले विभिन्न विषयमा चर्चा गर्नुभएको थियो । त्यस्तै, अन्तिम दिन सहप्राध्यापक ऋषिराम भुसाल, प्रा.डा. कपिलदेव लामिछाने, डा. लक्ष्मी पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यलगायतले विभिन्न विषयमा चर्चा गर्नुभएको थियो । प्रलेस रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पुस्तक प्रदर्शनीमा प्रलेसका केन्द्रीय अध्यक्ष, केन्द्रीय सदस्य र प्रलेस प्रदेशका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
तीन दिनसम्म चलेको उक्त साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा प्राज्ञ बुँद राना, वरिष्ठ आख्यानकार जङ्गबहादुर शाह, मिनबहादुर रानालगायत यस क्षेत्रका साहित्यकारले गीत, गजल, कविता वाचन गर्नुभएको थियो ।

सीमा अतिक्रमण विरुद्ध प्रलेस काभ्रेको कार्यक्रम

बनेपा । प्रगतिशील लेखक सङ्घ काभ्रे जिल्ला समितिले सीमा अतिक्रमणका विरुद्ध रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । २०७६ मङ्सिर २८ गते धुलिखेल बजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सीमा अतिक्रमणका विरुद्ध सरकार तदारुकताका साथ अघि नबढेकोमा आलोचना गर्दै गम्भीरतापूर्वक र उच्चस्तरमा पहलकदमी लिनुपर्ने भावका साथ कविहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । यसरी रचना वाचन गर्ने कविहरूमा शुभद्रा दाहाल, मीरा पौडेल, विष्णु पाण्डे घिमिरे, भवानी पाण्डे, ललिता अधिकारी, सरस्वती शर्मा सुवेदी, सुशीला विष्ट, शुभद्रा अधिकारी, लक्ष्मी सुवेदी, शारदा नेपाल, रमेश पौडेल, नवराल दाहाल उत्साही, शिवप्रसाद बञ्जारा, यदुनाथ देउपुरे, केदारनाथ आचार्यलगायत हुनु हुन्थ्यो ।

संविधान दिवसमा प्रलेस काठमाडौँको “सडकमा कविता”

काठमाडौँ । पाँचौँ संविधान दिवसको अवसर पारेर प्रगतिशील लेखक सङ्घ काठमाडौँले “सडकमा कविता” कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम २०७६ असोज ३ गते रत्नपार्कमा सम्पन्न भएको हो ।
प्रलेस काठमाडौँका अध्यक्ष कौशिला रिसालको स्वागत मन्तव्यपछि केन्द्रीय अध्यक्ष प्रा.डा. गिरीले कविता वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । जिल्ला समितिका उपाध्यक्ष देवु लुइँटेलको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा घनश्याम प्रसाई, गङ्गा आचार्य, शम्भुप्रसाद गजुरेल, दुर्योधन बस्नेत, राजेन्द्र घिमिरे, सुभाष जिसी, कौशिला रिजाल, झगिन्द्र ढकाल ‘पारस’, देबु लुइँटेल, सरिता खनाल र दिलिप पहाडीले कविता, गीत र गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा उपमहासचिव आर.सी. न्यौपाने र प्रलेस ३ नं. प्रदेशका अध्यक्ष जगत्प्रसाद रेग्मीले सङ्क्षिप्त मन्तव्य तथा प्रलेस काठमाडौँका सचिव सुभाष जिसीले धन्यवाद मन्तव्य राख्नुभएपछि महासचिव समीरसिंहले कार्यक्रमको समापन गर्नुभएको थियो ।

सिन्धुलीमा “गढीमा श्रष्टा” कार्यक्रम

सिन्धुली । प्रगतिशील लेखक सङ्घ सिन्धुलीको आयोजनामा अन्तर्राष्ट्रिय रचना वाचन सिन्धुलीगढीमा सम्पन्न २०७५ चैत्र १३ गते गते भएको छ । “गढीमा श्रष्टा” नाम दिइएको सो कार्यक्रम प्रलेस ३ नं. प्रदेश समितिका सदस्य एवं सिन्धुलीका अध्यक्ष टङ्कध्वज थापाको अध्यक्षता एवं सिक्किम गान्तोकका राधा बास्तोला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
प्रमुख अतिथि राधा बास्तोला पाण्डेले नेपाल र त्यसमा पनि विजयको इतिहास बोकेको सिन्धुलीगढीमा आएर नेपाली भाषाबाट रचनामा विद्रोह बोल्न पाएकोमा आफू गौरवान्वित भएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष थापाले ऐतिहासिक विजयको द्योतक सिन्धुलीगढीको खुल्ला आकाशमुनिबाट सामाजिक, राजनैतिक विकृति–विसङ्गतिका विरुद्ध श्रष्टाहरूद्वारा शब्द झटारो हान्नकै निम्ति “गढीमा श्रष्टा” कार्यक्रम आयोजना गरिएको र नेपालीभाषी श्रष्टा जहाँसुकै रहे पनि राष्ट्र र भाषाको माया नमर्ने भएकैले सिक्किमका श्रष्टालाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको बताउनुभयो । 
मूलतः दरवार परिसर खर्क, स्तम्भ खर्क, झण्डोत्तोलन खर्क र प्रवेशद्वार खर्क गरी चार खर्कमा बाँडिएको उक्त कार्यक्रममा चारैखर्कका बसाइँमा जिल्लाका प्रखर प्रगतिवादी साहित्यिक श्रष्टाहरू धनमाया राई, शारदाप्रसाद पहाडी, षडानन्द तिमिल्सिना, केदार देवकोटा, सन्ध्या देवकोटा सहयात्री, दिनेश पोखरेल, शर्मिला बस्नेत, सम्झना श्रेष्ठ, सर्वहारा दीपक, अस्मिता दाहालले रचना वाचन गर्नुभएको थियो ।

रचना वाचनसँगै समीक्षा कार्यक्रम

सिन्धुली । प्रगतिशील लेखक सङ्घ सिन्धुलीको आयोजनामा २०७६ साउन ४ गते जिल्लाका प्रगतिवादी श्रष्टाहरूको रचना वाचन र समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
प्रलेस सिन्धुलीका अध्यक्ष टङ्कध्वज थापाको सहजीकरणमा भएको सो कार्यक्रममा वाम बुद्धिजीवी एवं प्रगतिवादी श्रष्टा एकलाल श्रेष्ठले वाचन गरिएका रचनाको प्रगतिशीलता र वैचारिक सबलताका पक्षमा एक एक चिरफार गर्दै समीक्षा गर्नुभएको थियो । जिल्लाका प्रगतिशील श्रष्टाहरू शारदाप्रसाद पहाडी, हरि अधिकारी, खडानन्द तिमिल्सिना, केदारप्रसाद देवकोटा, धनमाया राई, कल्याण पहाडीलगायतको उपस्थिति रहेको सो कार्यक्रममा यस्ता कार्यक्रमको  आवश्यकता अझै रहेको धारणा व्यक्त गरिएको थियो । कार्यक्रम सिद्धबाबा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ेष्ठ नागरिक अध्यक्ष गोकर्ण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्तरसंवादबाट सम्झिए पुष्पलाल

प्रलेस सिन्धुलीको आयोजनामा वामपन्थी नेता पुष्पलालको एकचालिसौँ स्मृति दिवसको अवसरमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । २०७६ श्रावण ८ गते सिन्धुलीमाढीमा वाम बुद्धिजीवी, राजनीतिकर्मी, प्रगतिशील साहित्यकार, पत्रकारलगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
“वर्तमान सन्दर्भमा नयाँ जनवादी कार्यक्रम र क. पुष्पलाल” विषयक अन्तरसंवाद कार्यक्रमका आयोजक थिए– रूपान्तरणका लागि नागरिक अभियान सिन्धुली र प्रगतिशील लेखक संघ सिन्धुली । अन्तरसंवादका लागि केन्द्रीय वक्ताको रूपमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईलाई निम्त्याइएको थियो । ज्ञात–अज्ञात सहिदहरुको नाममा एकमिनेट मौनधारण र राष्ट्रिय गान गाएर कार्यक्रममो सुरुवात गरिएको थियो । रूपान्तरणका लागि नागरिक अभियान सिन्धुलीका संयोजक एकलाल श्रेष्ठको अध्यक्षता एवं प्रगतिशील लेखक संघ सिन्धुलीका अध्यक्ष टङ्कध्वज थापाको सञ्चालनमा सम्पन्न अन्तरसंवाद कार्यक्रमको उद्देश्यबारे नागरिक अभियानका अभियन्ता टोमप्रसाद काफ्लेले प्रकाश पार्नुभएको थियो ।

सिन्धुपाल्चोकको पाँचौँ जिल्ला सम्मेलन

प्रलेस सिन्धुपाल्चोकको पाँचौँ जिल्ला सम्मेलन २०७६ भदौ ३१ गते साँगागढीचोकमा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले यदुनाथ वसन्तपुरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हेमन प्रधान, सचिवमा निर्मल बस्नेत र कोषाध्यक्षमा सरस्वति अधिकारी रहनु भएको छ भने सदस्यहरूमा धनपति भण्डारी, रमेश पौडेल, अम्बिका नेपाल, दामोदर भारती, दीपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र तिमिल्सिना, मञ्जु नेपाल र यज्ञ दङ्गाल रहनु भएको छ ।
सम्मेलनमा प्रलेसका सचिवालय सदस्य झगिन्द्र ढकाल ‘पारस’, पूर्व केन्द्रीय अध्यक्ष मातृका पोख्रेल, पूर्व केन्द्रीय सचिव केशव नेपाल, जनसांस्कृतिक महासङ्घका सरल सहयात्री, प्रलेस ३ नं. प्रदेशका अध्यक्ष जगत्प्रसाद रेग्मी, प्रदेश समितिका सदस्य बैरागी जेठा, साहित्यकार जगन्नाथ आचार्य लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
निवर्तमान अध्यक्ष दिनेश दुलालको अध्यक्षता तथा सचिव टिका सुवेदीको सञ्चालन र उपाध्यक्ष शशि आचार्यको स्वागतमा सो सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनको अघिल्लो दिन भदौ ३० गते “समृद्धिको आधार, पर्यटन नै पूर्वाधार” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा श्रीहरि ढुङ्गाना प्रथम, मनिष बोहरा द्वितीय र विष्णुमाया तामाङ तृतीय हुनुभएको थियो भने सबिना केसीलाई सान्त्वना पुरस्कार दिइएको थियो ।

प्रगतिशील लेखक सङ्घ मकवानपुरका गतिविधि

२०७५ माघ २६ गते प्रगतिशील लेखक सङ्घ मकवानपुरको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले शान्ति प्रियवन्दनाको अध्यक्षतामा जिल्ला समिति गठन गरेको थियो । समितिमा उपाध्यक्ष केशव समर्पण, सचिव विशाल अधिकारी आशुतोष, सहसचिव चिरञ्जीवी लामिछाने, कोषाध्यक्ष डिबी बर्तौला, सदस्यहरू नानिमैया विष्ट, नारायणप्रसाद कँडेल र भावना सापकोटा रहनुभएको थियो ।
सातौँ जिल्ला अधिवेशनपछि बसेको कार्यसमितिको पूर्ण बैठकले कौशल पाण्डे, नवराज तिमल्सिना, निमेष निखिल र उमाकान्त आचार्यलाई सल्लाहकारमा चयन गरेको थियो ।
सातौँ अधिवेशन सम्पन्न भएको केही दिनमा नै उपाध्यक्ष केशव समर्पणले कार्यव्यस्तता देखाउँदै संस्थालाई समय दिन नसक्ने जानकारी गराएपछि संस्थाको सल्लाहकारसँगको सल्लाहमा पूर्ण बैठक बसी कार्यसमिति सदस्य नानिमैया विष्टलाई उपाध्यक्ष बनाउने निर्णय गरिएको थियो । साथै संस्थाको निर्णय अनुसार शुभलक्ष्मी विकलाई मनोनित सदस्य बनाइएको थियो भने थप एक जना मनोनित गर्न बाँकी रहेको छ । 

पहिलो कार्यक्रम – विचार प्रवाह, अन्तरसंवाद एवम् सम्मान समर्पण

२०७६ वैशाख १८ गते प्रलेस मकवानपुरले “मकवानपुरको मजदुर आन्दोलन ः विगत र वर्तमान” विषयक विचार प्रवाह, अन्तरसंवाद एवम् सम्मान समर्पण कार्यक्रम सङ्घका अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा सम्पन्न गरेको थियो । कार्यक्रममा मकवानपुरको मजदुर आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुहुने तीन जना मजदुर नेता तथा प्रलेस मकवानपुरका संस्थापक अध्यक्षलगायत सम्पूर्ण पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो । मकवानपुका मजदुर नेता रुद्र पाख्रिनलाई मरणोपरान्त गरिएको उक्त सम्मान उनकी श्रीमती राममाया पाख्रिनलाई प्रदान गरिएको थियो । माननीय सांसद विरोध खतिवडा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा मकवानपुरका पहिलो मजदुर नेता ललितकुमार बस्नेत प्रमुख वक्ता रहनुभएको थियो ।
कार्यक्रममा मजदुर नेताहरू ललितकुमार बस्नेत, रुद्र पाख्रिन (मरोणाप्रान्त), गोमादेवी तिमल्सिना, संस्थापक अध्यक्ष सम्राट तुम्बहाङ्फे, पूर्व जिल्ला अध्यक्षहरू सूर्यचन्द्र न्यौपाने, रमेशमोहन अधिकारी, भोगेन्द्र लुइँटेल, विवेक वाइबा र पुरुषोत्तम आचार्य ।

दोस्रो कार्यक्रम – अन्तरक्रिया

स्थानीय स्रोतसाधनलाई परिचालन गरेर धेरैभन्दा धेरै उपलब्धिमूलक कार्यक्रम गर्ने उद्देश्यका साथ कार्यसमितिको बैठकले “माक्र्सवादी दर्शन र साहित्य लेखन” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो । संस्थाले २०७६ साउन २५ गते मकवानपुर जिल्लाको हेटौँडास्थित साहित्य सङ्गमको हलमा उल्लेखित विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा साहित्यकार केदार न्यौपाने प्रमुख वक्ताका रूपमा रहनुभएको थियो । 
प्रलेस मकवानपुरका अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा भएको सो कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे, सर्जक सन्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, प्रलेसका केन्द्रीय पार्षद सुवास खनाल, आँचल साहित्य कलापुञ्ज मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष नानिमैया विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव विशाल अधिकारीले सञ्चालन गर्नुभएको थियो । करिब दुई घन्टा लामो कार्यक्रममा ५० भन्दा बढी सहभागी उपस्थित थिए । 

तेस्रो कार्यक्रम – कवि केशव सिलवालको एकल कविता साँझ

प्रलेस मकवानपुरको आयोजनामा २०७६ भदौ ७ गते मकवानपुर जिल्लाको हेटौँडामा रहेको क्लब हेटौँडा पार्टी प्यालेसमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता साँझ सम्पन्न भएको थियो । सङ्घका अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कवि सिलवालका कवितामाथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गर्नुभएको थियो । 
कार्यक्रममा सिलवालको व्यक्तित्व र कृतित्वमाथि कवि छम गुरुङ, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा दुई सयभन्दा बढीको सहभागिता रहेको थियो । 

चौथो कार्यक्रम – परिचर्चा

प्रलेस मकवानपुरको आयोजनामा भूपि शेरचनको ८५ औँ जन्मदिवसको अवसर पारेर २०७६ पौष १२ गते मकवानपुर जिल्लाको हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा “भूपि स्मरणको औचित्य” विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो । प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रगतिशील साहित्यकार एवम् पत्रकार नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । घनश्याम घिमिरे, निमेष निखिल र निरा शर्मा प्रमुख वक्ता रहेको कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

पाँचौं कार्यक्रम – पाँच कविका १५ कविता)

प्रलेस मकवानपुरको आयोजनामा २०७७ असार १४ गते कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर गरेर प्रविधि मार्फत् पाँच कविका १५ कविता शीर्षकमा कविगोष्ठी सम्पन्न गरियो । संस्थाकी अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कविहरू भूपिन, शकुन्तला जोशी, पुरुषोत्तम आचार्य, केवल विनाबी र एस. लामाले तीन÷तीन कविता सुनाउनुभएको थियो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल र प्रलेस केन्द्रीय पार्षद सुवास खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

बाँकेमा कविता सङ्ग्रह विमोचन

प्रलेस बाँकेले कवियत्री गणेशा विष्ट (कार्की) को कविता सङ्ग्रह ‘जीवनका छालहरु’ २०७४ असार १४ गते एक कार्यक्रममाझ विमोचन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि वाम विश्लेषक नरेन्द्रजङ्ग पिटर तथा विशेष अतिथि प्रलेसका पूर्व केन्द्रीय सदस्यहरू इन्द्रबहादुर भण्डारी र मणि अर्याल हुनुहुन्थ्यो । जिल्ला अध्यक्ष पङ्कजकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा बहुभाषिक कविगोष्ठी पनि गरिएको थियो । सोही समारोहमा प्रलेस बाँकेको मुखपत्र “परिवर्तन” को आठौँ अङ्क लोकार्पण गरिएको थियो ।  पत्रिकाको लोकार्पण प्रमुख अतिथि नरेन्द्रजङ्ग पिटरले गर्नुभएको थियो । त्यसैगरी प्रलेस बाँकेको आयोजनामा २०७६ भाद्र २८ गते दोस्रो पटक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कञ्चनपुरमा शुभकामना तथा रचना वाचन

प्रलेस कञ्चनपुरको आयोजनामा २०७६ वैशाख ११ गते चौधौँ लोकतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समितिको सभाकक्षमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रलेस कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षता तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहआयोजक गुगुल्डी वाङ्मय प्रतिष्ठान रहेको थियो ।
प्रलेस कञ्चनपुरका सचिव धर्मानन्द भट्टको सञ्चालनमा अघि बढेको कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष डा. पुष्करराज भट्ट, प्रलेस राष्ट्रिय परिषद् सदस्य कल्याण ओझा, प्रलेस सुदूर पश्चिमका उपाध्यक्ष चन्द्रकला पन्त, प्रलेस जिल्ला सल्लाहकार तथा गुगुल्डी वाङमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द र महाकाली साहित्य सङ्गमका अध्यक्ष हरिशप्रसाद जोशी विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षबाट स्वागत गरिएपछि दिप प्रज्ज्वलन गरी प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गरिएको थियो । राष्ट्रिय गान र एकमिनट मौनधारणसँगै प्रलेस प्रदेश समितिका सदस्य जगदीश ओझाले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा प्रलेस प्रदेश समिति सदस्यहरु नारायण लम्साल, कविराज भट्ट, जयदेव जोशी दार्चुले, साहित्यकार खगेन्द्र जोशी, पञ्चमराज भट्ट, समाजसेवी मदन चन्द, बलदेव अवस्थी, चुडामणी अवस्थी, सिद्धनारायण आचार्य, प्रेमबहादुर सिंह, प्रेमप्रसाद कलौनी, प्रतिभा भट्ट, शिवराज कलौनी, महेश पन्त, भरत चन्द, लक्ष्मण भट्ट, सुरेन्द्रप्रसाद जोशी, गङ्गाप्रसाद रिजाल लगायतले रचना वाचन गर्नुभएको थियो । 

साहित्यिक सङ्गोष्ठी तथा सचेतना

प्रदेश कञ्चनपुरद्वारा बेलौरी उद्योग वाणिज्य सङ्घको सभाकक्षमा २०७६ जेष्ठ १५ गतेका दिन गणतन्त्र दिवसको अवसर पारी साहित्यिक सङ्गोष्ठी तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला अध्यक्ष रमश पन्त मीतबन्धुको अध्यक्षता तथा राष्ट्रिय परिषद सदस्य कल्याण ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र नेपाल, प्रलेस पूर्व जिल्ला अध्यक्ष वीरबहादुर चन्द विश्राम तथा महाकाली बहुमुखी क्याम्पसमा प्राध्यापक विष्णुप्रसाद उपाध्याय विशिष्ट अतिथि रहनुभएको थियो । 
प्रमुख अतिथिबाट उद्घाटन गरिएपछि कार्यक्रममा विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता, रचना वाचन र कार्यपत्र प्रस्तुत गरिएका थिए । कविता वाचन प्रतियोगितामा रविसिंह धामी, ललिता गिरी, कोमल बजगाई, रेनु न्यौपाने, अभिनव रिजाल, अपेक्षा लम्साल, रमा मल्ल, सूचना विष्ट, हिमांशु दाहाललगायतका प्रतियोगीले भाग लिएका थिए । रामचन्द्र नेपाल, विष्णुप्रसाद उपाध्याय तथा कविराज भट्ट ‘विलौना’ निर्णायक रहेको सो प्रतियोगितामा कोमल बजगाई प्रथम, सूचना विष्ट द्वितीय, अभिनव रिजाल तृतीय र रेनु न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई नगद १,५००, १,०००, ७००, ५०० तथा प्रमाणपत्रका साथै सहभागी सबैलाई प्रमुख अतिथि र विशिष्ट अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो । 
कार्यक्रममा गङ्गाप्रसाद रिजालले “न्याय र समानताका लागि स्रष्टा योगदान” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । टिप्पणी लिखित रुपमा सङ्कलन गरिएको सो कार्यक्रम जिल्ला सचिव धर्मानन्द भट्टले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम संयोजक प्रलेस जिल्ला शाखा अध्यक्ष तारायणी न्यौपाने रहेको सो कार्यक्रमलाई बेलौरी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको थियो । कार्यक्रममा श्यामलाल सुवेदी, सिद्धनारायण आचार्य, धर्मानन्द भट्ट, गङ्गाप्रसाद रिजाल, कविराज भट्ट, कल्याण ओझा, रमेश पन्त, रामचन्द्र नेपाल, वीरबहादुर चन्दले रचना वाचन गर्नुभएको थियो ।

ललितपुरमा रचना वाचन

प्रलेस ललितपुरको प्रत्येक महिनाको अन्तिम शनिवार हुने रचना वाचन कार्यक्रमको पाँचौँ शृङ्खला २०७६ भदौ २८ गते नमुना मच्छिन्द्र मा.वि. लगनखेलमा सम्पन्न भयो । प्रलेस ललितपुरका अध्यक्ष शेखर अर्यालको सभापतित्वमा प्रलेस प्रदेश नं. ३ का सहइन्चार्ज पारस ढकाल तथा ललितपुरका इन्चार्ज डा. बालाकृष्ण अधिकारीको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा कविता, हाइकु, गजल, गीत वाचन गरिएको थियो । कार्यक्रममा कवि केशव सिलवाल, सुनिल पुरीलगायतका एक दर्जनभन्दा बढी स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गर्नुभएको थिए । रचना वाचनपछि डा. बालाकृष्ण अधिकारीद्वारा विविध कोणबाट समीक्षा गरिएको थियो । प्रदेश ३ का सहइन्चार्ज पारस ढकालबाट ललितपुरले गरेको नियमित रचना वाचन कार्यक्रमको प्रशंसा भएको थियो । वर्गीय विभेद, नारी उत्पीडन तथा समसामयिक विषयमा प्रगतिशील चेतना जागृत गराउने रचनाले सबैलाई उत्साहित र उत्प्रेरित गरेको थियो । कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव अभिनाश भण्डारीबाट गरिएको थियो ।

तनहुँमा पुस्तक परिचर्चा तथा सम्मान

प्रलेस तनहुँले दमौलीको एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको सभाहलमा २०७६ साउन ३२ गते शनिबारको दिन लेखनाथ न्यौपानेद्वारा लिखित पुस्तक ‘सङ्घर्षको इतिहास’ माथि परिचर्चा तथा जनगायक जीवन शर्मालाई सम्मानित गर्ने कार्यक्रम सम्पन्न ग¥यो ।
प्रमुख अतिथि प्रदेश सांसद माननीय आशा कोइराला, अध्यक्ष नारायण श्रेष्ठ र सञ्चालन विकास वि.क. रहेको यस कार्यक्रममा पुस्तकका लेखक लेखनाथ न्यौपाने तथा जनगायक जीवन शर्माबारे परिचयात्मक मन्तव्य राख्ने काम क्रमशः नवराज बराल र आनन्द सुन्दर श्रेष्ठले गर्नुभएको थियो । पुस्तक परिचर्चाकारमा डम्मर देव र शेषमणि आचार्य रहनुभएको थियो भने कार्यक्रमका अन्य सहभागी वक्ताहरूमा प्रलेस गण्डकीको तर्फबाट लोकबहादुर थापा, अनिल श्रेष्ठ, श्रीराम कार्की, श्रीप्रसाद श्रेष्ठलगायत करीब डेढ सय जनाको सहभागिता रहेको थियो ।

गोरखामा पुस्तक परिचर्चा कार्यक्रम

२०७६ साउन १८ गते गोरखामा लेखनाथ न्यौपानेद्वारा लिखित पुस्तक ‘सङ्घर्षको इतिहास’ बारे परिचर्चा कार्यक्रम सम्पन्न ग¥यो । 
प्रलेस गोरखाद्वारा आयोजित यस कार्यक्रमको प्रमुख अतिथि घनश्याम भुसाल रहनुभएको थियो भने अध्यक्षता विश्वेश्वर कटेल र सञ्चालन ठाकुरप्रसाद खनालले गर्नु भएको थियो । पुस्तकबारे परिचर्चा गर्ने कार्य प्रा.डा. हेमराज ढकाल तथा ऋषि खनालले गर्नुभएको थियो । लेखक तथा स्रष्टाहरूको बलियो उपस्थितिमा सम्पन्न यस कार्यक्रममा माक्र्सवादी दृष्टिकोणबारे धारणा राख्ने काम घनश्याम भुसालले गर्नुभएको थियो ।

प्रलेस काभ्रेद्वारा रचनात्मक कार्यक्रम

बनेपा । प्रगतिशील लेखक सङ्घ काभ्रेद्वारा आयोजित प्रथम रचना वाचन कार्यक्रम केन्द्रीय सदस्य भवानी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । २०७६ साउन ३२ गते सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि हुनु हुन्थ्यो, प्रलेस ३ नं. प्रदेशका अध्यक्ष जगतप्रसाद रेग्मी ।
अन्य अतिथिहरूमा प्रदेश नं. ३ प्रकाशन समितिका संयोजक बैरागी जेठा, प्रदेश नं. ३ की सदस्य रचना मोक्तान, शब्दयात्री प्रकाशनमा प्रतिनिधि शिवप्रसाद बन्जारा, रेडियो नेपालका लोकगायक मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, प्रलेस काभ्रेका सल्लाहकार तुयुकाजी ताम्राकार, रेडियो नमोबुद्धका हीरामान तामाङ, प्रदेश विकास परिषद्का सदस्य कुमार थापा, महानन्द सापकोटा, नुवाकोटका शिवप्रसाद आचार्य हुनु हुन्थ्यो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रलेस काभ्रेका उपाध्यक्ष केदारनाथ आचार्यले कविताको माध्यमबाट गर्नु भएको थियो । सहिदहरूको सम्मानमा भावपूर्ण श्रद्धाञ्जलीपछि कार्यक्रमको उद्घाटन जगतप्रसाद रेग्मीले कविता वाचनबाटै गर्नु भएको थियो । तेह«वटै स्थानीय तहबाट प्रतिनिधित्व रहेको सो कार्यक्रममा रचना वाचन गर्नेहरूमा हुनु हुन्थ्यो– रचना मोक्तान, सरस्वती चिमौरिया, कविराज तामाङ, सुवास जिम्बा, ललिता अधिकारी, सरस्वती शर्मा सुवेदी, वैरागी जेठा, लक्ष्मण सापकोटा, देवकी हुमागाई, सुभद्रा अधिकारी, साधुराम गिरी, केदारनाथ आचार्य, सुभद्रा दाहाल, बुद्धिमान योञ्जन, केदारनाथ तिमिल्सिना, मच्छेश्वर सापकोटा, सीताराम सागर, तुयुकाजी ताम्रकाकार, शिवप्रसाद आचार्य ।
जगतप्रसाद रेग्मी, शिव बन्जारा, कुमार थापा र बैरागी जेठाद्वारा मन्तव्य समेत राख्नु भएको सो कार्यक्रममा भवानी पाण्डेद्वारा कविताद्वारा नै कार्यक्रमको समापन गरिएको थियो ।

प्रलेस रूपन्देहीको कार्यालय स्थापना

बुटवल । साहित्य तथा लेखनको क्षेत्रबाट राजनीतिक, सामाजिक क्षेत्रमा सुधार गर्ने उद्वेश्यले प्रगतिशील लेखक सङ्घको स्थापना भएको हो । देशका सबै कम्युनिष्टहरूको साझा संस्थाको रूपमा क्रियाशील प्रगतिशील लेखक सङ्घको स्थापना २००९ सालमा स्थापना भएको हो । २००६ सालमा स्थापना भएको एउटो कम्युनिष्ट पार्टी अहिले भिभिन्न चिरामा विभाजित भएपनि प्रगतिशील लेखक सङ्घमा अझै विभाजन भएको छैन । पछिल्लो समयमा प्रगतिशील लेखक सङ्घलाई हेर्ने कम्युनिष्ट पार्टीका नेताहरूको विचार फरक आएपनि यो सङ्गठन एउटै छ । देशमा राज्य व्यवस्था परिवर्तन भएसँगै ७७ जिल्लामा नै प्रगतिशील लेखक सङ्घले आफ्ना गतिविधिलाई निरन्तरता दिएको छ । 
रूपन्देहीमा पनि प्रगतिशील लेखक सङ्घ २०५३ सालदेखि क्रियाशील छ । साहित्यको माध्यामबाट राज्य, सरकार र राजनीतिक दललाई खबरदारी गर्दै आएको प्रगतिशील लेखक सङ्घ रूपन्देहीले बुटवलमा आफ्नो कार्यालय स्थापना गरेको छ । जीवराज आश्रित प्रतिष्ठानको सहयोगमा प्रगतिशील लेखक सङ्घले कार्यालय स्थापना गरेको हो । जीवराज आश्रित स्मृति प्रतिष्ठानको भवनमा राखिएको कार्यालयको एक कार्यक्रमवीच बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा बोल्दै मेयर शिवराज सुवेदीले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको सङ्गठनलाई मजवुत बनाउनुपर्ने र त्यसका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए । स्थापनाकालदेखि नै प्रगतिशील लेखक सङ्घले कम्युनिष्ट तथा वामपन्थीहरूको आन्दोलनलाई साथ दिंदै र खबरदारी गर्दै आएको बताउँछन् लेखक तथा साहित्यकार देवेन्द्रराज घिमिरे । प्रगतिशील लेखक सङ्घको भूमिका अझै पूर्ण नभएकाले प्रगतिशील आन्दोलनलाई व्यवस्थि बनाउन कार्यालयको स्थापना गरिएको सङ्घका रूपन्देही अध्यक्ष दलबहादुर गुरुङले बताए । सङ्घका सचिव श्यामलाल पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

दर्शन पाठशालामा आदर्शवादबारे पढाइ

बुटवल । प्रगतिशील लेखक संघ रुपन्देहीको अगुवाईमा बुटवलमा माक्र्सवादी दर्शनबारे दर्शन पाठशाला कक्षा सञ्चालन गरिएको छ । माक्र्सवादी दर्शन पढाउने गरी हरेक महिनाको अन्तिम शनिबार कक्षाको रुपमा यो दर्शन पाठशाला कक्षा सञ्चालन गरिएको हो ।
प्रगतिशील लेखक संघ नेपाल, रुपन्देही र जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलको संयुक्त आयोजनामा दर्शन पाठशाला कक्षा विगत तीन महिना यतादेखि शुरु भैरहेको छ । दर्शन पाठशाला कक्षा कार्यक्रम अन्तर्गत तेस्रो शृङखला सम्पन्न भएको छ ।  माक्र्सवादी दर्शन तथा नीति सिद्वान्तबारे कक्षा चलाउने गरी गत बैशाखदेखि माक्र्सवादी दर्शनबारे मासिक एक दिने कक्षा सञ्चालन गरिएको हो ।
प्रगतिशील आन्दोलनलाई अगाडी बढाउने उद्वेश्यले कम्युनिष्ट पार्टीमा आवद्व वा सर्मथक, वामपन्थी आन्दोलनमा सिरक प्रगतिशील खेमामा आस्थावानहरुका लागि यो कक्षा सञ्चालन गरिएको हो । माक्र्सवादी दर्शन शास्त्रका व्याख्याता तथा कम्युनिष्ट नेता दुर्गानाथ खरेलले आदर्शवाद, दर्शनको उत्पति र विकासबारे प्रशिक्षण दिदै आउनु भएको छ ।
समाजलाई आमूल परिवर्तन गर्नुपर्ने र त्यसका लागि प्रगतीशल आन्दोलनबाट मानिसलाई चेतनाको विकासमा अग्रसर गराउन सकिने प्रशिक्षक खरेलले बताउनु भयो । आदर्शवाद भित्रको अतिवादी चिन्तनले समाजमा गलत भ्रम फिंजाएकाले माक्र्सवादी दर्शन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही दर्शन पाठशाला कक्षामा बोल्दै जीवराज आश्रित प्रतिष्ठान बुटवलका अध्यक्ष उमाकान्त बस्यालले माक्र्सवादी दर्शन अनुसार समाजमा चेतनाको विकास गर्नुपर्ने बताउनुभयो । समाज परिवर्तनशील भएपनि पहिला  मानिसको चेतनामा परिवर्तन आउन जरुरी रहेको उहांको भनाइ छ । प्रगतिशील लेखक संघ रुपन्देही अध्यक्ष दलबहादुर गुरुद्वले प्रगतिशील आन्दोलनले समाजलाई रुपान्त्रण गर्न सकिने भएकाले बुटवलमा माक्र्सवादी दर्शनबारे दर्शन पाठाशाला कक्षा सञ्चालन गरिएको बताउनु भयो ।
कार्यक्रमका संयोजक तथा प्रगतिशील लेखक संघ रुपन्देही उपाध्यक्ष राजेश विश्वकर्माको अध्यक्षता र सचिव श्यामलाल पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रगतिशील, प्रगतिबाद र माक्र्सवादी दर्शनबारे विभिन्न वामपन्थी नेता, लेखक तथा साहित्यकारहरुले प्रशिक्षण दिनु हुनेछ । प्रथतिशील लेखक संघ रुपन्देहीको त्रिवर्षीय कार्यक्रम अनतर्गत दर्शन पाठशाला कक्षा सञ्चालन गरि माक्र्सवादी दर्शनबारे पढाउने योजना रहेको प्रगतिशील लेखक संघ रुपन्देहीका सचिव श्यामलाल पोखरेलले जानकारी गराउनु भएको छ ।

मासिक रचना वाचन तथा बैठक सम्पन्न

गाईघाट । प्रगतिशील लेखक सङ्घ उदयपुर जिल्ला शाखाको मासिक बैठक तथा रचना वाचन कार्यक्रम २०७६ असार ७ गते शनिवार गाईघाटस्थित सङ्गम सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ ।
प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षता तथा प्रलेस केन्द्रीय सदस्य एवम् इन्चार्ज ओमप्रकाश घिमिरेको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा प्रलेस उदयपुरको संयोजनमा गत वैशाख २१ गते गरेको प्रदेश नं. १ को योजना बैठक र उदयपुरगढी गाउँपालिकामा भएको वैशाख २८ गते गरिएको कार्यक्रमको समीक्षा गर्नुका साथै वर्तमान कार्यसमितिमा तीन जना साथीहरु हर्क नारायण श्रेष्ठ, अनिल घिमिरे र खिला घिमिरे बुइपाखिरीलाई मनोनित गरेको छ । 
बैठकपछि भएको रचना वाचन कार्यक्रममा श्याम ढुङ्गाना, सम्झना असफल राई, भीम पराजुली, सरिता पौडेल, देवी पराजुली, अनिल घिमिरे, माधव पोखरेल गोज्याङ्ग्रे, हर्क नारायण श्रेष्ठ, कुबेरकान्त काफ्ले लगायतका स्रष्टाहरुले आ–आफ्ना सिर्जना सुनाएका थिए ।

दर्शन पाठशालामा चेतना र पदार्थबारे प्रशिक्षण

बुटवल । रुपन्देहीको बुटवलमा दर्शन पाठशाला कक्षा कार्यक्रम अन्तर्गत दोस्रो ऋङखला सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देही र जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलको संयुक्त आयोजनामा दर्शन पाठशाला शुरु गरिएको हो । माक्र्सवादी दर्शन तथा नीति सिद्वान्तबारे कक्षा चलाउने गरी बैशाखदेखि दर्शन पाठशाला शुरु गरिएको हो ।
प्रगतिशील आन्दोलनलाई अगाडी बढाउने उद्वेश्यले हरेक महिनाको अन्तिम शनिबार दर्शन पाठशाला कक्षा सञ्चालन हुंदै आएको छ । आज माक्र्सवादी दर्शन शास्त्रका व्याख्याता दुर्गानाथ खरेलले चेतना, पदार्थ र राज्य सत्ताबारे प्रशिक्षण दिएका थिए । समाजलाई आमूल परिवर्तन गर्नुपर्ने र त्यसका लागि प्रगतीशल आन्दोलनबाट मानिसमा चेतनाको विकास गर्न सकिने उनको भनाइ छ । सोही दर्शन पाठशाला कक्षामा बोल्दै प्रगतिशील लेखक संघ, नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोपिरमण उपाध्यायले माक्र्सवादी दर्शन अनुसार समाजमा चेतनाको विकास गर्नुपर्ने बताए । उनले समाज परिवर्तनशील भएपनि पहलिा मानिसको चेतनामा परिवर्तन आउन जरुरी रहेको बताए ।
प्रगतिशील लेखक संघ रुपन्देही अध्यक्ष दलबहादुर गुरुद्वले प्रगतिशील आन्दोलनले समाजलाई रुपान्त्रण गर्न सकिने भएकाले बुटवलमा माक्र्सवादी दर्शनबारे दर्शन पाठशाला कक्षा सञ्चालन गरिएको बताए । कार्यक्रमका संयोजक तथा प्रगतिशील लेखक संघ रुपन्देही उपाध्यक्ष राजेश विश्वकर्माको अध्यक्षता र सचिव श्यामलाल पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रगतिशील, प्रगतिबाद र माक्र्सवादी दर्शनबारे विभिन्न वामपन्थी नेता, लेखक तथा साहित्यकारहरुले प्रशिक्षण दिनेछन् । 

प्रलेस अर्घाखाँचीद्वारा विचारगोष्ठी सम्पन्न

सन्धिखर्क । प्रगतिशील लेखक सङ्घ अर्घाखाँचीले सहिद टङ्क भुसालको स्मृतिमा “समाज परिवर्तनमा प्रगतिशील साहित्यको भूमिका” विषयक विचारगोष्ठी सम्पन्न गरेको छ । प्रलेसका केन्द्रीय सचिव प्रकाश थापा मगरको प्रमुख आतिथ्यतामा २०७६ जेष्ठ २ गते सदमुकाम सन्धिखर्कमा सो कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीको उद्घाटन प्रमुख अतिथि थापाले गर्नु भएको थियो ।
विचारगोष्ठीमा महासचिव समिर सिंहद्वारा लिखित कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रलेस अर्घाखाँचीका अध्यक्ष बुद्धि बहादुर रायमाझीको अध्यक्षता तथा सचिव भेष बहादुर केसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा महासचिवद्वारा लिखित सो कार्यपत्र जीवनारायण खनाल र कमल प्रसाद घिमिरेले वाचन गर्नु भएको थियो । कार्यपत्रमाथि लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष पिताम्बर बन्जाडे, नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीका अध्यक्ष धु्रव केसी र वामपन्थी विद्वान बाबुराम आचार्यले टिप्पणी गर्नु भएको थियो । 
गोष्ठीमा साहित्यकार साहित्यकार कुलचन्द्र मरासिनी, वामपन्थी बुद्धिजीवी जनार्दन खनाल, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, प्रलेस केन्द्रीय पार्षद बिजुला रायमाझी, शिक्षाविद सागर केसीले सारगर्भित मन्तव्य राख्नु भएको थियो । प्रलेसका जिल्ला उपाध्यक्ष कमल प्रसाद घिमिरेको स्वागत मन्तव्यका साथ अगाडि बढेको उक्त कार्यक्रममा प्रलेस पार्षद राम बसु, प्रलेस ५ नं. प्रदेश सदस्य बुद्धिराम गैरे, साहित्यकार नारायण शास्त्री भट्टराई, ज्येष्ठ नागरिक खिमानन्द पन्थीको समेत आतिथ्यता रहेको थियो ।
अतिथिहरूको आसन ग्रहणपछि कार्यक्रमको पूर्वाद्धमा राष्ट्रिय गान वाचन तथा सहिदको सम्मानमा एक मिनट मौनधानरण गरिएको थियो । सोही कार्यक्रममा प्रलेस अर्घाखाँचीको कार्यालय उद्घाटन प्रमुख अतिथि थापाले गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रम सम्पन्न

यस अघि वैशाख २८ गते प्रलेस अर्घाखाँचीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । जिल्ला अध्यक्ष बुद्धि बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि तथा प्रशिक्षक साहित्यकार नारायण प्रसाद भट्टराई (शास्त्री) हुनु हुन्थ्यो । केन्द्रीय पार्षद बिजुला रायमाझी विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा राम बसु, ५ नं. प्रदेश सदस्य बुद्धिराम गैरे, साहित्यकारहरू पिताम्बर बन्जाडे, पिताम्बर भट्टराई, विष्णु भुसालको समेत आतिथ्यता रहेको थियो ।
प्रगतिशील साहित्य र त्यसको माक्र्सवादसितको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण चलाइएको सो कार्यक्रममा स्वागत प्रलेस अर्घाखाँचीका सचिव भेष बहादुर केसीले गर्नु भएको थियो । कार्यक्रममा शोभा ठकुरी, विन्दु रायमाझी, कमल प्रसाद घिमिरे तथा अतिथिहरू समेतले कविता वाचन गर्नु भएको थियो ।

बुटवलमा दर्शन पाठशाला सुरु

बुटवल । रूपन्देहीको बुटवलमा दर्शन पाठशाला सुरु गरिएको छ । प्रगतिशील लेखक सङ्घ रूपन्देही र जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलको संयुक्त आयोजनामा दर्शन पाठशाला सुरु गरिएको हो । माक्र्सवादी दर्शन तथा नीति सिद्वान्तबारे प्रशिक्षण चलाउने गरी दर्शन पाठशाला २०७६ वैशाख २८ गतेबाट सुरु गरिएको हो ।
प्रगतिशील आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले हरेक महिनाको अन्तिम शनिवार दर्शन पाठशाला कक्षा सञ्चालन गरिने आयोजकहरूले बताएका छन् । विशेष गरेर कम्युनिस्ट विचारसँग आस्थावान लेखक, साहित्यकार, विद्यार्थी लगायत शुभचिन्तकका लागि दर्शन पाठशालाको कक्षा सञ्चालन गरिएको प्रलेस रूपन्देहीका सचिव श्यामलाल पोखरेलले जानकारी दिनु भयो ।
शनिबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उक्त दर्शन पाठशाला उद्घाटन गर्नु भएको थियो । सो अवसरमा प्रलेस रूपन्देहीका अध्यक्ष दल बहादुर गुरुङले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार रामचन्द्र भट्टराई, पूर्व सांसद देवेन्द्र घिमिरे, डा. मुरारी पराजुली, ऋषि आजाद, प्रलेसका केन्द्रीय सदस्य मिन बहादुर राना, जीवराज आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्याल लगायतको सहभागिता रहेको थियो ।
दर्शन पाठशालामा माक्र्सवादी दर्शनशास्त्रका व्याख्याता कम्युनिस्ट नेता दुर्गानाथ खरेलले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, प्रगतिशील र प्रगतिवादबारे विभिन्न वामपन्थी नेता, लेखक तथा साहित्यकारहरूले प्रशिक्षण दिनु भएको थियो ।
प्रलेस रूपन्देहीका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक राजेश विश्वकर्माको अध्यक्षता र सचिव श्यामलाल पोख्रेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रलेस को गाउँपालिका स्तरीय कमिटी गठन तथा कवि गोष्ठी 

गाईघाट । उदयपुरगढीमा प्रलेसको गाउँपालिका स्तरीय समिति गठन भएको छ । २०७६ वैशाख २८ गतेका दिन कवि गोष्ठी सहित सो समिति गठन गरिएको हो ।
प्रलेस उदयपुर र उदयपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा भएको सो कार्यक्रम संविधान सभाका पूर्व सदस्य मोहन बहादुर खत्रीको प्रमुख आतिथ्यमा र प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अधयक्षतामा सम्पन्न भएको थियो ।
उदयपुरगढीमा पहिलो पटक आयोजना भएको उक्त साहित्यिक कार्यक्रममा उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष एवम् विशिष्ट अतिथि सानु राउतले स्वागत मन्तव्य दिनु भयो । कार्यक्रममा मुना खत्री, धन बहादुर कार्की, दिनानाथ दाहाल, प्रलेसका राष्ट्रिय परिषद सदस्य बोध कुमार घिमिरे, राममणि पोखरेल, पुण्य कार्की, रमेशचन्द्र रोका, डा. कैलाश राई लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा प्रलेस प्रदेश नं. १ का सदस्य हिमालय पौडेल र सिर्जना सरोवरले एकल छन्द कविता वचन गर्नु भएको थियो भने उद्धव घिमिरे, सम्झना असफल, देवीचरण भट्टराई, उज्वल घिमिरे, चन्द्र नारायण चौधरी, गङ्गा कुमारी पहाडी, कुवेरकान्त काफ्ले, दिनानाथ दाहाल, भरत बानिया, मेघ बहादुर विश्वकर्मा, गोविन्द कार्की, श्याम ढुङ्गाना लगायतका स्रष्टाहरुले कविता गजल मुक्तक वाचन गर्नु भएको थियो ।
प्रलेसका सचिव श्याम प्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा एकल कविता वाचनतर्फ हिमालय पौडेलले वाचन गरेका कविताको पुण्य कार्कीले र सिर्जना सरोवरको कविताको डा. कैलाश राईले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
सो अवसरमा सम्पन्न भेलाले दिनानाथ दाहालको अध्यक्षतामा अम्बर बहादुर कार्की सचिव तथा गोविन्द कार्की, गङ्गा कुमारी पहाडी काफ्ले, श्याम खत्री, गोपी मिझार, मुना खत्री, उमेश भण्डारी सदस्य रहेको प्रलेसको प्रारम्भिक कमिटी गठन गरेको छ । समितिको सल्लाहकारमा देवी बहादुर राई रहनु भएको छ । 

प्रलेस रूपन्देहीद्वारा तीन वर्षीय कार्यक्रम सार्वजनिक

बुटवल । प्रगतिशील लेखक सङ्घ रूपन्देहीले त्रिवर्षीय कार्यक्रम तथा योजना प्रस्तुत गरेको छ । तीन वर्षे कार्यकाल रहेको प्रलेस रूपन्देहीले तीन वर्षभित्र गरिने विभिन्न १६ वटा कार्यक्रम तय गरेको हो । २०७६ वैशाख २२ गते सम्पन्न प्रलेस रूपन्देहीको प्रथम बैठबाट तीन वर्षका लागि योजना सहितका १६ वटा कार्यक्रम तय गरिएको सचिव श्यामलाल पोखरेलले जानकारी गराएका छन् । प्रगतिशील र प्रगतिवादबारे सचेतनामुखी अभियान, विशेष दिवस मनाउने, प्रलेस पुस्तक प्रकाशन, अन्तर प्रदेशस्तरीय साहित्यक अध्ययन अवलोकन भ्रमण, साहित्यिक सङ्घ÷संस्थाहरूसँग मिलेर साहित्यिक कार्यक्रम सञ्चालन, जिल्लाका सबै स्थानीय तहमा प्रलेस गठन, प्रगतिशील पुस्तक मेलाको आयोजना, अक्षयकोष एवम् पुरस्कारको व्यवस्थापन, स्थानीय तहसँग प्रगतिशील लेखकहरूको भेटघाट, कार्यालय स्थापना, प्रलेस रूपन्देहीका लागि जग्गाको व्यवस्थापन, कलेजमा कविता कार्यक्रम, वामपन्थी घटकहरूसँग प्रगतिशील लेखनबारे अन्तरक्रिया लगायतका कार्यक्रमहरू गरिने बैठकले निर्णय गरेको उहाँले बताउनु भयो ।
बैठकले दल बहादुर गुरुङ, राजेज विश्वकर्मा, कविराज पौडेल, ज्ञानु केसी, श्यामलाल पोखरेल, यज्ञ प्रसाद न्यौपाने, लक्ष्मी बेलवासे र सीता काफ्ले रहेको सचिवालय समित गठन गरेको बताइएको छ । त्यस्तै, देवेन्द्र घिमिरे, कृष्णचन्द्र शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. हिरण्यलाल ज्ञवाली, डा. मुरारी पराजुली, प्रदीप प्रधान र गोपीरमण उपाध्याय रहेको सल्लाहाकार समिति गठन गरिएको छ । प्रलेस रूपन्देहीमा रिक्त रहेका दुई सदस्य पदमा लक्ष्मी केसी र डा. सागर न्यौपानेलाई बैठकले सदस्यमा मनोनित गरेको छ ।

प्रलेस उदयपुरको कवि गोष्ठी सम्पन्न

गाईघाट । प्रगतिशील लेखक सङ्घ उदयपुरले २०७६ वैशाख २० उदयपुरको गाईघाटमा कवि गोष्ठी सम्पन्न गरेको छ । महासविच समिर सिंहको प्रमुख आतिथ्यतामा उदयपुरको गाईघाटस्थित होटल एवानमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रलेस सुनसरीका अध्यक्ष कवि राम प्रसाद खरेलका दश वटा एकल कविता वाचन गरिएको सो कार्यक्रममा प्रमुख अतिथि महासचिव समिर सिंहले प्रगतिशील कवि एवम् लेखकहरुले समाजमा भए÷गरेका विकृति– विसङ्गति तथा श्रमजीवी शोषित–पीडित जनताका पक्षमा कलम चलाउनु पर्ने र राज्यले गरेका राम्रा कामहरुको समर्थन गर्दै नराम्रा कामहरुका बारेमा वा कुनै गलत बाटो समातेमा सिर्जनाका माध्यमबाट विरोध गर्दै सही बाटोमा हिडाउन भूमिका खेल्नु पर्ने आवश्यकतामा जोड दिनु भयो । प्रलेस उदयपुरका सचिव कवि श्याम प्रसाद ढुङ्गानाको स्वागत मन्तव्यबाट सुरु भएको सो गोष्ठीमा प्रलेस प्रदेश नं. १ का अध्यक्ष एवम् केन्द्रीय सदस्य डा. देवी दुलाल क्षेत्रीले माक्र्सवादी चिन्तनबाट प्रभावित द्वन्द्वात्मक भौतिकवादको नीति तथा सिद्धान्त अनुरूप समाजको पथप्रदर्शन तथा विकासमा प्रगतिशील लेखकहरुले कलम चलाउनु पर्ने बताउनु भयो ।
कवि खरेलले वाचन गरेका कवितामाथि राजेन्द्र सर्वहारा, देवी पन्थी र तारा बहादुर बुढाथोकीले टिप्पणी गर्नु भयो । कार्यक्रममा सिर्जना सरोवर, हिमालय पौडेल, मधु पोखरेल, तिला लेकाली, बिन्दु दाहालले समेत गजल, कविता वाचन गर्नु भएको थियो । त्यस अन्तर्गत शिव नारायण सिङगलले मैथिली भाषामा र चन्द्र नारायण चौधरीले थारू भाषामा कविता वाचन गर्नु भएको थियो ।
प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षता र सञ्चालनमा भएको उक्त गोष्ठीमा ‘काठाको कोसेली’ निबन्ध सङ्ग्रहका लेखक शारदा प्रसाद भट्टराई र कवि रामप ्रसाद खरेललाई प्रमुख अतिथि सिंहले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो । सो अवसरमा सम्मानित स्रष्टा शारदा प्रसाद भट्टराई, बुद्धिजीवी वेद प्रसाद पोखरेल, महिला अधिकारकर्मी तथा नोट अफ डिसेन्टकी अभियन्ता नजवुल खानले समेत मन्तव्य दिनु भएको थियो ।

No comments:

Post a Comment